arrow

नाममै छ शिवशक्तिको ज्ञान

logo
ज्ञान,
प्रकाशित २०७६ भदौ २३ सोमबार
shiva-shakti11.jpg

काठमाडौं। जब गर्मी बढेर गरम हावा माथि उडेर जान्छ, तब चारैतिरबाट चिसो हावा आउँछ अनि पानी पर्न थाल्छ। उस्तै प्रकार जब धर्म लोप हुन्छ, तब महापुरुष बादल बनेर बर्सन आउँदछन् । भनेको पनि छ-

आग लगी आकाश में झड़-झड़ पड़े अंगार।
सन्त न होते जगत में तो जल मरता संसार।।

यो कुरा आज विज्ञानको कसौटीमा पनि सही ठहर्छ, जस्तो कि कबीरदासजीले सरल शब्दमा सम्झाएर भनेका छन्-

चलती चाकी देख कर दिया कबीरा रोय।
दो पाटन के बीच में साबुत बचा न कोय।।

जसरी जाँतोको दुई पाटोको बीच परेर कुनै दाना पनि सग्लो रहदैन, उस्तैप्रकार संसार रूपी जाँतोमा मनुष्य पिसिएको देखेर कबीरदासले दुखी भएर भन्छन्, जाँतोमा पसेपछि कोहि सग्लो हुँदैन, सबै पिसिएरै मात्र निस्कन्छ । तब उनका पुत्र कमालले भन्छन्-

चलती चाकी देखकर दिया कमाल हँसाय।
जो कीली से लगा रहे ताको काल न खाय।

जो प्रभको नामरूपी मानेसंग सटेर बस्छ (नाम सुमिरण गररहन्छ), त्यो संसाररूपी मायाको जाँतोमा पिसिन अनि आवागमनको चक्रबाट बाँच्छ।

सौर्य प्रणालीमा सारा ग्रहहरू घुमिरहेका छन् अनि ती सबैको बीचमा सूर्य केन्द्र छ। सूर्य सौर्य प्रणालीको केन्द्र हो। जसरी घोडा-गाडीको चक्का जुन धुरामा धूम्छ, त्यो धुरा (Excel) स्थिर रहन्छ । संसारमा जति पनि क्रियाकलापहरू भइरहेका छन्, एक केन्द्रको चारैतिर भइरहेका छन्, जुन केन्द्र, जुन बिन्दु आफैमा स्थिर छ। उस्तै गरी ग्रहहरू सूर्यको चारैतिर परिक्रमा गरिरहेका छन् अनि सूर्य आफैंमा स्थिर छ । जब पृथ्वी घूमेर सूर्यको पछाडितिर जान्छ, तब संसारमा अँध्यारो हुन्छ, रात पर्छ अनि जब सूर्यको अगाडि आउँछ, तब उज्यालो अर्थात् दिन हुन्छ । उस्तैप्रकार भगवानको सामु आउँदा, साक्षात्कार गर्दा हाम्रो जीवन प्रकाशित हुन्छ अनि प्रभुदेखि, गुरु महाराजदेखि टाढा जाँदा जीवनमा अन्धकारै अन्धकार छाउँछ । यसैकारण वेदहरूमा हाम्रा ऋषिहरूले विश्वात्मा प्रभुलाई प्रार्थना गर्दै भनेका छन्-

असतोमा सत गमय।
तमसोमा ज्योतिर्गमय।
मृत्योर्मा अमृतं गमय।।

हे प्रभु! हामीलाई असत्यदेखि सत्यतिर लैजानुहोस्,  अन्धकारदेखि प्रकाशतिर लैजानुहोस् अनि मृत्युदेखि अमरत्वतिर  लैजानुहोस् । हाम्रा सन्तहरूले एउटा यस्तो लोकको कुरा गरेका  छन्, जहाँ पुगेपछि जीव संसार-चक्रमा फर्केर आउँदैन । मन प्रभुको नाममा एकाग्र भयो भने मनुष्य यो भवसागरमा डुब्न सक्दैन । हाम्रा सन्तहरू भन्छन् कि यदि प्रभुसंग मिल्यौ भने तिम्रो उद्धार हुनेछ । मनको त्यहि एकाग्रताको बारेमा भनेको छ-'नाम जपु नाम जपु, कलु आयो, कलु आयो'। कलिकाल आइरहेको छ, प्रभुको सच्चा नामको  सुमिरण गर, गुरु नानकदेवले यो भनेका छन् । यहि कुराको प्रतिपादन गर्दै तुलसीदासजीले रामचरित्रमानस भनेका छन्-

कलयुग केवल हरि गुन गाहा।।
गावत नर पावहिं भव थाहा।।

कबीरदासले भगवानको नाम सुमिरणको, जनमानसको साँचो भलाईको कुरा भनेका छन् । उनले विद्वानहरूलाई शब्दहरूले सीधा प्रहार गरेका छन । सीधा शब्दहरूमा उनले मर्मको कुरा यसरी बताएका छन्-

 हिन्दू कहे मोहे राम पियारा, मुस्लिम कहे रहमाना।।
 आपस में दोऊ लड मरे, मर्म न काह जाना।।

तर मानिसहरूले उनको कुराको रहस्यलाई सम्झन सकेनन्, वास्तवमा सत्य के हो।  यो भारतबर्षमा कति पर्वहरु सूर्यदेवलाई हेरेर मनाइन्छन् । कति मानिसहरू चन्द्रमालाई हेरेर पर्व मनाउँदछन् । भगवान शिव जसले चन्द्रमालाई धारण गर्नुभएको छ, यहि कारण तपाई काबामा जानुभयो भने त्यहाँ कुनै मूर्ति मिल्दैन, चन्द्रमालाई हेरेर रोजा (व्रत) खोल्छन् ।  पूजा-आराधनामा परमपिता परमात्माको ध्यान गर्नु भनेको छ। भनेको पनि छ-

कुदरती मस्जिद की मेहराब में सुन गौर से।
आ रही धुर से सदा तेरे बुलाने के लिए।

हाम्रो यो शिर कुदरतको (भगवानको) मस्जिद हो, जहाँ गैबी आवाज (अनहद नाद), अदभुत धुन आफै आइरहेको छ। त्यसलाई अनहद भनेको छ, जहाँ आफैं-आफ आवाज हुन्छ, ब्रह्मनाद हुन्छ । त्यो नाद सर्वत्र व्यापक छ।

तपाईंहरूले भाईब्रेशन याद गर्नुभएको होला। बोल्दा वोकल कर्डस् (बोल्ने ग्रन्थी) भाइब्रेट अर्थात कम्पन गरिरहेको छ, त्यसले माईकद्वारा गएर ध्वनीवर्द्धक यन्त्रलाई (स्पीकर) वाईब्रेट गरिरहेको छ, फेरि त्यो कम्पन हावामा फैलिएर हावाका कणहरूलाई भाइब्रेट गरिरहेको छ अनि फेरि त्यो हावाले तपाईहरुको कानमा पसेर कानको जालीलाई भाईब्रेट गराईरहेको छ, तब माइकबाट बोलेको सुनिन्छ। यसप्रकार यो सारा संसार भाइब्रेशन (कम्पन, स्पन्दन) हो । विज्ञानले भन्छन् एटमभित्र(अणुभित्र) पनि न्यूक्लियस केन्द्र छ अनि त्यसको चारैतिर इलेक्ट्रोन्स परिक्रमा गरिरहेका छन्, त्यहाँ पनि स्पन्दन छ, भाईब्रेशन छ। त्यहि स्पन्दनलाई सन्त-महापुरुषहरूले नाम भने।

तपाईंहरू दाल-सब्जीमा नुन हाल्नु हुन्छ, त्यसलाई कसैले लवण भन्छन्, कसैले टेबल सल्ट भन्छन्, कसैले नमक भन्छन् । त्यस नामहरूबाट त्यसको वास्तविकताको ज्ञान हुँदैन कि त्यसमा कुन तत्त्व विद्यमान छ। वैज्ञानिक रसायन शास्त्रीले त्यो नुनलाई प्रयोगशालामा लगेर जाँच गर्छ र भन्छन्, यो सोडियम-क्लोराइड हो । सोडियम क्लोराइड भन्ना साथै विज्ञानको विद्यार्थीले नुनमा सोडियम र क्लोराइड दुई तत्त्व विद्यमान छ भनेर जान्दछ । उस्तै प्रभुको व्यापक नाम छ जुन जीवनको आधार हो, जसको बारेमा महात्मा कबीरदासले भनेका छन्-

कोटि नाम संसार में ताते मुक्ति ना होय।
आदि नाम जो गुप्त जप बुझे बिरला कोय।।

प्रभुको त्यो आदि नाम सर्व-व्यापक छ, त्यसबाट शिव- शक्तिको ज्ञान हुन्छ, त्यो तत्त्वको ज्ञान हुन्छ जुन हाम्रो स्वाँसमा रमिरहेको छ । कबीरदासजीले पनि यहि सम्झाउने प्रयास गरे कि त्यो ज्ञानलाई जान। त्यो ज्ञानलाई, प्रभुको त्यो नामलाई खोज। कहिं मिलेन भने मेरोमा आऊ, म त्यसको क्रियात्मक ज्ञान गराउने छु। सद्गुरु महाराजले कृपा गरेर जिज्ञासुलाई त्यसको बोध गराउँदछन् । यसकारण यो सुनौलो अवसर हामीलाई मिलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ