- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटी आइतबार रातिको खेलमा विजयी भएको छ ।
सिटीले हडर्सफिल्ड टाउनलाई उसकै घरेलु मैदानमा ३–० ले पराजित गर्यो । एकतर्फी खेल प्रदर्शन गरेको सिटीले ५६ मिनेटसम्म नै गोल गरेर आराम लिएको थियो ।
१८ मिनेटमा डानिलो, ५४ मिनेटमा रहिम स्टर्लिङ र ५६ औं मिनेटमा लेरोए सानेले गोल गरेका थिए ।
अर्को खेलमा टोटनह्याम हट्सपरले फुल्हमलाई २–१ ले हरायो । १७ मिनेटमा टोटनह्यामका फर्नान्डो लोरेन्टेले आत्मघाती गोल गरेका थिए ।
५१ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनह्यामलाई बराबरी गरे ।
इन्जुरी समयमा ह्यारी विङ्सले गोल गरेर टोटनह्यामलाई उद्दार गरे ।
२३ औं चरणको समाप्तिसम्म लिभरपुल ६० अंकबाट शीर्ष स्थानमा रहँदा म्यान्चेस्टर सिटी ५६ अंकसहित दोस्रो र टोटनह्याम ५१ अंकसहित तेस्रो स्थानमा छ । कार्डिफ, फुल्हम र हडर्सफिल्ड पुछारमा छन् ।