arrow
ADVERTISEMENT

पाकिस्तान नियन्त्रित कश्मिरमा स्वतन्त्रताको माग, पाकिस्तानी सेना दवाउँदै

logo
मारिया अवि हविव,
प्रकाशित २०७६ असोज ७ मंगलबार
muzafarabad-pok.jpg

मुजफ्फराबाद। जम्मु र कश्मिरको केही भाग पाकिस्तानको नियन्त्रणमा छ। यो क्षेत्रलाई पाकिस्तानीहरुले आजाद जम्मु–कश्मीर पनि भन्छन्। यो क्षेत्रको नाममा राखिएको आजादको अर्थ स्वतन्त्र हो। यसको अर्थ कश्मिरी नागरिकलाई पूर्ण स्वतन्त्रतासहित मनोरञ्जनको अधिकार रहने घोषणा गरिएको छ। यसमा भारतको नियन्त्रणमा रहेको कश्मिरमा भ्रमणको पनि अधिकार रहने उल्लेख गरिएको थियो।

तर, विवादित यो क्षेत्र मध्ये भारतले आफ्नो नियन्त्रणमा रहेको कश्मिरलाई एक प्रान्तको रुपमा घोषणा गरेसँगै उनीहरुको स्वतन्त्रतापूर्वक भारत भ्रमणको अधिकार खोसिएको छ।

भारतले आफ्नो नियन्त्रणमा रहेको कश्मिरको विषयमा गरेको निर्णयसँगै सो क्षेत्रमा केहि अस्थिरता समेत देखिएको छ। भारतको निर्णयसँगै पाकिस्तानले पनि समानान्तर सैन्य कारबाही आफ्नो नियन्त्रणमा रहेको कश्मिरमा जारी राखेको छ। पाकिस्तानले आफूलाई कश्मिरको विषयमा सबैभन्दा पहिला स्वतन्त्रताको विषय उठाएको गर्व गर्दै आएको छ।

कश्मिर सिया मुस्लिम बाहुल्य रहेको क्षेत्र हो। साथै उसले भारतले कश्मिरलाई स्वतन्त्रता नदिएको भन्दै माग उठाउँदै पनि आएको छ। तर, हालसालै न्युयोर्क टाइम्सका पत्रकारले दुर्लभ मानिने आजाद कश्मीर र जम्मुको भ्रमणको अनुमति पाएका थिए। उक्त भ्रमणको क्रममा उनीहरुले सो क्षेत्रमा चलिरहेको स्वतन्त्रताको आन्दोलनको पाकिस्तानी सेनाले दमन गरिरहेको पाएका थिए। त्यहाँका स्थानीयमा पनि अब जम्मु-कश्मिर एक हुने सम्भावना निकै कम भएको आभाष हुन थालेको छ। भारतमा रहेको कश्मिरमा प्रभाव बढाएसँगै विभाजित भएका यी दुई क्षेत्र पुनः एक हुने सम्भावना कम रहेको उनीहरुको बुझाइ छ। 

भारतले कश्मीरलाई आफ्नो प्रान्तको रुपमा घोषणा गरेसँगै पाकिस्तानमा रहेका चरमपन्थी संगठन सल्बलाउन सक्ने त्रास पनि उत्तिकै छ। पाकिस्तानी अधिकारीहरु यदि चरमन्थीबाट हुनसक्ने क्षति रोक्न नसकेको अवस्थामा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताइरहेका छन्। कश्मिरको मुजाफाराबादका एक पत्रकार अब्दुल हाकीम कश्मिरीले दुवै मुलुक कश्मीरको विषयमा युद्ध गर्ने अवस्थामा पुगेको तर यस किसिमको युद्ध कश्मिरी जनताले कहिले पनि युद्धको माग नउठाएको बताए।

आफूहरुको छुट्टै संस्कृति रहेको उनले बताए। उनले कहिले नसुनिएको रातो धर्का स्वतन्त्रता भएको पनि उल्लेख गरे। अहिले स्वतन्त्रताको आन्दोलनमा हजारौं आन्दोलनकारी सहभागी भइरहेका छन्। यो महीना मात्र ५ हजार कश्मीरीले उक्त आन्दोलनमा भाग लिएका थिए। उनीहरुले भारतीय कश्मीरको सीमाक्षेत्रमा मार्चपास गरेका थिए। सो क्रममा पाकिस्तानी सेनाले उनीहरुमाथि बल प्रयोगको प्रयास गरेको थियो। सो क्रममा आन्दोलनकारीले आफूहरु स्वतन्त्रताको लागि आन्दोलनमा आएको बताएका थिए।

उक्त आन्दोनलको क्रममा प्रहरी र आन्दोलनकारीको बीचमा भएको झडपमा १८ आन्दोलनकारी र सात प्रहरी अधिकारी घाइते भएका थिए। तर, यो आन्दोलन पाकिस्तानको सञ्चारमाध्यममा देखाइएन। सो अवधिमा उक्त क्षेत्रमा मोबाइल फोन र इन्टरनेट सेवा पनि बन्द गरिएको थियो। अगस्ट ५ मा भारतले गरेको निर्णयसँगै यो क्षेत्रमा भारतको अधिकार केही बलियो बनेको छ। सो क्रममा स्थानीय नेता तथा आन्दोलनकारी पक्राउ गरेका छन् भने लगातार दोस्रो महीना पनि उक्त क्षेत्रमा कर्फ्यु जारी छ। आन्दोलनकारीले दुवै सीमाको बीच भाग लाइन अफ बोर्डरलाई प्रयोग गरिरहेका छन्।

कश्मिरका भेडागोठालाले आफ्ना भेडा चराउन जाँदा सीमा क्षेत्र पार गरे भारतीय वा पाकिस्तानी सेनाको यातना सहनुपर्छ वा उनीहरुलाई पक्राउ गरिन्छ। यो सीमाक्षेत्र सन् १९४७ मा निर्धारण गरिएको थियो। त्यसयता पाकिस्तानले छिमेकीलाई कमजोर बनाउन आतंकवादी संगठनको पनि प्रयोग गर्दै आएको छ। शुरुमा उक्त लाइन अफ बोर्डर अस्थायीरुपमा नै निर्धारण गरिएको थियो। त्यतिबेला जनमतसंग्रहपछि कश्मिरीले भारतमा रहने वा पाकिस्तानमा रहने भन्ने विषयमा निर्णय गर्ने उल्लेख गरिएको थियो। तर, यस विषयमा कहिले पनि सो क्षेत्रमा निर्वाचन भएन र अहिले उक्त लाइन अफ बोर्डर नै दुवै मुलुकको सीमाना बन्नसक्ने जोखिम देखिएको छ। कश्मिरका एक युवाले कश्मिरी जनता अहिले यो विषयलाई आफ्नै तरिकाले समाधान गर्ने पक्षमा रहेको बताए। उनले यो विषयमा आफूहरु आफैं निर्भर हुनुपर्ने कुराको आभाष भएको उल्लेख गरे। लाइन अफ कन्ट्रोलले आफूहरुलाई छुट्याएर आफ्नै मुलुकमा शरणार्थीजस्तो बनाएको उनको गुनासो छ। अहिले कश्मिरको सरगर्मी पनि आन्दोलनको कारण बढेको छ। 

पाकिस्तानका लागि चरमपन्थीको सबैभन्दा ठूलो समस्या छ। यस्तोमा केहीले भने पाकिस्तानले उक्त चरमपन्थीलाई पाकिस्तानले भारतविरुद्धमा कश्मीरमा प्रयोग गर्नसक्ने आशंका गरिरहेका छन्। तर, पाकिस्तानले आतंकवादी आक्रमण रोक्न नसके उसले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गर्नुपर्ने हुनसक्छ। एक पूर्व चरमपन्थी लडाकुले पाकिस्तानले सन् १९९० मा भित्रिएका चरमपन्थी लडाकुलाई बाहिर पठाउँदै हालै आफ्नो सीमा बन्द गरेको बताए। उनले पाकिस्तानको सेना निकै प्रदूषित बनेको आरोप लगाए। पाकिस्तानले लश्कर ई तोयबाजस्ता आतंकवादी संगठनलाई भारतविरुद्ध आक्रमण गर्न लगाउने गरेको बताए। उनका अनुसार उनी पहिला स्वतन्त्र लडाकु थिए। उनी कश्मिरी जनताको लागि लड्थे। तर, पाकिस्तानले लश्कर ई तोयबाजस्ता संगठन आफ्नो गतिविधिमा पठाएको उनको भनाइ छ।

यसले मानिसहरुमा आफूहरुको आन्दोलन स्वतन्त्रताको लागि हो वा आतंकवाद विस्तारको लागि हो भन्ने विषयमा पनि आशंका पैदा भयो। त्यसपछि आफूले लडाइँ छाडेको उनको भनाइ छ।

त्यस्तै कुनै समय पाकिस्तानले जिहादीहरुसँग पनि आफ्नो सम्बन्ध बलियो बनाएको थियो। त्यो बेलामा जिहादीहरु पाकिस्तानमा निष्फिक्री घुम्ने गरेका थिए। तर, अन्तर्राष्ट्रिय दबाबको कारण उनीहरु फर्किनुपरेको थियो। कुनै समय उनीहरु पाकिस्तानको लागि काम गर्थे तर अहिले उनीहरुको तरिका एक आतंककारीको जस्तो बनेको एक पाकिस्तानी अधिकारीले बताएका छन्। अहिले पाकिस्तानले उनीहरुबाट असुरक्षित महसुस गरेको उनको भनाइ छ।

यहाँका केही स्थानीयले भने पाकिस्तानले कश्मिरको बारेमा निर्णय सही समयमा लिन नसकेको आरोप लगाएका छन्। यहाँका स्थानीय नेता भने अझै पनि वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिनेमा विश्वास गर्छन्। एक व्यवसायी मुहम्मद अर्सद अब्बसीले अहिलेको अवस्था एक युद्धको जस्तो भएको बताएका छन्। पाकिस्तानलाई जिहादसँग जानुको विकल्प पनि नरहेको उनको भनाइ छ। (न्युयोर्क टाइम्सबाट, जलाउद्धिन मुगल र सल्मान मसूद्को सहयोगमा) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ