arrow

प्रचण्डद्वारा कास्की क्षेत्र नं २ मा विद्यालाई अग्रिम बधाइ

लिपुलेकको विषयमा कुरा उठाएको थिए

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
prachandass.jpg

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कास्की क्षेत्र नं २  की नेकपा उम्मेदवार  विद्या भट्टराईलाई अग्रिम बधाइ दिएका छन् ।

 पोखरा पुगेका प्रचण्डले तत्कालीन कास्की क्षेत्र नं २ का सांसद रवीन्द्र अधिकारीप्रति श्रद्धासुमन अर्पन गर्दै अध्यक्ष दाहालले कास्की नेकपाको क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या भट्टराई निर्वाचनमा सफलताको कामना गरे ।

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट स्वर्गीय नेता रबिन्द्र अधिकारी पत्नी  विद्या भट्टराईले उम्मेदवारी दिएकी छन् । नेकपाले स्वर्गीय नेता रबिन्द्र अधिकारीको स्थान, प्रतिनिधिसभामा कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उनले कास्की क्षेत्र नं २ बाट नेकपाका उम्मेदवारलाई जिताउन कार्यकर्तालाई एकजुट भएर प्रचारप्रसारमा जुट्न आह्वान गर्दै कास्की क्षेत्र नं २ लगायत अन्य प्रदेशसभा सदस्यको निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा छनोट भएको जानकारी गराए ।

रबिन्द्र पत्नी विद्याले जनताका अपेक्षा र विश्वासलाई कुनै पनि हालतमा डगमगाउन नदिने प्रतिवद्धता व्यक्त गरिन् । राजनीतिबाट विचलन नभइकन जनता र मुलुकको समृद्धिका लागि भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले स्व अधिकारीका अधुरा सपना पूरा गर्न आफ्नो उम्मेदवारी भएको स्पष्ट पारिन् ।

दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा उपनिर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा पनि जोड दिए। नेकपा कास्की–प्रचारप्रसार उपसमिति, निर्वाचन परिचालन उपसमितिद्वारा पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले स्वास्थ्य प्रतिस्पर्धाको माध्यमबाट लोकतान्त्रिक अभ्यासको रुपमा निर्वाचन सम्पन्न हुनुपर्ने बताए। अध्यक्ष दाहालले राजनीतिक स्थिरता र समृद्ध नेपालको निर्माणका लागि यो उपनिर्वाचन खुड्किलो हुने उल्लेख गरे ।

उपनिर्वाचनका लागि मुलुकका विभिन्न स्थानमा उत्साहवद्र्धक ढङ्गले मनोनयन दर्ता भएकाले निर्वाचन पनि उत्साहका शान्तिपूर्ण ढङ्गले सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

 भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो नक्साभित्र पारेको सन्दर्भमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भौगोलिक अखण्डाको विषयमा नेपाली एकजुट रहेको र लिपुलेक हाम्रो भएकाले यस  विषय सह्य हुन नसक्ने दृढता प्रकट गरे ।

 उनले विषयमा सरकारको पनि धारणा आइसकेकाले कूटनीतिक माध्यमबाट यसलाई सच्याउनुपर्ने विषयमा जोड दिए । उनले भने, “भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष लिपुलेकको विषयमा कुरा उठाएको थिए र अहिले भारतले नक्सामा पारेको विषयमा हाम्रो गम्भीर आपत्ति छ ।”

 प्रदेश प्रमुखलाई हटाइएको सन्दर्भमा अध्यक्ष दाहालले नयाँ सरकार गठन भएपछि नैतिकरुपमा राजीनामा गर्नुपर्ने नगरिएको एवं राजनीतिक संस्कार प्रदर्शन गर्नुपर्ने नगरिएको उल्लेख गर्दै दुई तिहाइको सरकारले उदार र लचिलो भएको कारणले दुई वर्ष परिवर्तन नगरेको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ