arrow

विच्याट र अलिपे मार्फत् भुक्तानी तत्काल रोक्न राष्ट्र बैंकको निर्देशन 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ जेठ ६ सोमबार
we-chat-ali-pay.JPG

काठमाडौं । ठमेल लगायत देशका विभिन्न स्थानहरुमा रहेका चिनियाँ रेस्टुरेन्टहरुमा मौलाउँदो हुण्डीको बारेमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । सोमबार राष्ट्र बैंकले सूचना जारी गर्दै वीच्याट र अलि पे मार्फत् भइरहेको अबैधानिक कारोबार रोक्नको लागि चेतावनी दिएको हो । यो सँगै आन्तरिक राजश्व विभागलाई ठमेल लगायतका देशका विभिन्न स्थानहरुमा रहेका चिनियाँ रेष्टुरेन्टहरुले चलाइरहेको हुण्डीमाथि कारबाही गर्न बाटो खुलेको हो । सरोकारवाला निकाय आन्तरिक राजश्व विभाग र राष्ट्र बैंकले यसमा चासो देखाउँदै आफ्ना मातहतका निकायहरुलाई यसबारे छानविन गरी तत्काल कारबाही अघि बढाउन निर्देशन दिएको हो। 

केही समय अघि राष्ट्र बैंक र विभागको स‌ंयुक्त बैठकमा समेत यस विषयमा छलफल भएको थियो । जसमा राष्ट्र बैंक समेत यसप्रति सचेत देखिएको थियो । सोमबार राष्ट्र बै‌ंकले  सो विषयमा चेतावनी मूलक रुपमा सूचना जारी गरेको हो । 

उनले जुनसुकै बाहानामा मुलुकको हित विपरितको काम भईरहेको पाईएमा तत्काल बन्द गराई दोषीलाई कानून बमोजिम कारबाही हुने जानकारी दिए । हाम्राकुरा डटकमले गत मंसिर ६ गते वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी शीर्षकमा समाचार प्रकाशित गरेको छ । योसँगै आन्तरिक राजश्व विभागले पनि यसमा सक्रियता देखाउन सुरु गरेको थियो । 

विभागको सम्बन्धित कार्यालयले यस विषयमा अध्ययन गर्ने भएकोले विभागले सम्बन्धीत करदाता कार्यालयलाई निर्देशन दिईएको विभागले जनाएको छ । हाम्राकुरामा समाचार आएपछि केही अनलाईन पेमेन्ट सेवा प्रदान गर्ने कम्पनीहरुले चिनियाँहरुले सञ्चालन गरेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरुसँगै चीनमा सामान खरिद गर्न जाने व्यवसायीहरुले समेत हुण्डीमार्फत् चीनमा पैसा पठाईरहेको भन्दै यसलाई बैधानिक बाटोबाट भुक्तानी गर्नको लागि स्वीकृति माग गरेको राष्ट्र बैंकको भुक्तानी विभागका एक अधिकारीले जानकारी दिए । 

उनीहरुले यस्तो समस्या रोक्नको लागि नेपाल र चीनका केन्द्रीय बैंकहरुबीच अन्तर्सम्बन्ध कायम गरी स्वीकृति दिन माग गरेका छन् । जसले नेपालबाट चीनमा व्यवसाय गर्न जाने नेपाली व्यवसायीहरुले समेत बैधानिक बाटोबाट सीमित पैसा पठाएर सरकारी राजश्व समेत चीन जानबाट रोक्न सकिने सुझाव सहितको प्रस्ताव अहिले भुक्तानी विभागमा पुगेको छ । 

नेपालमा चिनियाँ पर्यटकहरुलाई आकर्षित गराउने लक्ष्य अनुरुप सरकारले नेपाल आउने चिनियाँहरुलाई ३० दिनसम्मको लागि भिजा फ्रि गरेको छ । पर्यटकहरु नेपाल आउँदा उनीहरुले यहाँ बस्दा गरेको खर्चबाट उठ्ने राजश्व सरकारी खातामा पुग्छ । व्यवसाय कर या सामान किन्दा मूल्य अभिबृद्धि कर पाउने सरकारले पर्यटन क्षेत्रको विस्तारसँगै नेपालीहरुको रोजगारी समेत बढ्ने अवधारणा अनुरुप पर्यटन क्षेत्रको विकासतर्फ धेरै प्रयासहरु गरिरहेको छ । तर, नेपालमा आउने पर्यटकले तिर्ने रकममा नै ठगि हुँदा सरकारले उठाउनु पर्ने कर रकम भने उठाउन सकिरहेको छैन । 

सूचना प्रविधिको विकाससँगै काममा चुस्तता र पारदर्शिताको कारण नेपालीहरु पनि अनलाई पेमेन्टप्रति आकर्षित हुँदै गएका छन् । भुक्तानी प्रक्रियामा आधुनिकीकरण स्वीकार्नको लागि नेपालमा समेत पर्याप्त अनलाईन पेमेन्ट सेवा प्रदायकहरु हुँदाहुँदै अधिकांश चिनियाँ व्यवसायी र चीनसँग कारोवार गरिरहेका नेपाली व्यवसायीहरुले  वि च्याट मार्फत् सरकारलाई ठगि गरिरहेका हुन् । अहिले नेपाल र चीनियाँ केन्द्रीय बैंकबीच यस विषयमा समझदारी नभएको कारण चिनियाँ बैंकमा तिरेको भुक्तानी नेपालले दाबी गर्ने कुनै आधार नै छैन । जसले वार्षिक करोडौं रुपैयाँ राजश्व चिनियाँ ढुकुटीमा जाने देखिएको छ । 

यो पनि हेर्नुहोस् :

१. नेपालमा व्यवसाय चीनमा भुक्तानी : स्रोतको अभावले आन्तरिक राजश्व विभाग निरीह

२. वि च्याटबाट हुने हुण्डी रोक्न सरकारी सक्रियता, आईआरडी र राष्ट्र बैंकले चाल्यो कदम

. वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी 

. चिनियाँ कब्जामा ठमेल, पलपलमा रुन्छन् व्यवसायी र घरधनी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ