arrow

कस्तो रहला माल्दिभ्सको ‘भारत अध्याय’ ?

logo
एजेन्सी,
प्रकाशित २०७५ मंसिर १ शनिबार
modi-solih-1.jpg

काठमाडौं। माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले पदको शपथ लिएका छन्। शनिबार उनले राष्ट्रपतिको शपथ लिएका हुन्। यससँगै माल्दिभ्सको राजनीतिमा अब एउटा नयाँ अध्यायको सुरुवात भएको छ। पूर्व राष्ट्रपति अब्दुल्लाह यामिनले पाँच वर्षको कार्यकाल पूरा गर्दै निर्वाचनमा पराजयको सामना गरेसँगै माल्दिभ्सले नयाँ राष्ट्रपति पाएको हो।

बुधबारको शपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए। चीनको तर्फबाट संस्कृतिमन्त्री लुओ सुगाग सहभागी भएका थिए। भारत र चीन दुवैको लागि माल्दिभ्सको राजनीतिक निकै चासोको विषय हो। जसको कारण उनीहरुको उपस्थितिले पनि केही महत्वपूर्ण अर्थ राखेको छ। पछिल्लो पाँच वर्षमा विकास तथा अन्य योजनाहरुमा यामिनको सरकारले चीनसँग अत्यधिक मात्रामा ऋण लिएका थिए। अहिले यामिन सरकार ढलेसँगै माल्दिभ्स भारतको पक्षमा झुकेको देखिन्छ। 

माल्दिभ्सको लागि पनि भारतको ‘सबका साथ, सबका विकास’ नीति 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको 'सबका साथ सबका विकास' योजना सबै छिमेकीहरुका लागि ल्याइएको बताएका थिए। उनको यो योजना माल्दिभ्सको लागि पनि रहेको बताएका छन्। भारतको प्रभाव माल्दिभ्समा रहँदै आएको भए पनि पछिल्लो समय चीनको प्रभाव सो मुलुकमा बढेसँगै भारतको पकड उक्त मुलुकमा कमजोर भएको थियो। भारतको केही योजनाहरुलाई माल्दिभ्सको सरकारको धक्का दिएको थियो। शनिबारको बैठकमा मोदीका साथै श्रीलंकाका पूर्वराष्ट्रपति चन्द्रिका कुमारतुङ्ग पनि सामेल भएकी थिइन। नरेन्द्र मोदी सन् २०११ पछि माल्दिभ्सको भ्रमण गर्ने भारतीय प्रधानमन्त्री हुन्। यसअघि २०१५ मा मोदी माल्दिभ्स जाने तयारीमा थिए तर माल्दिभ्सको राजनीतिक अस्थिरताको कारण उनको भ्रमण रद्द भएको थियो। 

माल्दिभ्सको अबको प्राथमिकता–भारत 
माल्दिभ्सका राष्ट्रपति सोलिहले माल्दिभ्सको अबको नीतिमा भारत पहिलो प्राथमिकतामा रहने बताएका छन्। उनले छिमेकीसँग प्रगाढ सम्बन्धको जरुरी रहेको बताउँदै भारतसँगको सम्बन्ध विस्तार गरिने बताएका हुन्। यसले अबको दिनमा माल्दिभ्समा भारतलाई आफ्नो प्रवेश पुनः बढाउनका लागि महत्वपूर्ण सहयोग मिल्ने देखिन्छ। माल्दिभ्समा चीनले निर्माण गरिरहेका केही योजनाहरुको विषयमा अहिले अध्ययनको काम पनि चलिरहेको छ। यसले चीनको जालबाट पार पाउनका लागि माल्दिभ्सलाई केही सहज हुने देखिन्छ। 

चुनौतीहरु 
भारतसँग सम्बन्ध बाढाउँदा माल्दिभ्सलाई तत्काल फाइदा भने केही देखिँदैन। यस्तो अवस्थामा दुवै मुलुकसँग समदूरी राख्दै आफ्नो योजनाहरु पूरा गर्नु राम्रो हुने देखिन्छ। चीनको प्रभाव घटाउन भारत र भारतको प्रभाव घटाउनका लागि अर्को मुलुकसँग सम्बन्ध बढाउने कामले माल्दिभ्स आगामी दिनमा समस्यामा पर्नसक्ने देखिन्छ। माल्दिभ्सका राष्ट्रपति सोलिह धेरै पार्टीहरुको संयुक्त नेता हुन्। उनलाई जिताउनका धेरै पार्टीहरुको समर्थन रहेको छ, उनीहरुको बीचमा पनि धेरै मतभिन्नताहरु रहेका छन्। यसले सोलिहको योजनाहरु जस्ताको त्यस्तै लागू हुने सम्भावना पनि कमजोर रहेको छ। 

चीनको ऋणमा डुबेको माल्दिभ्सलाई भोलिका दिनमा चीनको ऋण चुक्ता गर्न अरु राष्ट्रको निर्भरताको कुनै अर्थ हुदैन। यस्तोमा आर्थिक हिसाबमा माल्दिभ्सका लागि नोक्सानी हुनसक्ने विश्लेषहरुको अनुमान छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ