आँखा नदेख्ने र कान नसुन्ने फुटबल फ्यानको यो इच्छाशक्ति (भिडियोसहित)
प्रकाशित २०७५ असार १८ सोमबार
497
Shares
एजेन्सी। विश्वकप फुटबलको ज्वरो प्रत्यक्ष अप्रत्यक्ष धेरैलाई आउने गर्छ। यसबाट हेर्न सक्नेमात्र हैन हेर्न नसक्ने अर्थात् दृष्टिविहीन पनि अछुतो हुन सकेनन्। यसका मुख्य उदाहरणका पात्र बनेका छन् एक कोलम्बियाली नागरिक। उनले त्यसको मज्जा भने प्रत्यक्ष हेर्नेले भन्दा झन् बढी नै लिए। उनी हुन् कोलम्बियाका फ्यान जोस रिचर्ड ग्यालेगो।
उनका आफन्त साथीभाइले कोलम्बिया र पोल्याण्डबीचको खेल प्रत्यक्ष हेरे पनि उनले हेर्न सकेनन् । सुन्न पनि सकेनन् । उनी ९ वर्षको छँदा आँखा नदेख्ने रोगले पीडित भए । उनी त्यसपछि कान नसुन्ने पनि भए । तर जोसले फुटबलको हरेक मुभमेन्टलाई आत्मसात गरिरहेका छन् । उनका साथी सिजरले सांकेतिक भाषा सिकेर डिभाइसमार्फत त्यसको हाउभाउ जोसलाई बर्णन गरेर बुझाउने गर्छन् ।