arrow

सांसद बने सनी देवल, आमा छोराले लिए शपथ

logo
प्रकाशित २०७६ असार ४ बुधबार
sunny-hema1.jpg

काठमाडौं । भारतीय अभिनेता सनी देवलले भारतको तल्लो सदन लोकसभाको सांसद पदको शपथ लिएका छन् । उनले पञ्जावको गुरदासपुरबाट सांसद पदको शपथ लिएका हुन् । सोमवार देवल सेतो सर्ट र कोटमा देखिएका थिए ।

 सोमवार नै उनकी आमा हेमा मालिनीले पनि सांसद पदको शपथ लिएकी छिन् । उनी दोस्रोपटक सांसद बनेकी हुन् । सनी देवल भने पहिलोपटक लोकसभा सांसद बनेका हुन् ।

भारतमा भएको लोकसभा निर्वाचन २०१९ मा सनी देवलले भारतीय जनता पार्टीको तर्फबाट जित हासिल गरेका थिए । अभिनेता देवल पहिलो पटक संसद बनेका छन् । उनी भारतीय जनता पार्टीमा केही महिना अघि प्रवेश गरेर सोही पार्टीबाट पञ्जावको गुरदासपुर क्षेत्रका उम्मेदवारी दिएका थिए  । सनी देवलले पञ्जावको गुरदासपुरबाट निर्वाचनमा जित हासिल गरेका हुन् । सनी देवलले कांग्रेसका सुनील जाखडसँग प्रतिस्पर्धा गरेका थिए । यो सिट भाजपाको पारम्परिक सिट मानिन्छ । यसअघि यो सिटमा दिवंगत अभिनेता विनोद खन्ना चुनाव लड्ने गर्थे ।

सनीले कांग्रेसका सुनीलकुमार जाखडलाई ७७ हजार १०७ मतले पराजित गर्दै विजय भएका थिए ।  विपक्षी दल कांग्रेसले राम्रो नतिजा ल्याएको सो प्रदेशमा सनी भने भाजपाको तर्फबाट विजयी भएका हुन् ।

उनकी आमा हेमा मालिनीले पनि भाजपाको तर्फबाट जित हासिल गरेकी थिइन् । कुनै समय ‘ड्रिम गर्ल’ उपनाम पाएकी नायिका हेमा मालिनी पनि भारतीय जनता पार्टीबाटै निर्वाचित भइन् । यूपीकी मथुराको सिटबाट हेमा मालिनीले जित हासिल गरेकी हुन् ।उनले राष्ट्रिय लोकदल तथा गठबन्धन उम्मेदवार नरेन्द्र सिंहलाई २ लाख ९३ हजार ४७१ मतले पराजित गरिन् ।

दुवैले जीत हासिल गरे पनि संसद्मा उनीहरु एकैसाथ बस्न भने पाउने छैनन् । संसद्मा एकैसाथ बस्न नपाउनुमा उनीहरुको सम्बन्ध भने कारण होइन । हेमा मलिनी सनी देवलभन्दा सिनियर सांसद् हुन् । सनी देवल पहिलोपटक भारतको संसदका लागि निर्वाचित भएका हुन् । यस्तोमाहेमा मालिनी संसद्को अगाडिको सिटमा बस्नेछिन् । नवनिर्वाचित सांसद् सनी देवल भने पछाडिको सिटमा बस्नेछन् ।

समाचारमा बताइएअनुसार सनी देवलले गुरदासपुरका मानिससँग तथा आफ्नो राजनीतिक दलसँगको छलफलपछि समस्याको सूची तयार पारेर काम सुरु गरेका छन् ।

यो पनि पढ्नुहोस्

हेमा मालिनी र सनी देवलले चुनाव जितेपछि नाचे धर्मेन्द

सनी देवलसँग ५० करोडभन्दा बढीको ऋण

सनी देवललाई मनाउन पुगे भाजपा अध्यक्ष अमित शाह

सनी देवलले माने अध्यक्ष अमित शाहको प्रस्ताव, भाजपा प्रवेश

सनी देवलको चुनावी प्रचारमा हेमा मालिनी नदेखिने, रिसोर्टमा गर्दैछिन् आराम

कस्तो छ सनी र आमा हेमाबिचको सम्बन्ध

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ