arrow

चीनको खस्किँदो अर्थतन्त्र : कुखुरा र फ्राइराइस बेचेर गरिबी कम गर्ने प्रयास

अर्थतन्त्र मजबुत बनाउन साढे २ दिन बिदा

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
China-Golden-Agenda.jpg.jpeg

काठमाडौं । अमेरिकासँग व्यापार युद्धका कारण चीनलाई आर्थिक रुपमा ठूलो नोक्सानी भएको विश्लेषण गरिएको छ । चीनको अर्थव्यवस्था २००८ सालमा भएको वैश्विक आर्थिक संकटपछि पुरै समस्याग्रस्त अवस्थामा छ । अर्थव्यवस्थालाई साहारा दिनको लागि कम्युनिस्ट देशमा विभिन्न किसिम प्रकारका अनौठो तरिका अपनाइरहेको छ। अहिले चीनले देशमा रेष्टुरेन्टलाई धेरै समयसम्म खोल्ने नीति ल्याएको छ । जसले रेष्टुरेन्टमा धेरै कारोबार होस् र त्यसले गरिबी न्यूनीकरणलाई योगदान पुर्‍याओस्।

हङकङको सीमामा स्थित गुआंगडोंग क्षेत्रीय अर्थव्यवस्थाका लागि सबैभन्दा महत्वपूर्ण स्थान हो। ती क्षेत्रमा चिकेन तथा फ्राइ राइस जस्ता परिकारहरु पकाउनको लागि सेफलाई समेत भारी मात्रामा प्रशिक्षण दिन सुरु गरिएको छ । चीनले यो क्षेत्रमा मात्रै २०२२ सम्म तीन लाख रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ । रोजगारलाई बढावा दिनको लागि २० अर्ब ८० करोड युआन (३ अरब डलर) को प्रोभिन्सियल प्याकेजको सुरुवात समेत गरिएको छ । जसमा सामाजिक सुरक्षा योगदान शीर्षकमा सीमित दर भने कटौती गरि साना व्यवसायीहरुलाई छुट लगायतको समेत व्यवस्था गरिएको छ । 

बेइजिङमा सरकारले नै पसल तथा रेस्टुरेन्टहरुलाई राती अबेरसम्म चलाउनको लागि आग्रह गरेको छ । त्यस्तै औद्योगिक हेबेई प्रान्तले मानिसलाई धेरै खर्च गर्नको लागि साढे २ दिन विदा दिने तयारी सुरु गरेको छ । 

केन्द्र सरकारले समेत यस अभियानलाई सहयोग गरेको छ । सरदर खेलकुदको खर्चलाई २०२० सम्म १‍‍.५ लाख करोड युआन गर्ने उद्देश्यबाट सरकारले केवल करमात्रै छुट दिईरहेको छैन चीनले वाटर स्पोटर्स, स्कीइङ्ग, आउटडोर एक्टिविटीज तथा मैराथनलाई समेत बढावा दिन थालेको छ । 

चीनको नीति नियमहरुका कारण यसभन्दा पहिले अर्थव्यवस्थामा आएको सुस्ततालाई चिर्नको लागि चीनले यस्तो तयारी सुरु गरेको हो । चीनको यो साल रिटेल सेल्स ग्रोथ तथा श्रम बजारमा धेरै समस्या देखिएको छ । एपल , इङ्कदेखि लिएर फोक्सवेगन, एजी जस्ता बिश्वस्तरीय कम्पनियहरु समेत यस्तो असरको महसुस गर्न थालेका छन्। 

चीनको निर्यात डिसेम्बर महिनामा मात्रै गिरावटका साथ २२१ अरब डलरमा सीमित भएको छ ।  यो दर डिसेम्बर, २०१७ मा को तुलनामा ४.४ प्रतिशत कम हो । नोभेम्बर २०१८ मा चीनको निर्यात १‍.४ प्रतिशत घटेको छ । यो अमेरिकाका साथ व्यापार युद्धपछिको चीनको निर्यातमा सबैभन्दा बढी गिरावट हो । यसले दुनियाँको दोस्रो सबैभन्दा ठूलो अर्थव्यवस्थामा लगातार जारी सुस्तताको संकेत हो । 

चीनको सीमा शुल्क विभाग (सीएसी) द्वारा जारी आँकडा अनुसार अनुसार डिसेम्बर २०१८ मा निर्यात तथा आयात दुबै मोर्चामा चीनको प्रभाव नकारात्मक देखिएको छ । यी आँकडाबाट पत्ता लाग्छ कि अमेरिकाका साथ व्यापार युद्धका कारण चीनको अर्थव्यवस्थामा जुन नकारात्मक प्रभाव देखिएको छ यो चिनियाँ अधिकारीहरुले यस अघि लगाएको अनुमान भन्दा निकै बढी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ