- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भेनेजुएलामा सरकारविरोधी आन्दोलन चर्किएको छ । प्रदर्शनले चरम रुप लिँदा अमेरिकाले विपक्षी नेता खुआन गोइदोलाई अन्तरिम राष्ट्रपतिको रुपमा मान्यता दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरबाट सन्देश दिँदै वर्तमान राष्ट्रपति निकोलस मदुरोको नाजायज सरकारका कारण भेनेजुयलाका जनतालाई लामो समयदेखि समस्याको सामना गर्नु परेकाले नेसनल एसेम्बलीका अध्यक्षलाई अन्तरिम राष्ट्रपतिको रुपमा स्वीकार गर्छु भनेर उल्लेख गरेका छन् ।
गोइदोले मौजुदा राष्ट्रपति निकोलस मदुरोविरुद्धको विरोध प्रदर्शनको नेतृत्व गरिरहेका छन् । उनले आफूलाई कार्यकारी नेता घोषणा गरेको केही समयपछि ट्रम्पले पनि उनलाई अन्तरिम राष्ट्रपति स्वीकारेका हुन् ।
भेनेजुयलामा हजारौं व्यक्ति विरोध प्रदर्शनमा उत्रिएका छन् । यसै महिनाको सुरुमा मदुरोले राष्ट्रपतिको रुपमा आफ्नो दोस्रो कार्यकालको सपथ लिएका थिए ।
राष्ट्रपति मदुरोका समर्थकहरु पनि सडकमा उत्रिएका छन् । प्रदर्शनका क्रममा केही व्यक्तिको मृत्युसमेत भएको छ । दुवै पक्षका समर्थक सडकमा उत्रिएपछि भने स्थिति थप असहज हुन सक्ने देखिएको छ ।