arrow

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

logo
एएफपी,
प्रकाशित २०७५ माघ २४ बिहिबार
nicolas-maduro-president-venezula.jpg

मोन्टेभिडिओ। भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ। त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उनका विपक्षी तथा हालैमात्र आफलाई सो देशको अन्तरिम राष्ट्रपतिको रुपमा घोषणा गरेका हुवाँ गुइदो पक्षको पनि सहभागिता रहने बताइएको छ।

भेनेजुएलको राष्ट्रपति निकोलास मडुरोले आफ्नो देश गृहयुद्धमा होमिन सक्ने बताउनु भएको केही दिनपछि यस देशको संकट समाधानार्थ यो वार्ताको आयोजना गरिएको बताइएको छ।

उनले गएको आइतबार मात्र स्पेनको एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा सो धारणा राखेका थिए। अर्कातर्फ नेता गुइदोले पनि आफूलाई अमेरिका, पश्चिमा राष्ट्रहरु तथा पछिल्लो समयमा गत हप्तामात्र युरोपेली युनियनको पनि समर्थन रहेकोले आफू नै यहाँको राष्ट्रपति भएको बताएका छन्।

उक्त बैठकमा युरोपेली युनियन, आठओटा अरु युरोपेली देश र पाँचओटा ल्याटिन अमेरिकी देशका प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ। युरोपेली युनियनको कूटनीतिक स्रोतका अनुसार सो बैठकमा खासगरी हालैका दिनमा भेनेजुएलामा जारी रहेको राजनीतिक संकटको समाधानका लागि आवश्यक विभिन्न प्रयास तथा विकल्पहरुका बारेमा छलफल गरिने छ।

उक्त बैठकको अग्रसरता मेक्सिको र उरुग्वेले लिएका समाचारमा जनाइएको छ। भेनेजुएलामा यो समस्याको सुरुआत भएपछि यी दुई देशलाई तटस्थ देशका रुपमा लिइएको छ।

यसअघि युरोपेली युनियनले पनि मध्यस्थताको प्रयास गरेको थियो। युरोपेली युनियनले केही ल्याटिन अमेरिकी देशहरुको सहयोगमा भेनेजुएलाको राजनीतिक संकटक समाधानको प्रयास थालेको थियो।

सोही समाधानस्वरुप नै युरोपेली युनियनले यस देशलाई जतिसक्दो चाँडो निर्वाचनको आयोजना गर्न भनेको थियो। युरोपेली युनियनले निर्वाचनको घोषणा गर्न गएको आइतबारसम्मको समय दिएकोमा सो निर्वाचन घोषणा गर्न राष्ट्रपति मडुरोले नमानेपछि युरोपेली युनियनले पनि मडुरोको समर्थन गरेको छैन।

गत महिना गुइदोले आप्mलाई भेनेजुएलाको राष्ट्रपति नै घोषणा गरेपछि अमेरिकालगायत अन्य देशले उहाँलाई नै समर्थन गरेका थिए। आफूले विश्वका शक्ति राष्ट्रको समर्थन प्राप्त गरेको भन्दै उनले आफू नै भेनेजुएलाको राष्ट्रपति भएको बताउने गरेका छन्।

भेनेजुएलामा अहिले पनि सत्ताको लागि संघर्ष शुरु भएको बताइएको छ। मडुरोले आफू नै निर्वाचन निर्वाचित राष्ट्रपति भएको बताउनुहुन्छ भने गुइदोको दाबी पनि आफू नै हुँ भन्ने रहेको छ।

यहाँ बढ्दै गएको राजनीतिक संकटको समाधानका लागि समय अगावै आमनिर्वाचन गर्नुपर्ने र त्यसलाई सत्ता पक्ष र विपक्षीले पनि मान्नुपर्ने धारणा युरोपेली युनियनको छ भने अमेरिका लगायतका केही पश्चिमा मुलुकहरुले भने गुइदो नै राष्ट्रपति भएको बताएका छन्।

विपक्षीले तत्काल निर्वाचनको वातावरण नबनाएमा मडुरोलाई सहयोग गर्न नसक्ने चेतावनी दिएकाका छन् भने मडुरोले यहाँको सङ्कट समाधानका लागि निर्वाचनको प्रस्ताव मान्न नसक्ने बताइसकेका छन्।

गत महिना गुइदोले आफैँलाई अन्तरिम राष्ट्रपतिका रुपमा घोषणा गरेपछि यहाँको राजनीतिक संकट बढेको हो। उहाँको यो कदमलाई अमेरिकाले समर्थन गरेपछि यसले विश्वका राष्ट्रहरु पक्ष र विपक्षमा उभिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ