arrow

तेल बजारको अन्योलतामा गुज्रिएको वर्ष 

logo
प्रकाशित २०७५ पुष १६ सोमबार
trump-bin-salman-putin.png

काठमाडौं । अङ्ग्रेजी पात्रोअनुसार मंगलबारबाट सन् २०१९ सुरु हुँदैछ । विश्व बजारमा तेलको विषयले सन् २०१८ मा महत्वपूर्ण स्थान पायो । यो वर्ष तेलको मूल्य बढ्ने र घट्ने क्रम तीव्र गतिमा भयो भने ओपेक र उसका सहयोगी मुलुकहरुले तेल उत्पादन बढाउने र कटौतीका योजनाहरु अघि सारे । 

त्यसका साथै इरानमाथि अमेरिकाले लगाएको तेलमाथिको प्रतिबन्धको कारण पनि विश्वको तेल बजारमा अन्योलता सिर्जना गर्ने काम गर्‍यो । 

तीन व्यक्तिको कब्जामा विश्व तेल बजार 

यस वर्ष विश्वका तीन व्यक्तिको पञ्जामा विश्वको तेल बजार रहन पुग्यो । मोहम्मद बिन सलमान, डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनको वरिपरी तेलको बजार रहन पुग्यो । रुस, साउदी अरेबिया र अमेरिकाजस्ता मुलुकहरु तेल बजारमा महत्वपूर्ण भूमिका खेल्ने गरेका मुलुक हुन् । 

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकहरुको संगठन ओपेकले अहिले तेल बजारबाट आफ्नो नियन्त्रण बिस्तारै गुमाउँदै गरेको देखियो । यसले सन् २०१९ मा विश्व बजारमा तेलको मूल्य यी तीनै मानिसहरुका कदममा निर्भर रहने स्पष्ट छ । उक्त मुलुकहरुले ओपेकले समग्रमा उत्पादन गर्ने तेलभन्दा बढी तेल उत्पादन गर्ने गर्छन् । उक्त मुलुकहरुमा २ मुलुकहरु आगामी दिनमा आफ्नो तेलको उत्पादन बढाउने तयारीमा छन् । 

यस्तोमा तेलको बजार कुन दिशातर्फ जान्न भन्नेबारे अन्योल देखिन्छ । उर्जाको क्षेत्रमा काम गरिरहेको ओईसीडी कम्पनीले तेलको भण्डारण पुनः बढ्दै गएको बताएको छ । सन् २०१७ मा तेल उत्पादनमा गरिएको कटौतीसँगै घटेको भए पनि अहिले भने तेल भण्डारण बढ्दो क्रममा रहेको देखिन्छ । यसको अर्थ पछिल्लो समय व्यापक मात्रामा तेलको उत्पादनमा वृद्धि भइरहेको छ ।  
रुस तेलको मूल्य प्रतिब्यारेल ७० डलरमा हुनु राम्रो रहेको बताउँदै आएको छ। ट्रम्प तेल उत्पादन बढाउनुपर्ने पक्षमा छन् । 

इरानमाथिको अमेरिकी प्रतिबन्ध 

तेल बजारमा यो घटना निकै महत्वपूर्ण रह्यो । अमेरिकाले इरानमाथि नोभेम्बरबाट प्रतिबन्ध सुरु ग¥यो । जसमा इरानका ५ ठुला ग्राहकमध्ये ३ वटा उसको पक्षमा देखिएका छन् –चीन, भारत र टर्की । 

अमेरिकाले यसका लागि ओपेकका मुलुकहरुसँग उत्पादन बढाउनका लागि आग्रह गरेको थियो । ओपेकले अमेरिकाको आग्रह अस्वीकार गरेको थियो । यस महिनामा तेलको मूल्य प्रतिब्यारेल ८७ डलरमा पुगेको थियो । 

पहिलो चरणमा अमेरिका इरानले निर्यात गर्ने तेल २० प्रतिशतसम्म घटाउने दिशामा अघि बढिहरहेको छ । इरानसँगको व्यापारले मुलुक तथा कम्पनीलाई गाह्रो हुनसक्ने चेतावनी अमेरिकाले दिँदै आएको छ । 

अमेरिकी सहयोगी मुलुकहरु जापान र दक्षिण कोरियाले इरानबाट आउने तेलमा प्रतिबन्धको लगाएका छन् । इरानका प्रतिनिधिले भारतको भ्रमण गरेका थिए । इरानको लागि भारत दोस्रो सबैभन्दा ठुलो तेल खरिदकर्ता मुलुक हो । पछिल्लो समय अमेरिकी मुद्रा बलियो रहेको र खर्चको हिसाबमा पनि इरानबाट आयात हुने तेल शून्यमा झार्नु असम्भव रहेको भन्दै भारतले कम्तीमा मार्चसम्म इरानको तेल खरिद गर्ने निर्णय गरेको छ । भारतले विकल्पहरु सस्तो नहुँदासम्म इरानका तेल खरिद जारी राख्ने बताएको छ । 

अहिले भारतले प्रतिदिन पाँच लाख ब्यारेल प्रतिदिनको दरले तेल आयात गर्दै आएको छ । टर्कीले भने अमेरिकाले लगाउने प्रतिबन्ध बढीमा तीन महिनासम्म रहने बताएको छ । 

चीन इरानको सबैभन्दा ठुलो तेल आयातकर्ता मुलुक हो । चीनले इरानबाट ५ देखि ८ लाख ब्यारेल प्रतिदिनको दरले आयात गर्दै आइरहेको छ । चीनले इरानबाट आउने तेलको आयात जारी राखेको छ । अमेरिकाले विश्वका आठ मुलुकलाई भने प्रतिबन्धमा तीन महिनाको लागि छुट दिएको छ । 

कतारको ओपेक छाड्ने निर्णय 

आपेकको महत्वपूर्ण सदस्य कतारले पनि सन् २०१९ बाट पेट्रोलियम पदार्थ उत्पादकहरुको संगठन ओपेक छाड्ने निर्णय गरेको छ । पछिल्लो समय साउदी अरेबियालगायतका मुलुकले लगाएको प्रतिबन्धको कारण कतार ओपेकबाट नै टाढा रहने निष्कर्षमा पुगेको हो । साउदी अरेबिया तथा उसका सहयोगीले साढे एक वर्षदेखि कतारमाथि प्रतिबन्ध लगाउँदै आएका थिए । कतारले तेलका साथै उल्लेख्य मात्रामा ग्यास पनि निर्यात गर्दै आएको छ ।

तेल उत्पादन घटाउने निर्णय 

ओपेक तथा उसका सहयोगी मुलुकहरुले सन् २०१९ बाट तेलको उत्पादन १२ लाख ब्यारेल प्रतिदिनको दरले घटाउने निर्णय गरेका छन् । पछिल्लो समय विश्व बजारमा तेलको मूल्य निकै कमजोर अवस्थामा रहेकोमा ओपेकले मूल्य बढाउन यस्तो निर्णय गरेका हुन् । २०१७ देखि तेल उतपादनमा कटौती हुँदै आएकोमा तेलको मूल्य बढेसँगै यसै वर्ष बढाइएको थियो तर उत्पादन बढाइएसँगै तेलको मूल्य कमजोर बन्न पुगेको हो । आगामी वर्षबाट तेलको मूल्य भने बढ्नसक्ने अनुमान गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ