arrow

अस्पतालमा लापरबाही र भ्रष्टाचार, नेविसंघको ध्यानाकर्षण

logo
प्रकाशित २०७५ चैत ५ मंगलबार
photo6.jpg

सिराहा । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाले रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा भइरहेको लापरबाही र भ्रष्टाचारको विरुद्धमा लहान नगरपालिकाका मेयर मुनि साहलाई ध्यानाकर्षण गराएको छ।

संघले साउन २० गते दिएको ज्ञापनपत्रलाई अस्पतालका मेसु सुनिल प्रसाद कुशवाहले बेवास्ता गरेपछि नगरपालिका मेयर साहलाई भेटेर ध्यानाकर्षण गराएको हो।

जिल्ला अध्यक्ष मो मुस्ताकको नेतृत्वमा गएको टोलीले राखेको नौ बुँदे मागमा भिडियो एक्सरे सुचारु गर्नु पर्ने, एक्सेरे सुचारु हुनुपर्ने, सरसफाइ हुनुपर्ने, डाक्टर १० बजेदेखि चार बजेसम्म बस्नु पर्ने, मेसुले आफ्नो श्रेया पोलोक्लिकमा बिरामी पठाउने काम बन्द हुनुपर्ने, मेसुले आफ्नो श्रीमतीलाई बिना बिज्ञापन भर्ना गरेको खारेज गर्नु पर्ने लगाएत थिए।

अस्पतालमा रहेको डाक्टरहरूको भत्ता मेसु आफै खाने गरेको हुँदा मेसु कुशवहालाई तत्काल कारबाहीको लागि पनि नेबिसंघले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ