arrow

अमेठीमा पराजीत भएसँगै राहुल गान्धीले दिए काँग्रेसको अध्यक्ष पदबाट राजीनामा

logo
प्रकाशित २०७६ जेठ ९ बिहिबार
rahul_gandhi1.JPG

काठमाडौं । भारत उत्तर प्रदेशको अमेठीबाट लोकसभा चुनाव २०१९ मा पराजीत हुने निश्चित भएसँगै भारतीय काँग्रेसका भारतीय समाचार च्यानल आजतक र एवीपी न्यूजका अनुसार उनले पार्टी संरक्षक सोनिया गान्धी समक्ष बिहीबार राजीनामा पत्र बुझाएका हुन् । 

राजीनामा पत्र बुझाउनु अघि गान्धीले पत्रकार सम्मेलन गरी अमेठीमा आफूले हार ब्यहोरेको स्वीकार गरेका थिए । राहुल गान्धीको अध्‍यक्षतामा लडेको पहिलो लोकसभा चुनावमा कांग्रेसको स्थिति सुधारिनुको साँटो अध्यक्ष स्वयं नै लोकसभा चुनावमा पराजीत भएपछि उनले राजीनामा दिएको स्रोतलाई उद्दृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन्।

उत्तर प्रदेशको अमेठी र केरलाबाट चुनाव लडेका गान्धीले केरलामा चुनाव जितेका छन् भने अमेठीमा पूरा मतपरिणाम आउनु पूर्व नै स्वयं भाजपाकी नेतृ स्मृता इरानीसँग पराजीत भएको स्वीकार गरेका हुन् । अहिलेसम्म चुनाव आयोगले यसको नतिजा सार्वजनिक गरिसकेको छैन। 

राहुल गान्धीले आफ्नो हार स्‍वीकार गर्दै लोकसभा चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र स्मृतिलाई समेत जीतको बधाई दिएका छन् । गान्धी परिवारको परम्परागत सीटको रुपमा मानिने अमेठीबाट समेत हार बेहोर्नु नै उनको राजीनामाको कारण हुनसक्ने भारतीय सञ्चार माध्यमहरुले आँकलन गरेका छन् । 

राहुल गान्धीले पत्रकार सम्मेलनको क्रममा भने यसबारे केही पनि बताएका थिएनन् । उनले भने, 'मैले चुनाव अभियानमा भनेको थिएँ कि जनता मालिक हुन्। आज जनताले आफ्नो फैसला दिएकाछन् । म पीएम मोदीलाई बधाई दिन्छु । हाम्रो तर्फबाट जो उम्मेदवार बने उनीहरुलाई मत दिनेलाई पनि धन्यवाद दिन चाहन्छु । हाम्रो लडाईं विचारधाराको लडाईं हो। हामीले मान्नै पर्छ कि यो चुनावमा मोदीले जितेका छन् । अमेठीमा स्मृति ईरानीले जितेकी छिन् । म चाहन्छु प्यारले अमेठीका जनताको देखभाल गरियोस् ।'

यो पनि पढ्नुहोस् :

भारतीय प्रधानमन्त्री मोदीलाई काँग्रेस अध्यक्ष राहुल गान्धीको बधाई
घरमा सुनकै छानो हुनेले पनि जित्न सकेनन् लोकसभा चुनाव 
कम्युनिष्ट नेता कनैया कुमार ३ लाख ९४ हजार मतले पराजीत
जीतको सम्भावना बढी भएपछि मोदीको आयो ८ शब्दको नयाँ नारा
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ