भगवान श्रीकृष्णको एउटा प्रश्न, 'तिमि के हौ ?'

ब्रह्म सत्य जगत् मिथ्या

गुरुज्ञान, प्रकाशित मिति : २०७६ जेठ २० सोमबार

काठमाडौं ।  संसारलाई जब हामी भौतिक आँखाबाट अज्ञानको अध्याँरोमा हेर्छौ तब' धेरै बिषय बस्तुहरु सत्य नजर आउछन् । बिजुलीको बल्व बलिरहेको छ, पैसामा सामान खरीद गर्ने शक्ति छ, रुखहरु पातले भरिएका छन् । यहाँ सम्मकी जुन सम्बन्ध यस धर्तीमा स्थापित हुन्छ त्यो पनि हामीलाई सत्य लाग्छ । हामी सबै शक्ति यीनै चीजहरुमाथि रहेको सम्झन्छौ ।

तर जब हाम्रो हृदयमा परमात्माको ज्ञानको सूर्यको उदय हुन्छ र त्यसको प्रकाशमा जब हामी देख्न थाल्छौ तब सबै थाहा हुन्छ कि संसारका यी धेरै चीजहरु सत्य होइनन् ।  यिनिहरु चन्द्रमा जस्तै स्वत प्रज्वलित छैनन, स्रोत बिहिन छन् । यि भित्र चैतन्यको शक्ति छैन । यी त केवल एक सिसा समान हुन् ।

हामी भित्र जुन सत्य छ, जुन परमात्माको शक्ति छ, त्यसको किरण यिनिहरुमा ठोक्काएर हामी जब हेर्छौ तब हामीलाई यस्तो आभाष हुन्छ कि यो माया सत्य हो । हामीलाई संसार भित्रका क्रियाकलापहरु सत्य नै लाग्छन्। तर बास्तवमा यी सबै सत्य होइनन् । जस्तै पृथ्वीमा जब चन्द्रमा चम्किन्छ राती तब हामी चन्द्रमाबाट उज्यालो पाउछौं । हामी भन्छौ कति रमाइलो जुनेली रात छ । त्यो चन्द्रमा स्वत प्रज्वलित छैन, त्यो सूर्यबाट प्रकाश प्राप्त गरेर त्यसैलाई धर्तीमा पठाउँछ ।  एक ऐनाको माध्यमबाट सूर्यको प्रतिबिम्बलाई विभिन्न स्थानमा पठाउँदैमा ज्योतिपुञ्ज हुदैन । त्यो त केवल सूर्यको किरणलाई रिफ्लेक्ट गरिरहेको छ, प्रतिबिम्ब बनाएर फ्याकिरहेको छ ।

यसैप्रकार हामी जब रेलमा बस्छौ र कुदिरहेको रेलबाट बाहिर हेर्छौ तब रुखहरु चलिरहेको देख्छौ । आखाँले यसको प्रत्यक्ष अनुभुति गर्छौ कि रुख चलिरहेको छ । घर चलिरहेको छ र हामी एक स्थानमा स्थीर छौ ।

तर हाम्रो बुद्धि भन्छ -'अरु चलेका हैनन् त रेलमा बसेको छस् यात्रा त गरिरहेको छस् । यी रुखहरु कसरी यात्रा गर्न सक्छन् ?' जब हामी कारमा बसेर कतै जान्छौ  तब जमीन चलिरहेको देख्छौ  तर वास्तवमा जमीन चलिरहेको छैन। हामी चलिरहेका छौ ।

यसै प्रकार  सापेक्षताको सिद्धान्त (Theory of relativity) को अध्ययनमा मानवले देख्ने धेरै वस्तुहरु मायावी छन् भन्ने कुराहरु थाहा पाउन सकिन्छ । अर्थात जे हामी आखाँबाट अनुभव गर्छौ त्यो पनि सबै सत्य छैनन् ।

हामी मान्छौ कि पानी र हावा बिना मानव बाच्न सक्दैन यसकारण सोच्छौ कि यो सत्य हो । तर यो पनि त्यो ब्रह्मबाट नै शक्ति लिएर त्यस शक्तिलाई हामी सामु फ्याक्छ, हामीलाई दिन्छ । यदि त्यो शक्ति नरहे जल पनि मिथ्या हुनेछ, वायु पनि मिथ्या हुनेछ, संसारका सारा चिज, संसारका सबै नाता सम्बन्ध हाम्रो लागि असत्य बन्नेछन् । यी सबै सत्य मिथ्या बन्नेछन् । मानिसको मृत्यु भएपछि उसमाथि जती गाग्री पानी हाले, अक्सिजनको ट्यांकी ल्याएर हावा दिएपनि केहि हुनेवाला छैन किनकि उभित्र जुन शक्ति थियो त्यो निस्किएर गइसकेको हुनेछ ।

एक कुकुरले पानीमा हेर्यो भने आफ्नो प्रतिबिम्ब देखेर भुक्न थाल्छ । उसले अर्को कुकुरलाई  सत्य मानेर भुकेको हो । हामी ऐनामा आफ्नो अनुहार हेर्छौ र ऐनामा भएको अनुहार आफ्नो मान्छौ। यदी सिसामा केहि छ भने त्यसलाई जसले हेरिरहेको छ के त्यसको अस्तित्व छैन ? यदि यो संसारलाई जसले देख्छ- रातोलाई रातो र हरीयोलाई हरीयो, संसारको वायु र ऋतुहरुलाई, संसारका विभिन्न चिजहरुको अनुभव गर्छौ , तब हामी के अनुभव गर्ने सत्य होइनौ ? यदि हामी अनुभव गर्ने सत्य हौ भने हामी भित्र अनुभव गराउने कुन ब्रह्मको शक्ति छ जुन कारण हामी सत्य हौ । त्यस शक्तिलाई हामीले बुझ्न र खोज्न आवश्यक छ ।

त्यस बारेमा वेदान्त भन्छ -" ब्रह्म सत्य जगत् मिथ्या " कि केवल ब्रह्म नै सत्य हो, त्यो शक्ति नै सत्य हो र बाँकी सारा संसार मिथ्या हो । किनभने यसमा परिवर्तन भइरहन्छ त्यसको रुप बददिरहन्छ ।  

यसैकारण जो ज्ञानी भए उनिहरुले ब्रह्मको त्यो परमपिता परमात्माको अनुभव  गरेर मानिसहरुलाई अनुभव गराए । जब मानिसलाई ज्ञान प्राप्ति हुन्छ तब उसले माया भित्र चैतन्यता छैन भन्ने बुझ्छ। उसलाई यो शक्ति ब्रह्मबाट प्राप्त भएको हो, यसको पछि ब्रह्मको शक्तिले काम गरिरहेको छ, त्यहि सबैको मूल हो भन्ने जान्दछ ।

यस कुरालाई स्पष्ट गर्दै भगवान श्रीकृष्ण भन्नुहुन्छ, 'सबै नदिहरु मध्ये म गंगा हुँ, सारा वेदमा म ऋग्वेद हुँ, सारा पर्वतहरुमा म हिमालय हुँ र सबै वृक्षमा कल्पवृक्ष हुँ ।'  श्रीकृष्ण यो उदाहरण दिएर बुझाउनुहुन्छ कि म नै सबैको मूल हुँ । सबैको स्रोत हुँ अर्थात बीजरुप मै हूँ, मबाट संसारका सबै शाखा निस्किएका छन् । यस सबै संसारको बिस्तार मबाटै भएको छ र म नै सर्वश्रेष्ठ हुँ । जुन सर्वोपरी चीज संसारमा बनेको छ त्यसको पछि मेरो नै सत्ताले काम गरिरहेको छ । बिना मेरो सत्ता मायाका चीजहरु क्रियाशिल छैनन् । म नै एकमात्र सत्य हुँ ।      

श्रीकृष्ण भन्नुहुन्छ, 'त्यो म हूँ, जुन सबै प्राणीहरुको मन-ह्रदयमा उनिहरुको नियन्त्रणको रूपमा बसेको छु र त्यो म नै हूँ, स्मृतिको स्रोत, ज्ञान र युक्तिबाद, म नै एक्लो वेदहरुलाई जान्ने बाटो हुँ, म नै वेदहरुको मूल रूप हुँ र वेदको ज्ञाता हुँ।'

'म सबै प्राणीहरुको हृदयमा विद्यमान छु । म उष्ण दिन्छु; म वर्षा गर्छु; म नै वर्षा रोक्छु; अमृत पनि म नै हुँ र मृत्यु पनि मै हुँ।' श्रीकृष्ण अर्जुनलाई सम्झाउनुहुन्छ,' 'आत्माको न कहिले जन्म हुन्छ र कहिले मृत्यु । शरीर नाश भए पनि आत्मा नष्ट हुँदैन। आत्मा अमर छ । जो मानिस यस आत्मालाई मार्न र मार्ने मान्छन्, ती दुवै अबुझ हुन् आत्मा न कसैलाई मार्छ र न कसैद्वारा मार्न सक्छ। न यो शरीर तिम्रो हो, न तिमी शरीरको। यो अग्नि, जल, वायु, पृथ्वी, आकाशबाट मिलेर बनेको छ र त्यसैसँग मिल्नेछ। परन्तु आत्मा स्थिर छ - अब सोच तिमी के हौ ?'

नयाँ