- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही। जलवायु परिवर्तनको असर पछिल्लो समय सर्लाहीको नदिनालाहरुमा देखा पर्न थालेका छन् । प्राय वर्षभरिनै बहने नदिहरु सुक्न थाले पछि छठ पुजा गर्ने ब्रतालुलाई समेत त्यस्ले पिरोल्न थालेको छ ।
नदिमा पानी वहन छाडे पछि अहिले ब्रतालुहरुले खोलामा खनेर पानि निकाल्न थालेका छन् । उनिहरुले पानी निकाल्न डोजरको प्रयोग गर्न थालेका छन् ।
पानीको अभावमा परम्परादेखी मान्दै आएको धर्म संस्कृती समेत धरापमा परेको उनिहरु वताउँँछन् । बढ्दो शहरिकरण, वन विनास, चुरे दोहनसंगै जलवायु परिवर्तनको असरका कारण तराईमा यस्तो समस्या आयको यससंग सम्वन्धीत जानकारहरु बताउँँछन् ।
चुरे दोहनको समस्या समाधानमा सम्वन्धित निकायले चासो नदिने हो भने भविश्यमा यस्ले गम्भिर प्रकृतीका समस्या समेत निम्त्याउन सक्ने जानकारहरु बताउँछन्।