- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एक गुरु महाराज थिए जनार्दन स्वामी जसको शिष्यत्व ग्रहण गर्नको लागि सन्त एकनाथ निस्कन्छन् । एकनाथ पनि मायाको संसारमा जोडिएका थिए । उनि माथि पनि मायाको उत्तरदायित्व थियो तर उनले सबैलाई तोडेर समयको सदगुरु श्री जनार्दन स्वामीलाई भेटन निस्किए ।
बाटोमा जादै गर्दा थकाइ लागेर आराम गरिरहेका बेला उनलाई एउटा दुविधा भने थियो। उनलाई लागेको थियो कि गुरु महाराजसँग कसरी के भनेर भेटु । बाटोमा निकै कठिनाइ थियो । यसैबिच एक घोडासवारसँग उनको परिचय भयो ।
घोडसवारले सोधे,'भाइ तिमि कहाँ जादै छौ ? '
उनले भने,'म जनार्दन स्वामीको दर्शन गर्दन जादैछु ।'
घोडसवारले भने,'मैले पनि जनार्दन स्वामीको नाम सुनेको छुँ । तर तिमि उनको दर्शन गर्न किन जादैछौ ?'
एकनाथले भने,'उहाँ मेरो गुरु महाराज हो ।'
घोडसवारले भने,'भाइ मैले सुनेको छु कि उहाँले त कसैलाई पनि आफ्नो शिष्य बनाउनु हुदैन । फेरी कसरी तिमि उनको शिष्य बन्यौ ?'
एकनाथले भने,'उहाँले मलाई कहिल्यै आफ्नो शिष्य बनाउनु भएन तर मैले उहाँलाई आफ्नो गुरु स्वीकार गरे र मेरो यस्तो भावना छ कि म दीन हीनलाई देखेर उहाँको हृदय द्रवित हुनेछ र गुरुमहाराज ममाथि कृपा गरेर मलाई अवश्य अपनाउनुहुनेछ ।'
घोडसवारले भने भाइ तिम्रो यात्रा मंगलमय होस मलाई त फुर्सद छैन म त कुनै आवश्यक कामको लागि जादै छु तर मलाई आश छ कि सायद उहाँले तिमिलाई अपनाउनुहुनेछ ।
घोडसवार हिडे । धेरै दिनपछि यात्रा गरेर एकनाथ जनार्दन स्वामीको गुरुदरबारमा पुगे। एकनाथले जब जनार्दन स्वामीलाई देख्छन् तब रुन थाल्छन् । उनको आखाँबाट अविरल आशुका धारा बग्छन् र उनि भन्छन्,' हे ! नाथ तपाई नै त त्यो घोडसवार हुनुहुन्थ्यो, जो मलाई बाटोमा मिल्नु भएको थियो । त्यस समय तपाईले आफ्नो परिचय दिनुभएको भए मलाई त्यहि तपाईको बोध हुन्थ्यो तर फेरी पनि मेरो सौभाग्य रह्यो कि तपाईले त्यहाँ पनि मेरो रक्षा गर्नुभयो । मलाई उत्साह र बल दिनुभयो आज म तपाई सामु आएर समर्पित हुन सके ।'
जनार्दन स्वामीले भने,'भाइ हामी त संन्यासी पनि होइनौ परमहंस पनि होइनौ र हामी कसैलाई पनि शिष्य बनाउदैनौ । जाउ कुनै साधु संन्यासी भएको ठाँउमा जो कुनै गुफामा तपस्या गरिरहेको छ ।'
एकनाथले भन्न थाले,'महाराज तपाई मलाई कहाँ पठाउन चाहनुहुन्छ तपाई त मेरो लागि सूर्य समान हुनुहुन्छ र जब सूर्य उदय हुन्छ बाँकी जती चन्द्रमा ताराहरु छन् ती सबै छोपिन्छन् । मलाई त केवलमात्र तपाईको चरणमा प्रेम छ चाहे तपाई राख्नुस या नराख्नुस मलाई त यी चरणलाई छोडेर अन्य कतै जानु छैन ।'
एकनाथको निश्चयात्मक भावना देखेर जनार्दन स्वामीको हृदय द्रवित भयो । भन्न थाले,'ठिक छ म तिमिलाई आफ्नो शिष्य त बनाउनेछु तर पहिले म तिम्रो परिक्षा लिनेछु । यदि तिमि परीक्षामा उत्तिर्ण भयौ भने म तिमिलाई स्वीकार गर्नेछु । नत्र मसँग सम्बन्धविच्छेद गर्नुपर्नेछ ।' एकनाथले भने तपाईको जो आज्ञा ।
एकनाथ दिन रात आफ्नो गुरु महाराजको सेवा गर्न थाले । यति समर्पित भावले सेवा गर्न थाले कि जसको कुनै सीमा रहेन । सेवा गर्दै गर्दा एक दिन जनार्दन स्वामीले भने,'एकनाथ राजाले हामीसँग हिसाब किताब माग्नुभएको छ । अत: तिमि राति बसेर सबै हिसाव तयार गर्नु । बिहान सबेरै यो हिसाब राजा सामु पेश गर्नुछ तिमि हिसाब किताबमा निकै चतुर छौ । चाडै यसलाई तयार गर्नु ।'
आज्ञा पाएर एकनाथ हिसाब गर्न बसे। निकै चाडो उनले हिसाब तयार गरे जब उनले जोडे तब एक पैसाको फरक निस्कियो । सोच्न थाले कि गुरु महाराजको काम हो यदि एक पैसा फरक परे मैले पुन हिसाब गर्नुपर्छ । गुरु महाराजको काम सहि ढंगले गर्नुपर्छ ।
त्यस एक पैसाको फरकलाई मिलाउन एकनाथ रातभर बसे। बिहान हुन थाल्यो विस्तारै प्रकाश आउन थाल्यो । जनार्दन स्वामी उठेर एकनाथको कोठामा गए तब देखे कि एकनाथ रातभरदेखि हिसाबमा लागिरहेका छन् । केहि समय पछि एकनाथको मुखबाट अचानक मिल्यो मिल्यो भन्ने शब्द निस्कियो ।
जनार्दन स्वामीले भन्न थाले,'एकनाथ के मिल्यो ?' एकनाथ अघि हेर्छन् त गुरु महाराज अघि उभिएका छन् । उठेर प्रणाम गरेर प्रार्थना गर्न थाले,' हे भगवान आजको दिन मेरो लागि कति सौभाग्यशाली छ जुन बिहान बिहानै तपाईको दर्शन भैरहेको छ । साचै म कती भाग्यमानी छु ।'
जनार्दन स्वामीले भने,'तिमिलाई के मिल्यो। तिमि के मिल्यो भनिरहेका थियौ ?
एकनाथले भने महाराज एक पैसाको फरक मिल्यो ।'
जनार्दन स्वामी भन्न थाले,' म निकै समयदेखि तिम्रो सामु उभिएको थिए मेरो छाया कागजमा परेको थियो मैले तिमिलाई कैयौं पटक बोलाए के तिमिले मेरो आवाज सुनेनौ ?'
एकनाथले भने,'महाराज चाहे तपाईको छाया को अध्यारो परेको होस चाहे तपाईले आवाज दिनुभएको होस मलाई केहि पनि थाहा भएन । मेरो मन त हिसाबमा एकाग्र थियो मेरो ध्यान त्यसैमा केन्द्रित थियो ।'
यो सुनेर जनार्दन स्वामी प्रसन्न हुनुभयो र एकनाथलाई आफ्नो शिष्य स्विकार गर्नुभयो । ज्ञान दिएको चाहि अर्को लेखमा ।