- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संगीतकार काली प्रसाद बास्कोटाको भर्खरै सार्वजनिक भएको गीत ‘समाचार्’मा आफुले १० महिना अघी रेकर्ड गरेर फेसबूकमार्फत सार्वजनिक गरेको गीत ‘बुझाई देउन’ को संगीत संयोजन मेल खान गएको भन्दै टेकु प्रहरी परिषद्मा उजुरी दिएका गायक विक्की महत र संगीतकार काली प्रसाद बास्कोटाबीच आज टेकु प्रहरी परिषद्मा भेटवार्ता भएको छ ।
संगीतकार काली प्रसाद बास्कोटाले विक्किको गीत ‘बुझाई देउन’ आफुले कहिल्यै नसुनेको बताए भने विक्किले दुबै गीत बजाएर बास्कोटालाई तुलना गर्न लगाए ।
केहिबेरको वार्तालाप विना निष्कर्श टुङ्गिने भएपछी टेकु परिषद्का प्रहरी नायब उपरिक्षकले गायक महतलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा सोही विषयमा उजुरी दिन सल्लाह दिएका छन् ।
गायक महतले आफु २-३ पटक कम्पनी रजिष्ट्रारको कार्यालय धाएको तर सम्बन्धित कर्मचारी नभेटिएको बताए।