arrow

श्रीकृष्णले पहिलो पटक खोले मृत्यु शैयामा रहेका कर्णसँग आफ्नो मार्मिक जीवनगाथा

मन पराएकी प्रेमिकासँग विवाह गर्न मैले पो कहाँ पाए र ?

logo
महाभारत,
प्रकाशित २०७६ जेठ ८ बुधबार
karna-and-shreekrishna.jpg

काठमाडौं । महाभारतमा भगवान श्रीकृष्ण र अर्जुनको संवाद सधै चर्चा हुने गरेको छ । श्रीकृष्णले अर्जुनलाई दिएको ज्ञानको उपदेश गीतामा उल्लेख छ । तर श्रीकृष्णले सुनाएको आफ्नो जीवनगाथा कमै चर्चा हुने गरेको छ। श्रीकृष्णले आफ्नो जीवनगाथा एक मात्र पात्रलाई सुनाएका थिए ती हुन् कर्ण ।  यहाँ महाभारतका एक महत्वपूर्ण पात्र कर्णसँग जोडिएको कथा उल्लेख गरिएको छ ।

महाभारत युद्धको अन्त्यमा कर्ण मृत्युको शैय्यामा थिए। महाभारतको युद्ध सकिएपछि कर्णले श्रीकृष्णलाई सोधे, ' हे भगवान मलाई जन्मिनेबित्तिकै आमाले त्यागिदिइन् । एक अवैध बच्चा भएर जन्मिनुमा मेरो के गल्ती थियो ? द्रोणाचार्यले मलाई शिक्षा दिन अस्वीकार गरे किनकी उनी मलाई क्षेत्रीय मान्दैनथे । यसमा मेरो के गल्ती थियो ?'

कर्ण गुनासो गर्दै भन्छन्, 'परशुरामले मलाई शिक्षाको साथै श्राप पनि दिए कि आवश्यक परेको खण्डमा म आफ्नो विद्या बिर्सिन्छु भनेर । मैले चलाएको तीरको बीचमा गाई गल्तीले आयो र मर्‍यो । मलाई किन गौहत्याको पाप लाग्यो ? मलाई द्रौपदीको स्वयंवरमा पनि अपमानित गरियो । यहाँसम्मकि मेरी आमाले पनि मलाई अन्य छोराहरुको चिन्ताले मात्र छोराको रुपमा स्वीकार गरिन् । मलाई अहिलेसम्म जति मिल्यो सबै दुर्योधनको दयाले मिल्यो । अब म दुर्योधनप्रति बफादार हुनु कसरी गल्ती भयो ?'

कर्णको कुरा सुनेर मन्द मुस्कुराउँदै भगवान श्रीकृष्णले भन्नुभयो, ' दानवीर कर्ण ! मेरो जन्म जेलमा भयो । जेलमा जन्म हुनुभन्दा पहिला नै मलाई मृत्युले कुरिरहेको थियो । जन्म भएको केही समयमा नै म आमाबुबासँग छुट्टिएर बस्नु पर्‍यो । तिम्रो बालापन घोडाको दौड, रथ र शस्त्रअस्त्रबाट अघि बढेको थियो भने मेरो बालापन गाईको गोबर सोहोरेर बिताउनुपर्‍यो । राम्रोसँग हिँड्न सक्ने बेला नभईकन ममाथि ज्यान लिने उद्देश्यका साथमा आक्रमण हुन थाल्यो । त्यहाँ कुनै सेना, सुरक्षा, शिक्षा, गुरुकुल, महल केही पनि थिएन । मेरा आफ्नै मामाले मलाई सबैभन्दा ठूलो शत्रु सम्झिए ।'

भगवान श्रीकृष्ण कर्णलाई सुनाउनुहुन्छ, 'तिमी जतिबेला समाज तथा गुरुबाट प्रशंसा पाँउथ्यौ त्यतिबेला मसँग कुनै शिक्षा पनि थिएन। तिमीले आफ्नो रोजाइको विवाह गर्‍यौ तर मैले आफ्नो मनमा बसेकी प्रेमिकासँग विवाह गर्न पाइनँ । मेरो विवाह मैले जसलाई राक्षसबाट बचाएको थिएँ, ती स्त्रीहरुसँग भयो । जरासन्धनको प्रकोपबाट बच्न मैले यमुना र सुदूर प्रान्तको समुद्री किनारामा बस्नुपर्‍यो । मलाई विश्वले कायर भन्ने उपनाम दियो । यदि दुर्योधनले युद्ध जितेको भए त्यसको श्रेय तिमीले पनि पाउनेथियौ । युद्ध धर्मराजले जिते तर श्रेय अर्जुनले पाए । तर, कौरवले आफ्नो हारको दोषी मलाई ठहर गरे ।'

भगवान कृष्ण सम्झाउनुहुन्छ, 'हे कर्ण संसारमा कसैको जीवन पनि चुनौतीरहित हुँदैन । केही कमजोरी युधिष्ठिरमा थिए र केही कमी दुर्योधनमा थिए । सत्य के हो र उचित के हो भन्ने कुरा हामी आफ्नो आत्माबाट निर्धारण गर्छौं । यसले कुनै फरक पर्दैन कि हामीमाथि कति अन्याय भयो, यसले कुनै फरक पर्दैन कि हाम्रो कति अधिकार हनन भयो, यसले कुनै अर्थ राख्दैन कि हाम्रो कति अपमान भयो । वास्तविक अर्थ त केवल एउटा कुराले राख्छ कि हामीले त्यसको कसरी सामना गर्छौं भनेर ।'

त्यसैले कुनै पनि मानिसको जीवन चुनौतीरहित छैन । सबैको जीवनमा केही न केही कमजोरी अवश्य हुन्छ । हामी सत्यलाई, सतमार्गलाई लिएर अघि बढ्नुपर्नेछ । त्यहि कर्मले हाम्रो भविष्य निर्धारण गर्नेछ ।

यो पनि पढ्नुहोस ।

दानवीर कर्ण, जसले मृत्युको शैय्यामा दाँत भाचेर श्रीकृष्णलाई दिए सुन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ