- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेदरल्याण्ड (डच) फुटबलको घरेलु लिगको उपाधि आयाक्स एम्सटरडमले जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४–१ गोल अन्तरले पराजित गर्दै आयाक्ले उपाधि जितेको हो ।
सन् २०१४ पछि आयाक्सले पहिलो पटक लिग उपाधि उचालेको हो । दुसान टाडिकले दुई तथा लासे शान र निकोलस ट्यागलियाफीले १–१ गोल गर्दै आयाक्सलाई जिताए ।
लिग विजेता आयाक्सले ३४ खेलबाट ८६ अंक जोड्न सफल रह्यो । उपविजेता बनेको पीएसभी आइन्डहोभनले ८३ अंक प्राप्त गर्यो ।
डच लिगमा १८ क्लब सहभागी भएकामा ३ क्लव रेलिगेशनमा परेका छन् ।
आयाक्स र पीएसभी च्याम्पियन्स लिगका लागि छानिँदा फेयनुर्ड र अल्कमार युरोपा लिगमा छानिएका छन् ।