- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र राष्ट्रिय महिला भलिबल टिमका सदस्य प्रतिभा मालीलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त गरेको छ ।
खेलकुद क्षेत्रमा जोडिदै बैंकले आफ्नो सेवाको विकास र बिस्तारमा हातेमालो गर्ने क्रममा नेपाली खेलकुद क्षेत्रका दुई चर्चित ब्यक्तित्वहरु पारस खड्का र प्रतिभा मालीलाई एक वर्षका लागि आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।
उनीहरुको नियुक्तिले बैंकको लोकप्रियता तथा व्यवसायिक अभिवृद्धिमा मद्दत पुग्ने विश्वास लिइएको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रमुख बजार अधिकृत रन्जन खड्काको उपस्थिति रहेको थियो।
बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको जनाएको छ।