arrow

इलामे चेली कोपिलाको दोहोरीमा बुगीवुगी विजेता कविता र छमछमी विजेता सरोजको जोडी जम्यो

logo
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
kopila.JPG

काठमाडौ । नेपालककै चर्चित नृत्य रियालिटी सो बुगीवुगीकी पहिलो विजेता कविता नेपाली र छमछमीका विजेता सरोज पजा दोहोरी गीतको म्युजिक भिडियोमा पहिलो पटकसँगै देखा परेका छन् ।

कोपिला गौतमको लोकदोहोरी गीत ‘कदम छाँयाको’ मा कविता र सरोजले नृत्य बेजोड जमेको देखिन्छ । उनीहरुलाई सँगै नचाउने काम निर्देशक गम्भिर विष्टले गरेका हुन । सविता र सरोजसँगै गम्भीरले पनि दोहोरीमा नृत्य गरेका छन । भिडियोको कोरियोग्राफी सुवोल थापाले गरेको हुन् ।

कदम छाँयाकोमा गायिका कोपिला गौतमलाई कृष्ण रेउलेले गायनमा साथ दिएका छन् । गीतको शव्द पनि गायक रेउलेकै रहेको छ भने संगीत तथा एरेन्ज गोविन्द मधुर आचार्यको रहेको छ ।

कोपिलाका दोहोरी लगायत बिभिन्न गीतहरु यस भन्दा अघि पनि बजारमा धेरै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ