arrow

भगवान कृष्णका अनन्य उपासक सूरदासले आफैलाई किन भने नमक हरामी ?

रामायणमा वर्णित शंकर भजन के हो ? (भाग २)

logo
ज्ञान,
प्रकाशित २०७६ पुष १६ बुधबार
surdas.jpg

काठमाडौं। गीतामा भनिएको छ, हे अर्जुन! तिमीले मलाई यो आँखाले देख्न सक्दैनौं। तर आज हामी जहाँ पनि जान्छौं यहि आँखाले दर्शन गर्छौ। जबकि भगवानले भन्नुभएको छ मेरो दर्शन केवल मात्र अलौकिक दिव्य नेत्रद्वारा हुन्छ । संजयले धृतराष्ट्रलाई भन्छन्, हजारौं सूर्यले पनि त्यो प्रकाशको बराबरी गर्न सक्दैन जुन प्रकाश भगवान कृष्णले अर्जुनलाई देखाउनुभयो (गीता अ० ११-१२)।

के गीता पाठ गर्नाले त्यो प्रकाश देखिन्छ, यदि देखिंदैन भने फेरि कहिले देख्नु वा हेर्नुहुन्छ? भगवानको दर्शन हामीले यहि मनुष्य जन्ममा गर्नु पर्दछ, त्यसको लागि भगवानले समयका ज्ञानी सन्त-महापुरुषलाई सोध्नु भन्नुभएको छ । गीता अध्याय ३/९ मा भगवान कृष्णले भन्नुभएको छ कि अर्जुन, म तिमीलाई त्यो चीजको बारेमा बताउँनेछु, जसलाई जानेपछि तिमी अशुभदेखि बच्नेछौ । त्यो के चीज हो, त्यसको बारेमा ज्ञानीसँग गएर सोध्नु पर्दछ। साथै दिव्य-नेत्र के हो, यो समयका महापुरुषलाई सोध्नुभयो भने, उनले अवश्य बताउनेछन् । त्यो उपदेश दिनहुन्छ, जुन उपदेश भगवान कृष्णले अर्जुनलाई दिनुभएको थियो, किनभने बीजको नाश  हुँदैन । यदि बीजको नाश भयो भने यो संसार पनि रहने छैन, सारा नाश हुने छ।

त्यसैले तुलसीदासले भनेका छन्-
सो परत्र दुख पावहिं, सिर धुनि-धुनि पछिताय।
काल हिं कर्म हिं ईन्धरहि, मिथ्या दोष लगाय।।

उसले अनेक दःख पाउने छ अनि टाउको ठोक्दै पछुताउने छ, फेरि त्यसको झुटो दोष काललाई, आफ्नो कर्मलाई र ईश्वरलाई लगाउँदछ । पहिले त भन्ने छ, यो कलियुग हो यसमा कहाँ त्यो चीजलाई देख्न सकिन्छ वा हाम्रो कर्ममा नै लेखेको छैन भने कसरी जान्न-देख्न सक्छौं । वा भन्नेछ, भगवानको इच्छा नै थिएन कसरी दर्शन हुनसक्थ्यो । यो सोच्दैन कि यदि भगवानको इच्छा नभए मनुष्यको जन्म नै दिनुहुने थिएन,  कुकुर, बिरालोको जन्म दिनुहुने थियो ।

मानिसहरुलाई चार प्रकारको मुक्ति बताइएको छ । सालोक्य मुक्ति जुन सबै जुनीहरूबाट छुटकारा पाएर मनुष्य जुनीमा जन्म मिल्यो । जून जुनीमा भगवान राम, कृष्ण, महात्मा बुद्ध अनि ठूलाठूला शूरवीर र भक्तहरुले जन्म लिए, त्यही जूनी हामीलाई पनि मिल्यो । यो सालोक्य मुक्ति हो। दोस्रो सामीप्य मुक्ति जुन सत्संगलाई बताइएको छ ।

राम बुलावा भेजिया, दिया कबीरा रोय।
जो सुख साधु संग में, सो बैकुण्ठ न होग ।।

तेस्रो हो सारूप्य मुक्ति। जुन समय गुरु महाराजजीबाट त्यो नाम र रूपको ज्ञान हुनेछ, त्यहि सारुप्य मुक्ति हो । फेरि जुन समय तपाईले आफ्नो मन त्यो ज्योतिमा मिलाउनु हुनेछ, जसलाई ज्योतिमा ज्योति मिल्नु भनेको छ, जहाँबाट मनुष्य फेरि संसारमा फर्केर आउँदैन, तब सायुज्य मुक्ति हुन्छ ।

प्रसिद्ध कृष्ण भक्त तथा भक्तिकवि सूरदासजीले भनेका छन्-
मो सम कौन कुटिल खल कामी।।
जिन सुंदर तन दियो, ताहि बिसरायो।
ऐसो नमक हरामी।। मो सम कौन...
हरि जन छांडि, हरि विमुखन की,
निशदिन करत गुलामी।। मो सम...
भर-भर उदर विषयको धावत,
जैसो सूकर ग्रामी।। मो सम...
सूर पतितको ठौर कहां है,
सुनिये श्रीपति स्वामी।। मो सम...

भगवान कृष्णका अनन्य उपासक र ब्रजभाषाका श्रेष्ठ कवि सूरदास भन्छन् - 'हे प्रभु! तपाइले चौरासी लाख जुनीबाट छुटाएर मलाई मनुष्य जन्म दिनुभयो। आमाको गर्भमा मेरो रक्षा गर्नुभयो। जन्म लिनुभन्दा पहिल्यै आमाको स्तनमा दूध भरिदिनुभयो, नानाप्रकारका खानेकुराहरू मेरो लागि बनाइ दिनुभयो । हेर्नका लागि आँखा, सुन्नका लागि कान, सुँघ्नका लागि नाक, हिंड्नका लागि खुट्टा, काम गर्नका लागि हात बनाई दिनुभयो । यति उत्तम शरीर तपाईले मलाई दिनभयो । तर मैले तपाईलाई बिर्से, म यस्तो नमक हरामी हूँ। जसरी गाँउका सुगुर मैला खोजि खान गाउँ-गाउँ घुमिरहन्छ, उस्तै म पनि दाल-भातको लागि चारैतिर दगुरिरहन्छु । जो भगवानदेखि विमुख छ, जसले भगवानलाई मान्दैन उसको त म दिनरात चाकरी गर्छु, तर जो भगवानका भक्त छन् अनि जुन सन्तलाई साष्टांग दण्डवत् गर्नु भनेर गीता, रामायणमा लेखेको छ, तिनीहरु भएको ठाँउमा नगएर दिनरात भगवानदेखि विमुख रहनेहरूका अघिपछि चक्कर काटिरहन्छु ।' यसकारण म जस्तो नमक हरामी अरु कोहि छैन।


पाँच भाइ थिए। बाउ मरेपछि एकदिन उनीहरूले एउटी गाई ब्राह्मणलाई दान गरे। अर्को दिन एक भाइले गाईहरू चराउन जंगल लगेर गए। बेलुकी घर आएर गिन्ती गर्दा एउटी गाई मिलेन जुन पहिलो दिन दान दिएका थिए । त्यो भूलेर उनले भने एउटा गाई छैन । सबै भाइ गाई खोज्न जंगलतिर लागे । बाटोमा एउटा सूकेको खोला थियो । जंगलमा गएर चारैतिर खोजे तर गाई भेटेनन, गाई त्यहाँ छदै थिएन, कसरी भेट्थे। आपसमा कुरा गर्न थाले गाई खोलाले बगायो । फर्केर घरतिर लागे । सुकेको खोला तरेर भने, हामी मध्ये कोहि खोलामा त बगेन? एउटाले गन्न थाले, उनले अरु सबैलाई त गने तर आफुलाई गनेन । फेरि पालै-पालो अरु सबै भाइले गने, सबैले आफुलाई भने गनेन अनि हाम्रो एक भाइ खोलामा बगेछ भनेर सबै बसेर रुन थाले ।

त्यहि बेला एउटा साधु आएर उनीहरूलाई रुनुको कारण सोधे। उनीहरुले भने, हामी पाँच भाइ आफ्नो हराएकी गाई खोज्न जंगलमा आएका थियौं, तर फर्केर आउँदा हाम्रो एकजना भाइ खोलामा बगेर गएछ, अब हामी चारजना मात्र रह्यौं। तब साधुले आफ्नो जुत्ताले एक-एकको टाउकोमा हिकाउँदै गनेर बताए- एक, दुई, तीन, चार, पाँच। तब उनीहरू भन्छन्, महाराज! हाम्रो हराएको भाइ मिल्यो, तपाईले हाम्रो हराएको भाइलाई भेटाइदिनुभयो । संसारको यहि गति छ।

भगवानले यो कुरा सबैको लागि भन्नुभयो, तर यसमा हामी आफूलाई गन्दैनौं। रामायण पढनेले पनि यो मलाई पनि भनेको हो भनेर सम्झदैन अनि सुन्नेले पनि आफूलाई भनेको भनेर सम्झदैन । 'शंकर भजन' के हो? यसकारण सम्झनु बुझ्नुपर्छ । मनुष्य जन्म बारबार मिल्दैन । जसरी रुखबाट झरेको पात वा फल फेरि रुखमा जोडिन सक्दैन, उस्तै मनुष्य जन्म पनि बारबार मिल्दैन । चौरासी लाख जुनिमा गएर धक्का खाइरहने छ। गुरुनानक देवले भनेका छन्-

लख चौरासी भ्रमदियां, मानुष जनम पायो।
कहे नानक नाम सम्हाल, सो दिन नेड़े आयो।।

सन्त ब्रह्मानन्दजीको एउटा भजन छ-

अचरज देखा भारी साधो, अचरज देखा भारी रे।।
गगन बीच अमृत का कुवां, झरे सदा सुखकारी रे।
पंगु पुरुष चढ़े बिन सीढ़ी, पीवे भर-भर झारी रे।।
बिन बजाये निसदिन बाजे, घंटा शख्न नगारी रे।
बहरा सुनसुन मस्त होत है, तनकी ख़बर बिसारी रे।।
बिना भूमि के महल बना है, ता में जोत उजारी रे।
अंधा देख देख सुख पावे, बात बतावे सारी रे।।
जीता मर कर फिर जीवे, बिना भोजन बलधारी ।
ब्रह्मानन्द संतजन विरला, समझे बात हमारी रे ।।

भनेका छन् कि सन्तहसमा पनि कसै-कसैले मात्र यो कुरालाई सम्झन्छन् । गगनको बिच अमृतको कुवा छ जुन सदा झरिरहेको छ । अपांग पुरुष विना सीढि नचढेर पिइ रहेका छन् । नबजाइ  घंटा शख्न  आदि आफै बजिरहेका छन् त्यसलाई बहिराले सुनेर मस्त भइरहेको छ । बिनाभूमि महल बनेको छ जसलाई अन्धाले देखेर आनन्दित भइरहेको छ । भोजन बिनै जीव बाचिरहेको छ ।  ब्रह्मानन्द संतजनको यो कुरा अनुभव  गर्नेले मात्र सम्झन्छन् ।

 यस्तो आश्चर्य कसैले देख्न चाह्यो भने के गर्नुपर्छ ? जीव ईश्वरको अंश कसरी हो ? त्यो वचन के हो जसद्वारा महामोहरूपी अन्धकारको नाश हुन्छ? त्यो नाम कुन हो जसको जप गर्नाले भवसागर सुक्छ ? त्यो सत्संग कुन हो जसमा डूब्की लगाउनाले काग कोईली अनि बकुल्ला हाँस बन्छ? काग भन्नुको अर्थ कागको जस्तो स्वभाव भएको मानिस कोईली जस्तो स्वभावको अनि बकुल्लाको जस्तो स्वभाव भएको मानिस हॉसको जस्तो स्वभाववाला बन्छ। त्यो सत्संग कुन हो ? त्यो कुन राम भक्ति हो जुन संजीवनी बूटी हो?  क्रमश...

समुद्रको पानीलाई मीठो बनाउन चाहन्थे रावण

रामायणमा वर्णित शंकर भजन के हो ? (भाग १)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ