त्रेतायुगमा श्रीरामले तय गरेका थिए श्रीकृष्णको मृत्यु

कर्म सुधारौं, कर्मको फलले कसैलाई छाडदैन

गुरुज्ञान, प्रकाशित मिति : २०७६ बैशाख २३ सोमबार

काठमाडौं । हरेक क्रियाको प्रतिक्रिया हुन्छ । यदि हामी परमात्माको निम्ति कुनै कर्म गर्छौ भने त्यसमा पनि प्रतिक्रिया हुन्छ । त्यसको पनि जवाफ हामीलाई अवश्य मिल्नेछ ।

जब त्रेतायुगमा भगवान श्री रामचन्द्र बालिको वध गर्दा भन्नुहुन्छ, 'हे बालि म तिम्रो वध गर्दै छु, तर तिमी चहान्छौ भने म तिमीलाई प्राण दान दिन सक्छु ।'  

सो समय बालि भन्छन, 'भगवान यदि तपाई मलाई भन्नुहुन्थ्यो भने जे तपाई चहानुहुन्थ्यो, त्यो म पनि गर्न सक्ने थिए । रावण मेरो सामु के हो र ?  उसलाई त मैले आफ्नो काखीमा दवाएर कयौ बर्षसम्म सुर्यको आराधाना गरिरहे ।'

भगवानले प्राण दानको कुरामा बालि भन्छन्,' भगवान मर्नु त एक दिन सबैलाई छ, तर यस्तो सुखद मृत्यु, जो तपाईको हातबाट होस,  तपाईको करकमलद्वारा होस, यो मलाई कहिले प्राप्त हुने छैन । यो तपाईको धाममा प्रवेश गर्ने जुन अवसर तपाईले मलाई दिनुभएको छ यो अवसर मबाट नछिन्नुहोस । मलाई मर्न दिनुहोस ।'    

तब भगवान्‌‌ भन्नुहुन्छ, 'त्यसो भए ठिक छ । जसप्रकार मैले तिमीलाई लुकेर मारेको छु, यसै प्रकार द्वापार युगमा म जब आउनेछु तब तिमी भील जनजाति बनेर लुकेर मेरो वध गर्नेछौ । जसबाट हाम्रो कर्मको समापन हुनेछ ।'

द्वापारयुगमा भगवान्‌‌ श्री रामचन्द्रले भने जस्तै भयो । भगवान श्री कृष्णले यादव वंशको कुल नष्ट गर्नको लागि जुन मुसलको सृजना गरे त्यसको तीर बनाएर बालिले भाली रुपमा लुकेर भगवान्‌‌ को वध गरे ।

एक पटक जंगलमा सुतेको समय भगवानले कोल्टे पल्टदा उनको खुट्टा हल्लियो जसबाट झाडि हल्लियो । भीलले सोचे यहाँ कुनै जनवार सुतेको हुनुपर्छ । उनले निशाना साधेर बाण हाने त त्यो बाण भगावन् को तालुमा लाग्यो ।

भगवान जब पिडाले कराउन थाले तब भीलले वास्तविकता बुझेर भगवानसँग क्षमा यचना गर्न थाले ।

तब भगवान भन्नुहुन्छ, 'भील क्षमा माग्नुको कुनै आवश्यकता छैन । जब तिमी बालिको रुपमा थियौ तब मैले पनि तिमीलाई लुकेर मारेको थिए । आज पनि त्यहि फलबाट तिमीले पनि मेरो वध गरेका हौं । अब तिमीले यस कर्मलाई शुन्यमा परिवर्तित गर्‍यौ ।'   

नयाँ