- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एलिस प्याङ एसियाकी सबैभन्दा वृद्धा मोडल बन्न सफल भएकी छिन् । मोडलिङ क्षेत्रमा बुधबार उनलाई सबैभन्दा सिनियर मोडलको मान्यता मिलेको हो ।
पहिले जापानकी नाओया कुडो र चीनकी वाङ डेशनले ८४ वर्षको उमेरमा उक्त सम्मान पाएकामा अब ९६ वर्षकी हङकङकी मोडलले उक्त मान्यता पाएकी हुन् ।
उनले राम्रा कपडा लगाउने शौखका कारण मोडल बनेको बताएकी छिन् । उनले आफूले कहिल्यै मोडलिङ गरौंला भनेर नसोचेको पनि बताएकी छिन् ।
उनी तीन वर्षदेखि यो क्षेत्रमा छिन् र यसको मजा लिइरहेकी छिन् । उनकी मेकअप आर्टिस्ट र हेयर ड्रेसरले आफूलाई मद्धत गरेको बताएकी छिन् ।
उनकी नातिनीले उनलाई मोडलिङमा आउन प्रेरित गरेकी थिइन् ।
उनलाई यो अचम्म लागेको छ कि यो उमेरमा पनि कामको माध्यमबाट मानिसले मन पराउँछन् ।