arrow

यसरी हुन्छ 'म'को बन्धनबाट मुक्ती

कर्तापनको अहंकारले नै जीवनलाई चैतन्य सत्ताबाट अलग गर्छ : गुरुनानक

logo
गुरुनानक,
प्रकाशित २०७६ कार्तिक १९ मंगलबार
guru-nanaks.jpg

काठमाडौं । चेतनसत्ता रहस्यहरूको रहस्य हो, जसको उद्घाटन गुरुनानक जस्ता रहस्यवादी सन्तले गरेका थिए। जपु जी (पुस्तक) उनको अनुभवले सिचिएको परम आनन्द एवं ज्ञानको अभिव्यक्ति हो । जसले जाने उनीहरूले नभनि पनि भने, अशब्दलाई शब्दहरूद्वारा इशारा गरे। परमज्ञान लाटोलाई गुड जस्तो हो, चाहे ऊ बोल्न नसके पनि आफ्नो हाव-भावद्वारा आफ्नो आनन्दलाई दर्शाउँछ। उस्तै, त्यो परमसत्ता जसलाई गुरुनानक अकालपुरुष भन्छन्, को अनौठो पाराले ‘जपु जी'मा स्तुति गरेका छन् अनि महिमा गाएका छन् ।

गुरुनानक देव भन्छन् ,'चेतनसत्ता त्यो व्याप्त सत्ता हो, त्यो शाश्वत चैतन्य विधान हो जसले समस्त ब्रह्माण्डलाई शासित गर्छ, प्रकट गर्छ, चलाउँछ, फेरि आफुमा समेटछ।' अकालपुरुषको त्यहि शाश्वत चैतन्य शक्ति-विधानलाई गुरुनानक देव हुकुमको रुपमा परिभाषित गर्दछन्।

त्यहि चैतन्य शक्तिको शाश्वत विधानको अनुरूप निराकार एवं अव्यक्त सत्ता सृष्टिक्रममा भिन्न-भिन्न आकारहरु र रुपहरूमा परिणत हुन्छ। यो शाश्वत विधान यति गुप्त अनि सर्वातित, अस्पृश्य एवं कण-कणमा व्याप्त छ कि त्यस विषयमा शब्दहरू मौन हुन्छन, मन र बुद्धिले त्यसलाई छुन सक्तैन अनि सबै कुरा बताई सकेर पनि त्यो तत्त्व नबताए जस्तै रहन्छ। यसैकारण गुरुनानक देव भन्छन्- 'हुकुमे होवे आकार हुकुमे न कहिया जाय', त्यो भन्नमा नै आउँदैन, शब्दहरूमा बखान नै गर्न सकिंदैन।

यो संसारमा सानो र ठूलो, सुखी र दुखी मानिसहरू मिल्छन्। यो पनि परमसत्ताको शाश्वत विधानको अनुरूप नै भइरहेको छ अनि उसको हुकुमद्वारा नियन्त्रित छ। यो सारा सष्टि त्यो हुकुम अन्तर्गत क्रियाशील छ। कसैले पनि हुकुमको यो शाश्वत विधानको अतिक्रमण गर्न सक्तैन । न त उसको अस्तित्वलाई झुटो साबित गर्न सक्छ । नानक देव भन्छन् कि 'जसले त्यो गुप्ततम अकाल पुरुषको हुकुमको शाश्वत विधानलाई जान्दछ, ऊ 'म'को बन्धनबाट मुक्त हन्छ, उसको कर्ताभाव नष्ट हन्छ अनि उसले गाउन थालछ-'करन करावन आपे हाथ। मानुष जात के कुछ न हात।'

यदि तीक्ष्ण दृष्टिले हेर्ने हो भने कर्तापनको अहंकारले जीवलाई चैतन्य सत्ताबाट अलग गर्छ, किनभने जीव त केवल मात्र समग्र चेतनाको अंश मात्र हो । बिना अंश अंशीको के अस्तित्व छ? तर भम्रवश, अज्ञानवश अनि चेतन सत्ताको बोध नहुनको कारण जीवले आफ्नो अस्तित्वलाई, अहंकारलाई अलग मानेर बस्छ अनि कर्तापनको कारण आफूले गरेको कर्मजालमा बाँधिन्छ अनि मायाको वशीभूत हुन्छ। यसैकारण सन्तहरू भन्छन्-

करहले मन परदेसीआ कि मिलीऐ हरिमाई।
गुरु भागि पूरै पाइमा गलि मिलिआ पिारा आइ।।
मन करहला सतिगुरु पुरा पिआई।
जिथै लेखा मंगी हरि आपे लए पडाह।।।
मन करहला अति निरमला मलु लागी हउमै आइ।
परतखि पिरू परि नालि पिआरा विडि चोटा खाइ।।

हे स्वेच्छाचारी मन ! हे यहाँ परेदशमा बस्ने मन ! परमात्मासंग कसरी मिल्नु, जसले आमाले जस्तो हामीलाई लालन-पालन गर्छ ? जुन मनुष्यलाई सौभाग्यले गुरु मिल्छ, प्यारो परमात्माले उसलाई आलिंगन गर्छ । हे ऊँटको बच्चा जस्तो स्वेच्छाचारी मन! गुरुको कृपालाई सम्झ । हे स्वेच्छाचारी मन विचारवान बन अनि परमात्माको नामको सदा स्मरण गर। परमात्माले आफै वहाँ छुडाउने छन्, जहाँ पूर्वकृत कर्महरुको हिसाव मागिन्छ ।  हे स्वेच्छाचारी मन त एकदमै पवित्र थिइस, तर तैलाई अहंकार फोहोरले आएर लपेट्यो।

कस्तो विडम्बना हो कि चैतन्य सत्ता हृदयमा शरीरका साथ वास गरिरहेको छ, तर आत्मा माया मोहका कारण त्यसदेखि विछोडिएर दुखि भइरहेको छ । तर उसले त्यस शाश्वत सत्ता र उसको विधानलाई जान्ने छ अनि उसका साथ एकाकार हुनेछ, तब उसको अहंकार नष्ट हुन्छ अनि उसले उस अकाल पुरुषको साथ एकत्वको अनुभव गर्ने  छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ