arrow

बिहार र उत्तराखण्डबाट गएको मदिराले यूपीका ५० जना मरे, ३० पक्राउ

logo
प्रकाशित २०७५ माघ २६ शनिबार
desi_wine.jpeg

नयाँ दिल्ली । भारतको यूपीको सहारानपुरमा विषालु मदिराको कारण मर्नेको संख्या ५० पुगेको छ । दुई दिनदेखि जारी यो क्रम अझै बढ्ने आशंका गरिएको छ । ज्यान गएकाहरु सबैको सोही विषालु मदिराको कारण ज्यान गएको अनुसन्धानबाट पुष्टि भएको छ । शुक्रवारबार मात्रै प्रशासनले १८ जना मरेको पुष्टि गरेको थियो । शनिबार साँझसम्म ५० जनाभन्दा बढीको ज्यान गईसकेको छ । प्रहरीले आरोपीहरुलाई पक्राउ गर्नको लागि आशंका भएको ठाउँमा छापा मार्दै आएको छ ।

सहारनपुरको जिल्ला मेजिस्ट्रेट आलोक पाण्डेले बताए अनुसार शनिबार साँझ ७ बजेसम्म ५० जना भन्दा बढीको ज्यान गईसकेको छ । त्यसमध्ये ४६ जनाको पोष्टमार्टम भइसकेको छ । डाक्टरका अनुसार यसमध्ये पनि ३५ जना सहारनपुर जिल्लाबासीको नै ज्यान गएको छ । बाँकी ११ अन्य मानिसहरु सहारनपुरबाट मेरठ पठाइएको छ । उनीहरुको मेरठमा ज्यान गएको हो। 

सहारनपुर एसएसपी दिनेश कुमारले तीन प्रहरी स्टेसनबाट यसको अनुसन्धानको लागि प्रहरी परिचालन गरिएको छ । शुक्रवार राती मात्रै एक संयुक्त टोलीले कम्तिमा ३० जनालाई पक्राउ गरी छानविन गरिरहेको छ । अहिलेसम्म प्रहरीले ४०० लिटर भन्दा बढी अबैध मदिरा नष्ट गरिसकेको छ । यो क्रम यो मामला पूरा नभएसम्म जारी राख्ने समेत प्रहरीले जनाएको छ । 

सहारनपुर तथा कुशीनगरमा समेत समस्या  
यो समस्या सहारनपुर थाना क्षेत्रका गाँउ उमाहीमा बढी देखिएको छ । एसएसपीका अनुसार गाँउका नै पिन्टू नामक युवकले यो मदिरा किनेर गाउँमा बाँडेका थिए । प्रशासनले मृतकको परिजनलाई जनही २ लाख र गम्भीर विरामीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिसकेफो छ । यस भन्दा पहिले बिहीबार समेत कुशीनगरमा स्पिरिटबाट बनेको विषालु मदिरा पिएपछि १० जनाको ज्यान गइसकेको छ । प्रहरीले यो प्रभावित क्षेत्रका थानेदार तथा आबकारी निरीक्षक समेत ९ जनालाई जागिरबाट निलम्बन् गरेको छ। 

बिहार तथा उत्तराखण्डबाट आएको थियो मदिरा 
यो विषालु मदिराबाट मृत्युको सुरुवाती छानविनमा कुशीनगर तथा सहारनपुरमा मदिरा बिहार तथा उत्तराखण्डबाट आएको कुरा बाहिर आएको छ । कुशीनगरबाट डीजीपीले मुख्यालयलाई जानकारी दिएका छन् कि यसको पर्याप्त प्रमाण भेटिएको छ । बिहारको गोपालगञ्जबाट विषालु मदिरा कुशीनगर आएको थियो । डीजीपी ओपी सिंहले भने कि उत्तराखण्डको रुडकीको एक इलाकाबाट सहारनपुरमा विषालु मदिरा सप्लाई गरिएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ