arrow

प्रभु बैंकको नेपाल-भारत पाँच भन्सार कार्यालयहरुमा काउण्टर

logo
प्रकाशित २०७५ चैत २३ शनिबार
prabhu.gif

काठमाडौं। प्रभु बैंकले नेपाल-भारत सीमामा ५ वटा  भन्सार कार्यालयहरुमा काउण्टरबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्ने भएको छ।बैंकले रौतहटको गौर,सिरहाको माडर, सप्तरीको राजविराज,सर्लाहीको मलंगवा र धनुषाको जनकपुर-जटही भन्सार कार्यालयहरुमा नयाँवर्षबाट बैंकको काउण्टरहरु सञ्चालनमा आउने बैकंले जनाएको छ। उक्त कारोबार शुरु गर्ने सम्बन्धी सम्झौतामा एक कार्यक्रमका बीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बीच हस्ताक्षर गरेका हुन।

व्यापारिक साझेदारको रुपमा रहेको भारतसँगको सीमानामा सञ्चालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने विश्वास दुबैपक्षको रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ