arrow

देवीको पूजा गरेपछि रावणको बध गर्न सकेका थिए भगवान रामले

देवीको महत्त्व

logo
बिधि,
प्रकाशित २०७६ असोज १५ बुधबार
durga-mata.jpg

काठमाडौं । नेपाल अनि भारतमा प्राचीन कालदेखि देवी उपासना गर्ने परम्परा छ । यद्यपि देवीको मूल रूप निर्गुण हुन्छ, तथापि उहाँको सगुण रूपको उपासना गर्ने परम्परा नेपाल तथा भारतमा प्रचलित छ । कुलदेवी, ग्रामदेवी, शक्तिपीठ आदि रूपमा देवीको विविध सगुण रूपहरुमा उपासना गरिन्छ । हिन्दू संस्कृतिमा जति महत्त्व देवतालाई दिन्छ त्यतिकै महत्त्व देवीलाई पनि दिन्छ, यो एक विशेषता हो । भारतवर्षमा अन्य सम्प्रदायहरु समान शाक्त सम्प्रदाय पनि कार्यरत छ । पंचायतनको पूजामा शिव, विष्णु, गणपति अनि सूर्यको साथ देवीको पूजाको पनि विशेष महत्त्व छ । उपासकको हृदयमा देवीको विशेष स्थान भएको कारणनै नेपाल तथा भारतभरि प्रतिवर्ष नवरात्री उत्सव उत्साहसँग मनाईन्छ ।

शाक्त सम्प्रदाय
भारतवर्षमा  विविध सम्प्रदाय कार्यरत छ । यी सम्प्रदायहरु अनुसार सम्बन्धित देवताको उपासना प्रचलित छ । गाणपत्य, शैव, वैष्णव, सौर्य, दत्त आदि सम्प्रदायहरु समान नै शाक्त सम्प्रदायको अस्तित्व पनि प्राचीन कालदेखि छ । शाक्त सम्प्रदायद्वारा बताए अनुसार शक्तिको उपासना गर्ने अनेक शाक्त भारतवर्षमा सर्वत्र छन् ।

पंचायतन पूजाको प्रमुख देवता
आदि शंकराचार्यले भारतमा पंचायतन पूजाको प्रथा प्रारम्भ गरे । यसमा देवीको स्थान महत्त्वपूर्ण छ । भारतवर्ष जुन उपास्य देवताहरुको उपासना हुन्छन्, ती पांच प्रमुख देवताहरु मध्ये एउटा शक्ति अर्थात देवी हो ।

तन्त्रशास्त्रको आराध्य देवता
तन्त्रशास्त्र पालन गर्ने तान्त्रिक तन्त्रशास्त्रको जनक सदाशिवको उपासना गर्छ । उनको अनुसार त्रिपुरसुन्दरी, मातंगी, उग्रतारा आदि तान्त्रिक शक्तिहरुको पनि उपासना गर्दछन् । शिव समान नै शक्ति पनि तन्त्रशास्त्रको आराध्य देवता हुने स्पष्ट हुन्छ ।

पौराणिक कथाहरुका अनुसार देवीका विविध गुण र विशेषताहरु:-

दुर्गामाताद्वारा देवतालाई गरिएको सहायता
त्रेतायुगमा प्रभु श्रीरामले नवरात्रीको अवधिमा देवीको उपासना गर्नुभयो र देवीको कृपाशीर्वादबाट नै विजयादशमीमा रावणको वध गर्नुभयो । द्वापार युगमा पनि भगवान श्रीकृष्णको प्रेरणाबाट अर्जुनले महाभारत युद्ध आरम्भ हुन भन्दा पहिला श्री दुर्गादेवीको शरणमा गएर प्रार्थना गरे। श्री दुर्गादेवी प्रसन्न हुनु भएर अर्जुनलाई विजयश्रीको आशीर्वाद दिनुभयो । श्री दुर्गादेवीको कृपाबाट कवच धारण गरि अर्जुनले महाभारतको युद्ध गरे तथा विजय प्राप्त गरे ।

जिज्ञासु र मुमुक्षुको प्रतीक पार्वतीदेवी
पार्वतीमाता भगवान शिवकी अर्धांगिनी हनुहुन्छ, तथापि शिवजीबाट रहस्यमय ज्ञान प्राप्त गर्ने समय पार्वतीको भूमिका कुनै जिज्ञासु समान प्रतीत हुन्थ्यो । तीव्र जिज्ञासावश उहाँलाई भोख-प्यास र निद्राको बारे भान पनि हुँदैन थियो । ज्ञानप्राप्तिको लालसामा उहाँले भगवान शिवलाई अनेक प्रश्नहरु सोध्नुहुन्थ्यो । त्यसकारण पुराणमा शिव-पार्वती बीचको वार्तालाप अथवा उहाँहरु बीच संभाषणको उलेख छ । पार्वती स्वयं आदिशक्ति हुनुहुन्छ; तर गुरुसमान शिवजीबाट ज्ञानार्जन गर्नको लागि जिज्ञासु र मुमुक्षुको साक्षात स्वरूप बन्नुहुन्छ । त्यसैले भगवान शिवले पार्वती देवीलाई तन्त्रशास्त्रको गूढ ज्ञान प्रदान गर्नुभयो ।

ब्रह्मचारिणी रुप

कठोर तपस्या गर्ने पार्वती महान तपस्विनी हुनुको कारण उहाँलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट सम्बोधित गरिन्छ । ऋषिमुनि जुन प्रकार कठोर तपस्या गरि ईश्वरलाई प्रसन्न तुल्याएझैं, त्यस्तै कठोर तपस्या पार्वती माताले शंकरजीलाई प्रसन्न गर्नको लागि गर्नु भएको थियो । पार्वती हिमालयन राजाको छोरी र राजकुमारी हुनुहुन्थ्यो । उहाँ सुन्दर र सुकोमल हुनुहुन्थ्यो । उहाँको भगवान शिवलाई प्रसन्न गर्ने दृढ निश्चय थियो । त्यसैले उहाँले देहको चिन्ता नगरि हिउँले ढाकेको प्रान्तमा विशिष्ट मुद्रा धारण गर्नुभई दीर्घ कालसम्म तपस्या गर्नुभयो । उहाँको तपस्या यति उग्र थियो कि त्यसबाट उत्पन्न ज्वालाहरु सम्पूर्ण ब्रह्माण्डमा फैलिरहेको थियो अनि स्वर्गमा अधिकार प्राप्त गरेको तारकासुरलाई पनि भयभीत तुल्याउने थियो । पार्वतीलाई मार्न नजिक आएका तारकासुरको सैनिकहरुलाई शक्ति सहन भएन तथा उनीहरु भस्मसात भए । नवदुर्गामा ब्रह्मचारिणीको रूप हातमा जपमाला लिएर तापसी वेश धारण गरिएको तपस्यारत पार्वतीको नै प्रतीक हो । पार्वतीलाई अपर्णा र ब्रह्मचारिणीको नामबाट पनि सम्बोधित गरिन्छ ।
 
समस्याहरुको स्वयं नै उपाय निकाल्ने स्वयंपूर्ण पार्वतीदेवी
कैलास पर्वतमा बस्नु हुने पार्वतीदेवीले स्नानको समय कोठाको सुरक्षाको सेवाको लागि अंतःप्रेरणाबाट स्वयंको मैलाले गणपतिको निर्मिति गर्नु भयो । यद्यपि सुरक्षाको लागि निजी कारणले गणपिको निर्मिति गरिएको थियो, तथापि पार्वतीदेकीको कारण जगतलाई आराध्य देवता श्री गणेश मिलेको छ । देवी कौशिकी पनि यस्तै भावले सिर्जना भएको हो । समुद्रमन्थनको समय मन्दराचल पर्वतले स्वयं  विष शोषित गरेको थियो, त्यस समय विषको प्रभावबाट मुक्त गर्नको लागि शिवजीको साथ पुग्नुभएको पार्वतीदेवीले उहाँ माथि करुणामय दृष्टिले कृपा गर्नु भयो । मंदराचल पर्वतबाट बाहर निक्लि रहेको विषालु वायु शिवशंकर स्वयं शोषित गरि रहनु भएको थियो, तब त्यसको केहि अंशको परिणाम पार्वतीदेवी माथि भई उहाँ काली हुनु भयो । उमालाई आफ्नो गोरोवर्ण अत्यधिक प्रिय थियो । पुनः गौर वर्ण प्राप्त गर्नको लागि उमादेवीले कठोर तपस्या प्रारम्भ गर्नु भयो तथा ब्रह्मदेवलाई प्रसन्न गर्नु भयो । प्रसन्न हुनुभएर ब्रह्मदेवले पुनः गौर वर्ण प्रदान गरिदिनु भयो तथा त्यहि समय उहाँको श्यामवर्णबाट कौशिकी नामक एउटा देवीको निर्मिति गर्नुभयो । कौशिकी देवीले आगडि शुंभ-निशुंभ नामक दैत्यलाई मार्नु भयो । यस प्रकार स्वयंको श्यामवर्णको निर्मितिबाट पार्वतीले सम्पूर्ण संसारलाई त्रस्त गर्ने शुंभ-निशुंभ दैत्यको संहार गर्ने  देवीको निर्मिति गर्नुभयो ।

अधिक सम्दवेनशीलता र अधिक कठोरता यी विरुद्ध गुणहरु धारण गर्ने पार्वतीदेवी
जब पार्वतीलाई थाहा भयो कि श्री गणेशजीको शिरच्छेद गरि दियो, तब उनी विव्हल भएर रुन थाल्नुभयो र अर्को क्षणमा नै नवदुर्गाको उग्र रूप धारण गरि देवताहरुलाई कठोर वचन सुनाउनु हुन्छ । गणपतिलाई हात्तीको शिर लगाएपछि पार्वतीको उग्र रूप शान्त भएर उमाको रूप धारण गर्नुहुन्छ । देवी कौशिकीमाथि प्रहार गर्नको लागि आएको असुरहरुलाई दण्ड दिनको लागि पार्वती चण्डी, चामुण्डा आदि उग्र रूप धारण गरि असुरहरुको संहार गर्नुहुन्थ्यो तथा अर्को क्षणमानै पुत्रीसमान कौशिकीदेवीको प्रेममा चिन्तित भएर व्याकुल हुनुहुन्थ्यो । पार्वतीमा अधिक सम्वेदनशीलता तथा अधिक कठोरता यी विरुद्ध गुणहरु एकै समय प्रबल प्रतीत हुन्छ ।

आदिशक्तिको स्वरूप प्रकट गरि सबैलाई यातना दिने दुर्गमासुर र महिषासुर दैत्यको संहार
सदैव तपस्वी जीवन व्यतीत गर्ने र सौम्य रूप धारण गर्नुहुने पार्वतीदेवी आवश्यकतानुसार देवता अनि ब्रह्माण्डलाई आसुरी शक्तिको कष्टबाट सुरक्षित गर्नको लागि उग्र रूप धारण गर्नुभयो । यस्ता धेरै उदाहरणहरु पुराण भेटिन्छन् । ब्रह्मदेवबाट अजेय हुनुको साथ चार वेद प्राप्त गर्ने दुर्गमासुरको कारण धर्ममा ग्लानि आएको थियो अनि सर्वत्र अधर्म प्रबल भएको थियो । यस्तो अवस्थामा देवताहरुको शक्ति कमजोर भएको थियो । तब दुर्गमासुरलाई केवल स्त्री शक्तिले नष्ट गर्न सक्दथ्यो; किनकि अन्य देवताहरुबाट वध नहुने वरदान दुर्गमासुरलाई प्राप्त थियो । तब पार्वतीले आदिशक्तिको स्वरूप प्रगट गर्दै श्री दुर्गादेवीको रूप धारण गर्नुभयो अनि दुर्गमासुरसँग घनघोर युद्ध गरि उनको वध गर्नुभयो । यस प्रकार अपराजित योद्धा अनि बलवान आसुरी शक्तिले युक्त महिषासुरको वध गर्नको लागि पार्वती, लक्ष्मी अनि सरस्वती यी तीन देविहरुको शक्ति एकत्र भएर महिषासुरमर्दिनी देवीको उत्पत्ति भयो । मायावी शक्तिको सहायताले युद्ध गर्ने महिषासुरलाई पराजित गरि देवीले उनको शिरच्छेद गर्नुभयो । यसरी नै पार्वतीले चामुण्डा रूप धारण गरि चंड-मुंड दैत्यको संहार गर्नु भयो अनि कालीको रूप धारण गरि असंख्य असुरहरुको वध गरि देवताहरुलाई अभयदान दिनुभयो ।

करुणामय देवीले जब पृथ्वीको जीवहरुका लागि शताक्षी र शाकम्भरी रूप धारण गरि कृपा गरिन्
दुर्गमासुरले वेदलाई नरकमा लगे तथा बन्धक बनाए, जसले धर्म लुप्त भयो । यज्ञयाग र उपासना खण्डित हुनुको कारण देवताहरुलाई उहाँहरुको भागको अन्न प्राप्त हुन रोकियो । त्यसैले देवताहरुको शक्ति पनि कमजोर हुन गयो । देवताहरुलाई पृथ्वीमा कृपावर्षा रोकियो, जसले पृथ्वीमा भयानक अनिकाल भयो । नदी, झरना, जल स्रोतहरु सूख्खा भयो । पृथ्वीको जीवहरुका दुर्दशा देखेर महिषासुरमर्दिनी माताको आँखामा पानी आयो र यसले शताक्षी देवीको उत्पत्ति भयो । एक सय लोचन अर्थात सय आँखाहरु धारण गर्नुभएको देवीको आँखाबाट बगेको अश्रुधारा पृथ्वीमा आइपुग्यो र नदिहरुको रूप धारण गर्यो । यस प्रकार सर्वत्र जल उपलब्ध भयो । तत्पश्चात देवीको अंशबाट शाकम्भरी देवीको उत्पत्ति भयो, जसको कृपाबाट पृथ्वीमा सर्वत्र सग अर्थात हरीयो सब्जिहरु तथा अन्य सब्जिहरु उत्पन्न भयो । यस प्रकार पृथ्वीको जीवहरुको लागि पानी र साग उपलब्ध भई पृथ्वी अकालको संकटबाट मुक्त भयो ।
 
माता सरस्वतीद्वारा देवताहरुको सहायता
अ. ब्रह्मदेवबाट वरदान प्राप्त गर्ने समय कुम्भकर्णले इन्द्रासन माग्न लागेर्का थिए; तर देवताहरुको प्रार्थनाले महासरस्वती कुम्भकर्णको जिब्रोमा विराजमान हुनुभयो । त्यसैले कुम्भकर्णले इन्द्रासनको ठाउँमा निद्रासनको वरदान मागे ।

आ. तारकासुरको तीन तारक छोराहरुलाई पराजित कसरी गर्ने ?, यस्तो प्रश्न समस्त देवताहरुलाई आयो, तब श्रीहरि विष्णुले उनीहरुलाई धर्मविमुख हुनको लागि प्रवृत्त गर्ने उपाय बताउनु भयो । माता सरस्वतीले नारदलाई उनीहरुलाई धर्मविमुख गर्नको लागि मार्गदर्शन गर्नुभयो एवं देवताहरुको सहायता गर्नुभयो ।
 
माता लक्ष्मीले देवतालाई गरेको सहायता
शिवजीको अंशबाट र समुद्रबाट उत्पन्न भएको जालन्धर दैत्य देवताहरुलाई दु:ख दिन थाले । माता लक्ष्मीको जन्म पनि समुद्र मन्थनबाट भएको थियो, यो नाताले जालन्धर लक्ष्मीदेवीको भाई थिए; तर जालन्धर देवताहरुलाई दु:ख दिइरहेका थिए तथा उनको मनमा माता पार्वतीको सम्बन्धमा कामवासनाको अधर्मी विचार थियो । त्यसैले लक्ष्मी माताले श्रीहरी विष्णुसॅंग उनको नाशको लागि कामना व्यक्त गर्नु भएको थियो । यसबाट यो स्पष्ट हुन्छ कि लक्ष्मीदेवी तत्त्वनिष्ठ हुनुहुन्थ्यो तथा उहाँलाई स्वयंको अधर्मी भाईको पक्ष नलिएर देवताहरुको पक्षमा निर्णय गर्दै स्वयंको धर्मकर्तव्य पूर्ण गर्नुभयो एवं संसारको सामुन्य आदर्श उदाहरण प्रस्तुत गर्नुभयो ।
 
देवीसँग सम्बन्धित ऋषि अनि राजा : त्वष्टा ऋषि, मार्कंडेय ऋषि देवीको उपासक ऋषि हुनुहन्थ्यो तथा भक्त सुदर्शन शक्ति उपासक राजा हुनुहुन्थ्यो । आम जनतामा त्र्यंबकराज, नवीनचन्द्र देवीको परम भक्तहरु हुनुहुन्थ्यो । – (सन्दर्भ : भक्तमाल)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ