arrow

नोकियाले ल्याउँदैछ ७ क्यामेरा भएको विश्वको पहिलो स्मार्टफोन

logo
एजेन्सी
प्रकाशित २०७५ पुष १७ मंगलबार
nokia-9pureview.jpg

काठमाडौं । छिटै नै ७ क्यामेरा भएको स्मार्टफोन आउने भएको छ । यो स्मार्टफोन जनवरीभित्रमा सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । नोकिया ९ प्योरभ्युमा ७ क्यामेराको प्रयोग हुनसक्ने पाइएको हो । 

सार्वजनिक भएकाे फोटो तथा भिडियो अनुसार नोकिया ९ प्योरभ्युमा ५ लेन्सको रेयर क्यामेरा र २ लेन्सको फ्रन्ट क्यामेरा रहनेछ ।

यो स्मार्टफोनको लागि क्यामेरा सबैभन्दा महत्वपूर्ण पक्ष रहेको छ । अहिलेसम्मको रिपोर्टअनुसार यो स्मार्टफोनको रेयउर क्यामेरामा २ ओटा १२ मेगापिक्सलको, २ ओटा १६ मेगापिक्सलको र पाचौं क्यामेरा ८ मेगापिक्सलको रहनेछ । नोकिया ९ प्योरभ्युको पछाडि राखिएको क्यामेरामा एलईडी फ्ल्यास र आईआर सेन्सर वा लेजर अटोफोकसको पनि प्रयोग हुनसक्ने बताइएको छ । 

यो फोनको फ्रन्टमा भने २ लेन्सको क्यामेरा राखिएको छ । यद्यपि अहिलेसम्म फेस रिकग्निसन फिचरको बारेमा कुनै जानकारी पाउन सकिएको छैन । अहिले सार्वजनिक भएको रिपोर्टका अनुसार नोकिया प्योरभ्युमा ६ इन्चको डिस्प्ले हुनेछ । यो स्मार्टफोनमा ८ जीबी र्‍याम हुनेछ भने २५६ जीबीको इन्टर्नल स्टोरेज हुनेछ  । 

नोकियाको यो स्मार्टफोन क्वालकम स्न्यापड्र्यागन ८४५ प्रोसेसरका साथमा आउनसक्ने बताइएको छ । यसको मूल्य भने करिब ४८ सय युआन हुनसक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ