arrow

बिजुली भारतबाटै खरिद, गयो मासिक १ अर्ब ५२ करोड

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
bijuli-gul.jpeg

काठमाडौं । स्वदेशमा उत्पादित बिजुलीले मुलुक उज्यालो बनाउन नपुगेपछि चालू आर्थिक बर्षको १० महिनामा १५ अर्ब २१ करोड रुपैयाँको बिजुली आयात गरिएको छ । 

यो तथ्यांकअनुसार मासिक १ अर्ब ५२ करोड रुपैयाँको बिजुली आयात भएको देखिन्छ । 

चालू आर्थिक बर्ष सकिन अझै दुई महिना बाँकी छ । दुई महिनाका लागि थप ३ अर्ब ४ करोडको बिजुली आयात गर्नुपर्ने हुन्छ । 

यस अवधिमा चालू आवमा कुल १८ अर्ब २५ करोड रुपैयाँको बिजुली आयात हुने देखिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ