arrow

दैनिक ९२ बच्चा कुपोषणले मर्ने मध्यप्रदेशमा 'धर्म'को चुनावी मुद्दा 

साँढे २ वर्षमा ६५ हजार बच्चाको कुपोषणबाट मृत्यु

logo
प्रकाशित २०७५ कार्तिक ९ शुक्रबार
rahul_gandhi1.jpg

नयाँ दिल्ली । पछिल्लो समय मध्यप्रदेशमा काँग्रेस अध्यक्ष राहुल गान्धी शिवभक्तको नामले पर्चा टाँसिरहँदा सोही ठाउँमा कुपोषणले झण्डै एक सय जना बच्चाहरुले ज्यान गुमाईरहेका थिए । यो चुनावमा न त सत्तारुढ भारतीय जनता पार्टीको न त प्रतिपक्षी दल काँग्रेसको नै चुनावी मुद्दामा यो कुपोषणको मुद्दा परेको छ । बरु नास्तिकताले चुनाव जित्न नसकेको अनुभवबाट सिकेर काँग्रेस नेता राहुल गान्धी शिवभक्त बनेर हिँडिरहेका छन् । २०१८ को अन्तिममा हुने यो चुनावमा देखिएको प्रचारले राजनीति जनताको हितको लागि होईन भन्ने स्पष्ट भएको छ । 

मध्य प्रदेशमा अहिलेसम्म कहिले पनि दैनिक ९२ जना मानिसले कुपोषणको कारण ज्यान गुमाउने विषयलाई लिएर चुनावी मुद्दा बनाईएको छैन । पछिल्लो चुनावको मुद्दाले पनि यसलाई समेट्नुको सट्टा बरु धर्मको मुद्दातिर केन्द्रीत हुन थालेको छ । भारतको इथोपियाको रुपमा चिनिने श्योपुर जिल्लामा कुपोषणको  यस्तो आततायी विवरण छ कि गत सेप्टेम्बर २०१६ मा कूल ११६ जना बच्चाको मृत्यु भएको थियो । यो मृत्युको कारण अरु केही नभएर कुपोषण नै हो । हरेक वर्ष सरकारले यहाँको कुपोषणको विवरण बढाईचढाई गरेर राख्ने गरिएको तथ्य एक विदेशी संस्थाले गरेको थियो । 

मध्य प्रदेशको मुख्यमन्त्री शिवराज चौहानले यही समस्याको समाधानको लागि कुपोषण श्वेतपत्र लिएर आउने घोषणा पनि गरेका थिए । तर, कार्यकाल सम्पन्न हुन केही महिना बाँकी हुने दिनसम्म पनि उनको घोषणाले मूर्तता पाउने सकेन । श्वेतपत्रको अर्थ यो हो कि सरकारले यो समस्यालाई गरिराईसम्म अध्ययन गरेर यसको निवारणको लागि चरणवद्ध कामहरु गर्नु । तर, अहिले त्यहाँ न त श्वेतपत्र आयो न त समाधानका काम नै केही भएको छ । चौहानले २ वर्ष अघि एक महिना भित्र श्वेतपत्र ल्याउने घोषणा गरेका थिए । 

सो प्रदेशका महिला एवं बाल विकास विभागको आकडा अनुसार प्रदेशमा कुपोषणबाट दैनिक ९२ बच्चाहरुको ज्यान जाने गरेको छ । यही वर्षको शुरुआतमा झण्डै १० महिना अघि विधानसभामा उठेको एक सवालको जवाफमा राज्यकी महिला एवं बाल विकास मन्त्री अर्चना चिटनिसले जनवरी २०१८ सम्म कुपोषण सम्बन्धी आँकडा पेश गरेकी थिईन् । उनका अनुसार २०१६ को जनवरीमा कुपोषणबाट मात्रै ज्यान जाने बच्चाहरुको संख्या ७४ थियो । उही संख्या २०१८ मा बढेर ९२ पुगेको थियो । 

विभागको आँकडाका अनुसार नै जनवरी २०१६ देखि जनवरी २०१८ को बीचमा प्रदेशमा ५७००० बच्चा कुपोषणबाट ज्यान गुमाएका छन् । जुन महिनामा विधानसभा उठेको अर्काे एक सवालको क्रममा मन्त्री अर्चना चिटनिसले गत फेब्ररीदेखि मे महिनासम्ममा मात्रै ७३३२ बच्चाको ज्यान गएको छ । भारतमा धेरै वर्ष पहिलेदेखि कै यो समस्या रहेको छ कि जुन पीडितको संख्या हुन्छ त्यो लुकाएर विवरण सार्वजनिक गर्ने कुरा धेरै अन्तराष्ट्रिय संस्थाहरुले धेरै पटक पत्ता लगाईसकेको छ । यसबाट यो संख्या अझ बढी पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । 

यथार्थ त यो कुरा हो कि देशभरमा सर्वाधिक शिशु मृत्यु दर मध्य प्रदेशमा नै रहेको छ । वर्षाैदेखि यो प्रदेश यस मामलामा माथि रहेको छ । मध्य प्रदेश मातृ मृत्युदरको हिसावले भारतमा पाँचौं प्रदेशको रुपमा पर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ