सांसद दिब्यमणीकी आमाले गरिन् वाल अस्पताललाई पाँच लाख सहयोग
८९औं जन्मोत्सवको अवसर पारेर टंक कुमारी राजभण्डारीले गरिन् सहयोग
प्रकाशित २०७६ मंसिर १८ बुधबार
1.7k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद दिब्यमणी राजभण्डारीको परिवारले खुल्ने तयारीमा रहेको गैरनाफामूलक बाल अस्पताललाई सहयोग गरेको छ ।
राजभण्डारी परिवारले डा. भगवान कोइरालाको नेतृत्वमा खुल्ने तयारीमा रहेको 'काठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ'लाई पाँचलाख सहयोग प्रदान गरेको हो ।
सांसद राजभण्डारीकी आमा टंक कुमारी राजभण्डारीको ८९औं जन्मोत्सवको अवसर पारेर आमाकै इच्छामा बाल अस्पताललाई सहयोग गरिएको हो ।
काठमाडौं क्षेत्र नम्बर ४ मा रहेको बुढानिलकण्ठ नगरपालिका निवासी सांसद राजभण्डारीको निवासमै आमा टंक कुमारीले बाल अस्पतालका प्रमुख डा. भगवान कोइरालालाई रकम हस्तान्तरण गरिन् ।
सांसद भण्डारीका छोरा सिदार्थमणि राजभण्डारीले नेतृत्व गरेको एनसीइसी ग्रुपको तर्फबाट २ लाख र परिवारको तर्फबाट ३ लाखसमेत गरि वाल अस्पताललाई जम्मा ५ लाख उपलब्ध गराइएको हो ।
वाल अस्पतालको तर्फबाट रकम ग्रहण गर्दै बरिष्ठ मुटु रोग बिशेषज्ञ तथा अस्पतालका अध्यक्ष भगवान कोइरालाले सहयोगी हातहरुलाई धन्यवाद दिंदै अस्पतालको सुरुवाती काममा यस रकमले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।
सन् २०२२ सम्ममा गैरनाफामुलक गुणस्तरीय १०० सैयाको वालअपस्ताल काठमाडौमा बनाउने लक्ष्यका साथ डा. कोइराला र उनको टिम खटिरहेको छ ।