- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नारायणगढ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले सभापछि शेरबहादुर देउवाको गैरजिम्मेवार अभिब्यक्तिका कारण कार्यकर्ताको मनोबल कमजोर भएको बताएका छन् ।
डा कोइरालाले भने “सभापतीजीले पार्टी हारेको हैन, ब्यक्ती हारेको भनेर भन्न सुहाउँछ ?” कोइरालाले अहिलेको बिधानबाट पार्टी चल्न नसक्ने बताउँदै जतिसक्दो छिटो महासमितिको बोलाएर पार्टीलाई संघिय संरचनामा लैजानुपर्ने बताए ।
नेतृत्वबाट महासमिती बैठक रोक्ने षडयन्त्र भैरहेको भन्दै त्यसतर्फ खबरदारी गर्न कार्यकर्तालाई उनले आग्रह गरे ।
प्रजातन्त्र सेनानी संघ चितवनले नारायणगढमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले बीपीको राष्ट्रियता र समाजबादको पुनःपरिभाषा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा चितवन काँग्रेसका सभापति जितनारायण श्रेष्ठ र प्रजातन्त्र सेनानी संघका केन्द्रिय सभापति टंक शर्मा कँडेलले अहिलेको नेतृत्वबाट अब पार्टी चल्न नसक्ने बताउँदै नेतृत्व परिबर्तनको बिकल्प नभएको बताए ।