arrow

चीनले भन्यो 'नेपालमा वी च्याट र अलि पेको भुक्तानी व्यवस्थित गर्न तयार छौं' 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७६ जेठ ९ बिहिबार
we_chat_ali_pay.jpg

काठमाडौं । चीनले नेपालमा वीच्याट र अलि पे मार्फत् हुने भुक्तानीलाई व्यवस्थित गर्न आफूहरु तयार रहेको बताएको छ । हाम्राकुरा डटकमले पटक पटक स्थलगत समाचार लेखेको विषयमा नेपाल राष्ट्र बैंकले वीच्याट र अलि पे मार्फत् भईरहेको भुक्तानीलाई अबैधानिक भनेपछि त्यसलाई विधिसम्मत रुपमा चलाउन र व्यवस्थित गर्न चीनले चासो देखाएको हो ।  

यो पनि पढ्नुहोस् 

१. नेपालमा व्यवसाय चीनमा भुक्तानी : स्रोतको अभावले आन्तरिक राजश्व विभाग निरीह

बिहीबार चिनियाँ दूतावासमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ वाणिज्य कन्सुलर झ्याङ फ्यानले यो भुक्तानीलाई राज्यको नियन्त्रणमा रहनेगरी व्यवस्थित गर्नको लागि चीन तयार रहेको बताए । अहिले वीच्याट र अलि पे मार्फत् भुक्तानी हुँदा चिनियाँ ग्राहकहरुलाई सहज भएको भन्दै यसलाई बन्द गराउँदा चिनियाँ पर्यटकहरु निरुत्साहित हुने तर्क पनि चीनको छ । 

यो पनि पढ्नुहोस् :

२. वि च्याटबाट हुने हुण्डी रोक्न सरकारी सक्रियता, आईआरडी र राष्ट्र बैंकले चाल्यो कदम

कार्यक्रममा उनले भने ‘नेपालमा वी च्याट र अलिपेबाट भुक्तानी अवैधानिक भन्ने विषयमा राष्ट्र बैंकले सूचना जारी गरेपछि हामीले चिनियाँ रेष्टुरेन्टहरुसँग पनि कुराकानी गरेका थियौं । उनीहरू पनि वैधानिक रुपमा यो सेवा सञ्चालन गराउन चाहन्छन् ।’ 

यो पनि हेर्नुहोस् :

. वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी 

नेपाल राष्ट्र बैंकले वी च्याट र अलि पे मार्फत् भईरहेको भुक्तानीलाई गैरकानूनी ठहर गरेसँगै सरकारलाई ठमेल, बौद्ध, धुलिखेल र पोखरा लगायत देशका विभिन्न ठाउँमा खुल्लम खुल्ला अवैधानिक भुक्तानी गर्नेलाई कारबाही गर्न बाटो खुलेको थियो। नेपाल राष्ट्र बैंकले यो सूचना जारी गर्नुपूर्व यसबारेमा अलमलमा परेको आन्तरिक राजश्व विभागलाई राष्ट्र बैंकको सोमबारको सूचनाले कारबाही अघि बढाउन बाटो खुलेको हो । 

यो पनि पढ्नुहोस् :

. चिनियाँ कब्जामा ठमेल, पलपलमा रुन्छन् व्यवसायी र घरधनी

सोमबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले जारी गरेको सूचनामा विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आबद्ध भएको जुनसुकै कोड तथा मेसिन वा अन्य पेमेन्ट सिस्टमहरु९वी च्याट, अलि पे र विदेशी मुलुकबाट जारी भएका पीओएस मेसिन तथा सिस्टम०को प्रयोग राष्ट्र बैंकको स्वीकृति प्राप्त संस्था बाहेक अन्य संस्थासँग गर्नु गैरकानूनी हुने भएकोले कसैले पनि यसको कारोबार गरेमा यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन भएको मानिने समेत उल्लेख छ । 

यो पनि हेर्नुहोस् :
हुण्डी चलाउने चिनियाँ रेष्टुरेन्टहरुलाई कारबाही गर्ने बाटो खुल्यो, हुनसक्छ ४ वर्षसम्म कैद

विभागकी कायम मुकायम कार्यकारी निर्देशक सरिता भट्टले राष्ट्र बैंकको यो सूचनासँगै वी च्याट र अलि पे मार्फत् विदेशी मुद्रा अपचलन गर्नेलाई कारबाही गर्न बाटो खुलेको जानकारी दिईन् । उनले राष्ट्र बैंकले कारबाही गर्ने अधिकार नरहेको भन्दै अब आन्तरिक राजश्व विभागले नै विदेशी विनिमय ९नियमित गर्ने० ऐन २०१९ र प्रचलित कानून बमोजिम कारबाही गर्न सकिने जानकारी दिईन् । 

सो ऐनको दफा १७ ले दण्ड सजाय सम्बन्धी व्यवस्था गरेको छ । सो दफाको कूल १२ वटा उपदफामा कारबाही सम्बन्धी व्यवस्था गरिएको छ । जस अनुसार विगोको ३ गुणासम्म जरिवाना र चार वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ