श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ?

बिधि, प्रकाशित मिति : २०७६ भदौ २६ बिहिबार

काठमाडौं । शनिवारबाट सोह्रश्राद्ध सुरु हुदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।  यहाँ हामीले श्राद्ध तिथिनुसार किन र कहिले गर्ने यस बिषयमा  उल्लेख गरेका छौं ।

. पितृपक्षमा श्राद्ध किन गर्नुपर्छ ?

पितृपक्षमा वातावरणमा तिर्यक तरङ्गको (रजतमात्मक तरङ्गको) तथा यमतरङ्गको अधिकता हुन्छ। त्यसैले पितृपक्षमा श्राद्ध गर्नाले रजतमात्मक कोषसॅंग सम्बन्धित पूर्खाको लागि पृथ्वीको वातावरण कक्षमा आउन सरल हुन्छ । त्यसैले हिन्दू धर्ममा बताएको विधिकर्म त्यस विशिष्ट कालमा गर्न अधिक श्रेयस्कर छ ।’

. श्राद्ध तिथिनुसार किन गर्ने ?

‘प्रत्येक कृत्य आफ्नो कार्यकारणभावको साथ जन्म लिन्छ। प्रत्येक कृत्यको प्रभावकारिता, त्यसको कार्यमान कर्ता, कार्य गर्ने उचित घटिका (समय) एवं कार्यस्थल आदिमा निर्भर गर्दछ । यी सबैको पूरकतामा कार्यको फलनिष्पत्ति अर्थात परिपूर्णता निश्चित हुन्छ तथा कर्तालाई विशिष्ट फल प्राप्त हुन्छ । यो कृत्य जब ईश्वरीय नियोजनको अर्थात प्रवृत्ति एवं प्रकृतिको संगमबाट घटित हुन्छ, तब त्यो प्रत्यक्ष इच्छा, क्रिया एवं ज्ञान, यी तीन स्तरको शक्तिहरुको सहायताले सगुण रूप धारण गरि साकार हुन्छ । विशिष्ट तिथि प्रकृतिको लागि आवश्यक अर्थात बल प्रदान गर्ने अर्थात मूल ऊर्जास्वरूप हुन्छ । अतः विशिष्ट तिथिमा विशिष्ट जीवको लागि (को नामबाट) गरिने कर्म,  त्यस कर्मबाट उत्पन्न प्रवृत्ति अर्थात फलनिष्पत्तिको लागि पोषक हुन्छ । प्रत्येक कृत्यलाई त्यस विशिष्ट तिथि अथवा विशिष्ट मुहूर्तमा गर्न महत्त्वपूर्ण हुन्छ; किनकि त्यस दिन ती घटनात्मक कर्मको कालचक्र एवं त्यसको प्रत्यक्ष घटनाक्रम, तथा त्यसबाट उत्पन्न परिणाम यी सबैको स्पन्दन एक समान अर्थात एक-अर्काको लागि पूरक हुन्छ । ‘तिथि’ त्यस विशिष्ट घटनाक्रमलाई पूर्णत्व प्रदान गर्नको लागि आवश्यक तरङ्गलाई कार्यरत गर्दछ ।’

. श्राद्ध कहिले गर्ने ?

. सर्वसामान्यतः उचित तिथि

सर्वसामान्यतः अमावस्या, वर्षको बाह्र संक्रांति, चन्द्र-सूर्य ग्रहण, युगादि एवं मन्वादि तिथि, अर्धोदयादि पर्व, मृत्युदिन, श्रोत्रिय ब्राह्मणको आगमन इत्यादि तिथि श्राद्धको लागि उपयुक्त हुन्छ ।

. हिन्दू धर्म कसैलई पनि यो भन्ने अवसर दिदैन, ‘अमुक कालमा श्राद्धविधि निषिद्ध , त्यसैले गर्न पाएन’ !

१. ‘सामान्यतः प्रतिवर्ष जुन तिथिमा मनुष्यको मृत्यु भएको छ त्यहि तिथिमा (अंग्रेजी दिनांकानुसार होइन; अपितु हिन्दू पञ्चांगानुसार तिथिमा) श्राद्ध गर्नुहोस् । मृत्युतिथि ज्ञात छैन भने, केवल महिना ज्ञात छ भने त्यो महीनाको अमावस्यामा श्राद्ध गर्नुहोस् ।

२. मृत्युतिथि एवं महिना दुबै नै ज्ञात छैन भने फाल्गुन अथवा पौष अमावस्यामा श्राद्ध गर्नुहोस् ।

३. निश्चित मृत्युतिथि ज्ञात छैन भने जुन दिन मृत्युको विषयमा पता चल्यो त्यहि दिन श्राद्ध गर्नुहोस् ।

४. पूर्खालाई दैनिकश्राद्ध उदकद्वारा अर्थात् पूर्खालाई तर्पण दिएर पनि गर्न सकिन्छ ।

५. पूर्खालाई दैनिक श्राद्ध सम्भव छैन भने दर्शश्राद्ध गर्नुहोस् । दर्शश्राद्धले नित्य श्राद्धको सिद्धि हुन्छ । दर्श अर्थात् अमावस्या। दर्शश्राद्ध अर्थात् प्रत्येक महीनाको अमावस्यामा गरिने श्राद्ध ।

६. प्रत्येक महीना दर्शश्राद्ध गर्न सम्भव छैन भने न्यूनतम वैशाख, आश्विन एवं कार्तिक महीनाको अमावस्यामा गर्नुहोस् ।

७. वैशाख, आश्विन एवं कार्तिक महिनाको अमावस्यामा दर्शश्राद्ध गर्न पनि सम्भव छैन भने आश्विन महिनाको पितृपक्षमा महालय श्राद्ध अवश्य गर्नुहोस् । यो पनि सम्भव छैन भने आश्विन अमावस्यामा (सर्वपित्री अमावस्यामा) श्राद्ध गर्नुहोस् ।’

. दिनमा उचित काल

दिनलाई पाँच भाग गरेपछि त्यसको चौथो भागलाई ‘अपराह्न’ भनिन्छ । यो काललाई श्राद्धको लागि उचित बुझ्नुहोस् । अपराह्न एवं अमावस्याको काल श्राद्धको लागि अधिक उचित हुन्छ ।

 ई. श्राद्धको विशेष तिथिहरु एवं यी तिथिहरुमा पितृश्राद्धसँग सम्भावित लाभ

. कल्पादि तिथि : ब्रह्मदेवको दिनको इत्यादि तिथिलाई कल्पादि तिथि भनिन्छ । चैत्र शुक्ल प्रतिपदा एवं पञ्चमी, वैशाख शुक्ल तृतीया, कार्तिक शुक्ल सप्तमी, मार्गशीर्ष शुक्ल नवमी, माघ शुक्ल त्रयोदशी, चैत्र कृष्ण तृतीया, यी कल्पारंभको तिथि मानिएको छ । शास्त्रमा भनिएको छ कि, यी तिथिहरुमा श्राद्ध गर्नाले पूर्खालाई तृप्ति हुन्छ ।

. अक्षय तृतीया (वैशाख शुक्ल तृतीया) : अक्षय तृतीया अर्थात् कृतयुगको प्रारम्भ दिन । यस दिन गरिने पितृश्राद्ध, पितृतर्पण, दान इत्यादि सबै अक्षय हुन्छ । त्यसैले यो दिन पूर्खाको लागि अपिण्ड श्राद्ध अथवा तर्पण अवश्य गर्नुहोस् ।

पुराणमा भनिएको छ कि, अक्षय तृतीयमा पूर्खालाई उद्देशित गरि कच्चचा सामग्री, उदककुंभ, खसको पंखा, छाता, चप्पल, यी वस्तुहरु दान दिनुहोस्। गरुडपुराणमा भनिएको छ कि, यस दिन लिंगदेहलाई उद्देशित गरि दान गर्नाले मृत जीवलाई यमदूत पीडा दिदैन ।

. पितृपक्ष (महालयपक्ष) : आश्विनको कृष्णपक्षको ‘पितृपक्ष’ भनिन्छ । यो पक्ष पूर्खाहरुको लागि प्रिय छ । यो पक्षमा पूर्खाको महालय श्राद्ध गर्नाले उनी वर्षभरि तृप्त रहन्छ ।

. वर्षश्राद्ध गरेपछि पितृपक्षमा पनि श्राद्ध किन गर्ने ?

‘वर्षश्राद्ध गर्नाले त्यो विशिष्ट लिंगदेहलाई गति मिल्दछ, जसले उसको प्रत्यक्ष व्यष्टि स्तरको ऋण चुकाउनमा सहायता मिल्दछ । यो हिन्दू धर्मद्वारा व्यक्तिगत स्तरमा निर्धारित, ऋणमुक्तिको एक व्यष्टि उपासना नै हो, जबकि पितृपक्षमा श्राद्ध गरि पूर्खाको समष्टि स्तरमा ऋण चुकाउन, समष्टि उपासनाको भाग हो । व्यष्टि ऋण चुकाउन त्यो लिंगदेह प्रति प्रत्यक्ष कर्तव्यपालनको सीक दिन्छ, तथा समष्टि ऋण एक साथ व्यापक स्तरमा लेनदेन पूरा गर्दछ ।

जोसँग हाम्रो घनिष्ठ सम्बन्ध हुन्छ, यस्तो एक-दुई पीढी पहिलाको पूर्खाहरुका हामी श्राद्ध गर्दछौं; किनकि ति पीढिहरुको साथ हाम्रो प्रत्यक्ष कर्तव्यस्वरूप सम्बन्ध रहन्छन् । अन्य पीढिहरुको अपेक्षा यी पूर्खामा परिवारमा अट्किएको आसक्तिविषयक विचारहरुको मात्रा अधिक हुन्छ । अतः उनको यो प्रत्यक्ष बन्धन अधिक प्रगाढ हुन्छ; त्यसैले यसबाट मुक्त हुनको लागि व्यक्तिगत स्वरूपमा वार्षिक श्राद्धविषयक विधि गर्न आवश्यक छ । यसको तुलनामा उनीहरु भन्दा पहिला अन्य पूर्खाहरुसँग हाम्रो सम्बन्ध त्यति प्रगाढ हुँदैन, जसको कारण उनीहरुको लागि पितृपक्ष विधि एकत्रित स्वरूपमा गर्न इष्ट हुन्छ; त्यसैले वर्षश्राद्ध तथा पितृपक्ष, यी दुबौ  विधिहरु गर्न आवश्यक छ।

. श्राद्धकको महिना ज्ञात , तर तिथि ज्ञात छैन, तब त्यस महिनाको
शुक्ल अथवा कृष्ण पक्षको एकादशी अथवा अमावस्यामा श्राद्ध किन गर्ने ?

‘यो दिन वायुमण्डलमा यमतरंगको प्रबलता अधिक हुन्छ, त्यसैले यी तरङ्गहरुको प्रवाहबाट पूर्खालाई आवाहन गरि उनको लागि मन्त्रोच्चारणको बलको आपूर्ति गरि वायुमण्डलमा अल्पावधिमा आकर्षित गर्न सहजतासँग सम्भव हुन्छ । यमतरंगको अधिकतादर्शक प्रवाहको माध्यमबाट पूर्खा पृथ्वी मण्डलमा सहजतासँग प्रवेश गर्न सक्छ ।’

. सामान्यत: संध्याकाल, रात्रि एवं सन्धिकाल एवं त्यसको निकट समय श्राद्धको लागि वर्जित किन छ ?

. संध्याकाल, रात्रि एवं सन्धिकाल एवं यसको निकट समय वायुमण्ड दूषित हुने कारण श्राद्धको लागि आएको लिंगदेहलाई मान्त्रिकको जालमा फस्ने आशंका हुनाले श्राद्धको लागि वर्जित

‘संध्याकाल, रात्रि एवं संधिकालको निकट समय ति लिंगदेहसँग सम्बन्धित विशिष्ट तरंगहरुको ऊर्जा प्रवाह तीव्र हुन्छ । यसको फाइदा उठाउँदै धेरै अनिष्ट शक्तिहरु यस गतिमान ऊर्जाको साथ पृथ्वीको कक्षामा प्रवेश गर्छन्, त्यकारण यस अवधिलाई ‘रज-तमयुक्त आगमनकाल’ पनि भनिन्छ ।’ संध्याकालमा वातावरणमा तिर्यक तरंगहरुको प्रबलता हुन्छ, संधिकालमा यी विस्फुटित तरंग कार्यरत अवस्थामा रहन्छ, जबकि रातको समय विस्फुटित, तिर्यक एवं यम, यी तीन तरंग ज्यादा रहन्छ । तसर्थ, यस समय वातावरण अत्यन्त तप्त ऊर्जाद्वारा संचारित रहन्छ । श्राद्धको समय जब एक विशिष्ट पिण्डको लागि संकल्प गरिन्छ, तब आवाहनात्मक प्रक्रियाको कारण त्यो विशिष्ट लिंगदेहको वातावरणमा आगमन हुन्छ । जब वायुमण्डल रज-तम कणहरुले संचारित हुन्छ, तब वायुमण्डमा संचार गर्ने अनेक अनिष्ट शक्तिको कारण पृथ्वीको वातावरण-कक्षामा प्रवेश गर्ने लिंगदेहलाई अवरोध हुन सक्छ । कहिलेकाहि लिंगदेह मान्त्रिकको जालमा फसने आशंका हुन्छ । यसकारण जहाँसम्म सम्भव छ वायुमण्डल दूषित भएको अवस्थामा लिंगदेहलाई अवरोध गर्ने तरंगको प्रबलताको प्रभावमा श्राद्धादि विधि नगर्नुहोस् । अन्यथा लिंगदेह सँधैको लागि मान्त्रिकको जालमा फसेर स्थायी रूपमा नरकयातना भोग्नुपर्छ । यसको लागि हिन्दू धर्मद्वारा बताएको कृत्यको आचारसहित पालन गर्नु अति महत्त्वपूर्ण छ, त्यसपछि मात्र इष्ट फल प्राप्ति हुन्छ ।’

. श्राद्धको मन्त्रच्चारणात्मक आवाहनात्मक (श्राद्धको समय गरिने मन्त्रच्चारणयुक्त आवाहनको) शक्तिको कारण, वातावरणकक्षामा पूर्खाको प्रवेश हुनाले सायंकालको, पहिला नै प्रदूषित वायुमण्डल अधिक दूषित हुने; फलस्वरूप श्राद्धविधि गर्ने तथा विधिको संकल्प लिनेलाई महापाप लाग्ने

‘सायंकालको समय रज-तमात्मक हुन्छ । यो समय ब्रह्माण्डमा पृथ्वी एवं आप तत्त्वको सहायताले कार्यरत रजतमात्मक तरंग अधिक हुन्छ । यी तरंगहरुको खिंचाव अधोगामी, अर्थात पातालको दिशामा हुन्छ । यी तरंगले वातावरणमा निर्मित कनिष्ठ स्तरको अतिदबावको पट्टाको कारण धरतीसँग संलग्न तिर्यक एवं विस्फुटित तरंग क्रियाशील अवस्थामा रहन्छ । यदि जीव आफ्नो पूर्खाको लागि श्राद्धादि अशुभ कर्म गर्दछ, तब रज-तमात्मक वातावरणमा श्राद्धबाट उत्पन्न मन्त्रच्चारात्मक आवाहनात्मक (श्राद्धमा गरिने मन्त्रच्चारण-युक्त आवाहनको) शक्तिको कारण त्यस विशिष्ट स्तरको पूर्खा वातावरण-कक्षमा आफ्नो रज-तमको वासनामय कोषसहित प्रवेश गरि पहिलादेखि प्रदूषित सायंकालीन वायुमण्डललाई अधिक दूषित गरिदिन्छ । यस प्रकार विधि गर्ने तथा विधिको संकल्प लिने जीवलाई पनि महापाप लागेर नरकवास भोग्नुपर्छ । अतः यथासम्भव सायंकालको समय रज-तमात्मक विधिहरु नगर्नुहोस् ।

नयाँ