arrow

बल बिगारेको आरोपमा फसेपछि अष्ट्रेलियाका तीन क्रिकेटर बाटो लागे 

logo
प्रकाशित २०७४ चैत १४ बुधबार
Smith_Warner.jpg

काठमाडौं । बल बिगारेको आरोप लागेका अष्ट्रेलियाका तीन क्रिकेट खेलाडीहरु बाटो लागेका छन् । उनीहरु दक्षिण अफ्रिकाबाट सीधै घर फर्काइएका छन् । 

केप टाउनमा भएको तेस्रो टेष्टको तेस्रो दिन खेलका क्रममा बल बिगारेको भिडियोमा देखिएपछि कप्तान स्टीभ स्मिथ, उपकप्तान डेभिड वार्नर र बल बिगार्ने मुख्य खेलाडी क्यामरन ब्यानक्रफ्टलाई जिम्मेवारीबाट हटाइ देश पठाइएको हो । 

कप्तान स्मिथले सबै खेलाडीहरुको सामुहिक योजनामा यो काम गरेको स्वीकारेपछि उनीहरुलाई खेलबाट बिदा दिइएको हो । 

शुक्रबार चौथो टेष्ट सुरु हुने भए पनि तीनै जनालाई कार्वाही भएको हो । 

आईसीसी र अष्ट्रेलिया क्रिकेट बोर्डले छानविनलाई जारी राखेको छ । 

कार्वाही थप हुने सम्भावना बढेको छ । अष्ट्रेलिया क्रिकेटले तीनैजनालाई आजीवन प्रतिवन्ध लगाउने योजना बुनेको समेत बताईएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ