arrow

ब्रेक्सिट सम्बन्धी छलफल गर्न बेलायती प्रधानमन्त्री फ्रान्स प्रस्थान

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
theresa_may.jpg

पेरिस। बेलायतकी प्रधानमन्त्री थेरेसा मे ब्रेक्सिटसम्बन्धी छलफल गर्न फ्रान्स प्रस्थान गरेकिछिन्। युरोपेली यूनियनका वार्ताकारको समर्थन गुमाउने खतराका साथै सोही कारण आफ्नै सरकारमाथि सङ्कट आउन लागेको अवस्थामा उनले फ्रान्सका राष्ट्रपति इमान्यूएल म्याँक्रोसँग शिष्टाचार भेटवार्ता गर्न गरेकिहुन्।

उनीहरुबीच ब्रेगानकोनमा दुई घण्टा अनौपचारिक भेटवार्ता हुनेछ। “फ्रान्सेली राष्ट्रपतिहरुको गृष्मकालीन निवासका रुपमा ब्रेगानकोन चर्चित छ, र हाल इटालीमा छुट्टी मनाइरहेकी बेलायती प्रधानमन्त्री थेरेसा मेलाई यहाँ स्वागत गर्ने योजना बनाइएको हो,” स्रोतले बतायो।

प्रधानमन्त्री मे ले ब्रेक्सिट वार्ताका बारेमा लन्डनको अवधारणा र युरोपेली यूनियनसँगको भावी सम्बन्धका बारेमा धारणा राख्नेछिन्। स्रोतका अनुसार, यस प्रस्तावका बारेमा स्पष्ट गर्ने यो अवसर हो र उनीहरुबीच राजनीतिक सन्दर्भका बारेमा पनि छलफल हुनेछ।

युरोपेली राष्ट्रहरुको दबाब थेरेसा मेमाथि लगातार चुलिदो छ। खासगरी गत महिनामात्र आफ्नै मन्त्रिपरिषदका दुईजनाले राजीनामा दिएपछि सङ्कट गहिरिएको हो। प्रधानमन्त्री थेरेसामाथि सन् २०१९ मार्च २९ बाट बेलायत र युरोपेली यूनियन अलग्ग हुने सम्झौताको कार्यान्वयन गर्नैपर्ने चुनौती छ र यो समयावधि आउन अब केही महिना मात्र बाँकी छ। आगामी अक्टोबरको मध्यसम्ममा आयोजना हुने युरोपेली शिखर बैठकको मध्य सम्ममा एउटा सैद्धान्तिक सहमति खोजीसक्नु पर्नेछ।

प्रधानमन्त्री थेरेसाले आयरल्यान्डसँग दोहोरो कर प्रणालीको प्रस्तावलाई अघि सारेकिछिन्। प्रस्ताव अनुसार, आइरिस सीमामा उठाइने राजश्वलाई दुवै देशको हितमा प्रयोग गरिने छ। युरोपेली यूनियनका तर्फबाट आयरल्यान्डका लागि ब्रेक्सिट वार्ताकारका रुपमा खटाइएका मिसेल बार्नियरले यो प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन्।

तर दुई नेताबीचको छलफलमा बार्नियरलाई हटाउने विषयमा छलफल नहुने स्रोतले बताएको छ। युरोपेली नेताहरु बार्नियरको पक्षमा खुलेरै बोलिरहेका छन् जसले एक लेख प्रकाशित गरी बेलायत र युरोपेली यूनियनबीच “बाहिरिने पक्षमा ८० प्रतिशत सम्झौता भइसकेको” बताउछन्। जर्मन र फ्रान्सेली भाषामा प्रकाशित सो लेखमा उनले “तर ८० प्रतिशत भनेको १०० प्रतिशत त होइन” भनी चेतावनी पनि दिए।

फ्रान्सले ब्रेक्सिट सम्झौताका सन्दर्भमा कडा विचार राखिआएको छ, खासगरी वित्तीय सेवाका क्षेत्रमा। मुख्य बैंकिङ इकाईहरु लन्डनबाट पलायन भएमा त्यसबाट सिर्जना हुने करिब  ३ हजार ५ सय  नयाँ बैंकिङ रोजगारी फ्रान्स आउने अपेक्षा फ्रान्सले गरिरहेको छ।

अन्य क्षेत्रका कम्पनीहरुले पनि बेलायत छाड्ने सम्भावना रहेको चेतावनी दिइरहेका छन् जसले युरोपका अन्य मुलुकलाई आर्थिक रुपमा निकै फाइदा पुग्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ