arrow

भिआइपीहरुको हत्याको साक्षी बनेको सातौं लोकसभा चुनावको रोचक इतिहास

logo
प्रकाशित २०७६ वैशाख १५ आइतबार
Indira-gandhi.jpg

नयाँ दिल्ली । १९७७ मा पहिले जनता पार्टी र फेरि चरण सिंहको सरकार ढलेपछि १९८० मा लोकसभा चुनाव भयो । १९७७ को चुनावमा जनताले देखे कि गठबन्धन गरेर कांग्रेसलाई हराउन सकिन्छ । सोही वर्ष १९८० मा भएको सातौं आम चुनावले देखायो कि इन्दिरा गान्धीले कुनै आपतकालको कारणले विग्रिएको जनसमर्थन फिर्ता लिइन् । सातौं लोकसभाको कार्यकाल प्रधानमन्त्री इन्दिरा गान्धीको नृशंस हत्याको समेत साक्षी बन्यो । 

आपतकालपछि जनताको सीधा सामना गरिरहेकी इन्दिराको नयाँ पार्टी कांग्रेस (आई)को लागि यो चुनाव सहज भने थिएन । उनको सामु हरेकप्रकारको कठिन राजनीतिक चुनौतीहरु थिए । जस्तो कि बिहारमा सत्येन्द्र नारायण सिन्हा र कर्पूरी ठाकुर, कर्नाटकमा रामाकृष्ण हेगडे, महाराष्ट्रमा शरद पवार, हरियाणामा देवी लाल र ओडिशामा बीजू पटनायक। सबैजना आफ्नो क्षेत्रमा राम्रो पकड राख्दथे । अहिले जनता पार्टी भित्र मच्चिएको घमासान र देशमा भएको राजनीतिक अस्थिरताले इन्दिराको साथ दिए र उनी चौथो पटक देशको प्रधानमन्त्रीको कुर्सीमा बसिन्। 

जनवरी १९८० मा भएको यस चुनावमा कांग्रेस (आई) ले ३५३ सीटमा जीत हाँसिल गरेको थियो। त्यो पनि केही दलहरु अलग भएपछि जो जनता पार्टी बचेको थियो । त्यो ३१ सीटमा समेटियो। कांग्रेसको समर्थन फिर्ता लिनुको कारणले पीएम पदबाट राजीनामा दिनेवाला चरण सिंहको जनता पार्टी (सेक्युलर) ले ४१ सीट जितेको थियो । 

जरनेल सिंह भिण्डरावालाको उदय 
१९७७ मा कांग्रेसलाई बाँकी राज्यहरुको रुपमा पञ्जाबमा विभिन्न किसिमको हार सामना गर्नु परेको थियो । यसपछि एक्लो दलले सरकार बनायो । यसबीच पञ्जाबमा आफ्नो पकड मजबूत गर्नको लागि कांग्रेसले जरनेल सिंह भिण्डरावालाको साहारा लिएका थिए। भनिन्छ कि भिण्डरावालालाई शुरुआतमा सीधा ज्ञानी जेल सिंह र सञ्जय गान्धीको सपोर्ट थियो। सन् १९८० को चुनावमा भिण्डरावालाले काँग्रेसको लागि प्रचार समेत गरिएको थियो। तर यसैबीच पञ्जाबमा हिन्दीलाई बढावा दिनको लागि मुहिम चलाउने एक अखबारका मालिकको हत्या भयो । यसमा भिण्डरावालाको नाम आयो र उसलाई गिरफ्तार समेत गरियो । तर, कांग्रेसले उनलाई रिहा गरिदियो । यसबाट भिण्डरावाला र शक्तिशाली हुँदै गए । 

कांग्रेसबाट अबसम्म ६ नेता प्रधानमन्त्री बनिसकेका छन् । अहिलेसम्म कांग्रेसबाट प. जवाहर लाल नेहरू, लालबहादुर शास्त्री, इन्दिरा गान्धी, राजीव गान्धी, पीवी नरसिम्हा राव, मनमोहन सिंह पीएम बनिसकेका छन् । यिनका अलावा अलावा कांग्रेस पार्टीका गुलजारीलाल नन्दालाई २ पटक कार्यवाहक प्रधानमन्त्री बनाइयो । 

खालिस्तानको माँग, एशियाड खेलहरुको आयोजना 
साल १९८१ मा, अघिल्लो वर्ष नोभेम्बर-डिसेम्बरमा देशमा एशियाड खेलहरुको आयोजन भएको थियो । ३० साल पछि देशमा यति धेरै आयोजना हुनेवाला थियो । कांग्रेस यसको लागि कमर कसेर बसेको थियो । दोस्रो तर्फ भिण्डरावालाले धम्की दिएका थिए कि पञ्जाबको विभिन्न माँगहरु (आनन्दपुर साहब प्रस्ताव) लाई लिएर उनी दिल्लीमा प्रदर्शन गर्दैछन्। यसलाई देखेर पञ्जाब बोर्डरको सुरक्षा-व्यवस्था चुस्त बनाइएको थियो । यसमा दिल्ली आउनेवाला शिखहरुलाज्ञ सन्देहको नजरले देख्न लागियो । पाकिस्तानसँगको युद्धपछि बंग्लादेश निर्माणमा अहम भूमिका निभाउने वाला आर्मी अफिसर जगजीत सिंह अरोडालाई समेत यस्तो अपमानको सामना गर्नु परेको थियो । यस मुद्दालाई भिडरावालाले ब्यूँताए । जसले गर्दा पञ्जाबमा आक्रोश बढ्दै गयो । यसैबीच त्यहाँ खालिस्तानको माँग गरिरहेका मानिसहरु र उग्रबाद बढ्दै गएको खबर आएको छ । 

पञ्जाबको शान्त गर्नको लागि इन्दिराले ज्ञानी जैल सिंहलाई राष्ट्रपति बनाए। इन्दिरालाई यो जानकारी थियो कि एक शिखलाई राष्ट्रपति बनाउनु पञ्जाबको मौजूदा स्थितिमा सुधारमा लगाइन्छ । तर, यस्तो भएन । यसैबीच १९८३ मा पञ्जाबमा एक बस हत्याकाण्ड भयो जसमा हिन्दूहरुको लाइनबाट हत्या गराइयो । यसपछि इन्दिराले पञ्जाबको दरबारा सिंह सरकारलाई हटाएर राष्ट्रपति शासन लगाइदिइन् । 

अपरेशन ब्लू स्टार र इन्दिरा गान्धीको हत्या 
पञ्जाबमा राष्ट्रपति शासन लागेपछि भिण्डरावालाले स्वर्ण मन्दिरलाई अन्जानमा नै कब्जामा लिए। यसपछि सम्झौताको तमाम कोशिशहरुलाई विफल बनाएपछि ६ जून १९८४ लाई अपरेशन ब्लूस्टार भयो जसमा भिण्डरावालालाई मारियो । यस हमलामा स्वर्ण मन्दिरले ठूलो नोक्सानी बेहोर्यो । यस घटनापछि समेत पञ्जाबमा उग्रवादमा कमि आएन । अपरेशन ब्लूस्टारलाई बदला लिँदै ३१ अक्टोबर १९८४ मा इन्दिराको नै २ अंगरक्षकहरुले उनलाई गोली हानी हत्या गरिदिए 

इन्दिरा गान्धीको हत्यापछि देशभरमा हिंसाको घटनाहरु भए । दंगामा शिखहरुलाई निशाना बनाइएको थियो । जसमा करिब २५०० मानिसहरु मारिएका थिए । देशमा फेलिएको अशान्तिलाई अन्त्य गर्नको लागि हतार हतारमा राजीव गान्धीलाई प्रधानमन्त्रीको सपथ दिलाइयो । यसपछि राजीवले पञ्जाबको जान्ने-मान्ने नेता हरचन्द सिंह लोगवालसँग  हात मिलाएर आनन्दपुर साहब प्रस्तावको केही शर्तहरु माने । तर पंजाबको अलगाववादीहरुलाई भने यो समझौंता मञ्जुर थिएन । त्यसपछि करिब १० वर्षसम्म पञ्जाबमा राष्ट्रपति शासन चलिरहेको थियो । तर, राज्यको उग्रवाद १९९६ सम्म रोकिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ