arrow

अन्तरिक्षमा भारतको 'खतरनाक' टेस्ट सफल, १२ वर्षपछि जुट्यो प्रधानमन्त्रीको हिम्मत

logo
प्रकाशित २०७५ चैत १३ बुधबार
Mission_shakti.jpg

नयाँ दिल्ली । भारतले २००७ सालमा नै गर्नसक्ने खतरनाक एन्टी स्याटेलाईट हतियारको टेस्ट गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफैं बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै यसबारेमा जानकारी दिएका हुन् ।

भारतले बुधबार विहान ११ बजेर १६ मिनेट जाँदा ए सेटको परिक्षण गरेको हो। ए सेटले  ३०० किमीको ऊचाईमा एक पुरानो स्याटेलाइटलाई निशाना बनाएको थियो। सो पुरानो स्याटेलाईट अब सेवाबाट हटेको छ। यो पूरा अभियान मात्र ३ मिनटमा  पूरा भएको प्रधानमन्त्री मोदीले जानकारी दिए।

यस स्याटेलाइट किलर मिसाइलको महत्‍व कति छ भन्ने अन्दाज नै मोदीको सो सम्बोधनबाट गरिएको छ । जुन सम्बोधन प्रधानमन्त्री मोदीले विहान नै केही विशेष जानकारी दिने भनेर ट्वीटरमा जानकारी दिएका थिए । मोदीले भने कि, 'केही समय भन्दा पहिले भारतले एक अभूतपूर्व सिद्धि प्राप्त गरेको छ । भारतले दुनियामा अन्तरिक्ष महाशक्तिको रुपमा आफ्नो नाम लेख्न सफल भएको छ । यसभन्दा पहिले यो उपलब्धि सिर्फ अमेरिका, रूस र चीनले मात्रै हाँसिल गरेका थिए।' भारतद्वारा गरिएको यो टेस्ट एकदमै दुर्लभ र खतरनाक समेत थियो। 

अमेरिकाले गरेको थियो पहिलो टेस्ट 
अमेरिकाले पहिले एन्टी-स्याटेलाइट टेस्ट १९५९ मा गरेको थियो। यो त्यो समय थियो जतिबेला स्याटेलाइट नै दूर्लभ थियो । यसको केही समय पछि नै सोभियत संघले यस्तै एक टेस्ट गर्यो । सोभियत संघले १९६० र १९७० मा यो टेस्ट गरेको थियो । त्यसको २० वर्षसम्म कुनै पनि परीक्षण भएन । सन् २००७ मा चीनले पनि यस दौडमा भाग लिएको थियो । चीनले टेस्ट गर्दै आफ्नो मौसम सम्बन्धी जानकारी दिने उपग्रहलाई ध्वस्त बनाइदिएको थियो । 

२००७ मै सक्षम रहेको दाबी 
इण्डियन स्पेस रिसर्च अर्गनादजेशन इसरोका पूर्व अध्यक्ष जी माधवन नायरले भारतले एक दशकभन्दा अघि नै ऐन्टी स्याटेलाइट मिसाइल टेस्ट गर्न सक्ने क्षमता राखेको भएपनि राजनीतिक शक्तिका कारण हिम्मत नजुटेको बताए । राजनीतिक इच्छाशक्तिको कमी भएकै कारण यसलाई सफलतापूर्वक प्रक्षेपण गर्न नसकिएको उनको आरोप छ । उनले भने कि जुन समय चीनले यो परीक्षण गरेको थियो । सोही समय भारतले पनि यो परीक्षण गर्न सक्षम रहेको भएपनि राजनीतिक इच्छा शक्तिका कारण यस्तो भएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ