- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरको फालेलुङमा अलैँची कृषकहरुलाई लक्षित गरेर दुई दिने बाली उपचार तथा माटो परिक्षण शिविर संचालन गरिएको छ ।
शिविरबाट ३ सय ५२ जना कृषकहरु लाभान्वित भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यान्वयन इकाइ पाँचथरले जनाएको छ ।
परियोजना र क्षेत्रिय माटो परिक्षण प्रयोगशालाको संयोजनामा शिविर संचालन गरिएको थियो ।
याङतारु अलैँची जोन संचालक समिती फालेलुङको आयोजनामा विहिबार र शुक्रबार संचालित शिविरमा फालेलुङ ७ बाँस्बोटे र वडा नम्बर ६ को ओगेम्बामा शिविर संचालन गरिएको थियो ।
शिविरमा अलैँचीमा लाग्ने गानो कुहिने,छिर्के,फुर्के,ढुसी कुहिने रोग लाग्दा गरिने उपचार विधी, र अलैँचीलाई विभिन्न रोग किराबाट बचाउनको लागि बिषादी समेत वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन इकाइका कृषि अधिकृत प्रकाश विश्वकर्माले वताए ।