arrow

नामलाई हृदयबाट बोलायौ भने आफै हजुर भन्दै आउनेछ : समर्थ रामदास

हजारौं सूर्यले पनि जसको बराबरी गर्न सक्तैन (भाग १)

logo
ज्ञान,
प्रकाशित २०७६ पुष २४ बिहिबार
Samarth-Ramdas.gif

काठमाडौं। मानिसहरुले द्वेष-भावले जुन पैसा खर्च गरिरहेका छन् त्यसको ठाँउमा एक नाम जान्नलाई समय खर्चिए सबैको कल्याण हुने थियो । जुन नामको कबीरदास, गुरुनानकदेव, स्वामी विवेकानन्द आदि समयका महापुरुषहरुले गुण गाएका छन् ।  जुन नाम हनुमानले हृदय फोडेर बताएका थिए । वास्तवमा त्यो नाम हृदय फोडेर नै बताइन्छ।  लेखिएको छ-
भाव कुभाव अनख आलसहू।
नाम जपत मंगल दिस दसहू।।

सहि भाव या कुभावले, अमनले या अल्छि गर्दै जसरी पनि नाम जप्नाले दशै-दिशामा मंगलै-मंगल हुन्छ।
मंगल भवन अमंगल हारी।
उमा सहित जेहि जपत पुरारी।।

भगवान कृष्ण भन्नुहुन्छ, वेद पढनाले, यज्ञ-हवन गर्नाले, दान-पुण्य गर्नाले या उग्र तप गर्नाले मेरो ज्ञान हुँदैन । फेरि ज्ञान कसरी हुन्छ? अगाडि सम्झाउनु हुन्छ, अनन्य भक्तिद्वारा मेरो ज्ञान हुन्छ ।

त्यो भक्ति कहाँ मिल्छ? त्यसको लागि गीता अध्याय ४ को श्लोक ३४ मा सम्झाउनु भएको छ कि तत्त्वदर्शी महापुरुषको पासमा जाऊ, उनलाई दण्डवत्-प्रणाम गर, उनको सेवा गर अनि छल-कपट त्यागेर निष्कपट भावले उनलाई सोध, तब उनले तिमीलाई त्यो तत्त्वको उपदेश दिने छन ।

के उपदेश दिने छन्? गीता अध्याय ११ को श्लोक ८ मा बताएको छ कि दिव्य नेत्र या ज्ञान नेत्रको उपदेश तिमीलाई दिनेछन्। त्यो नेत्रद्वारा हजारौं सूर्यले पनि जसको बराबरी गर्न सक्तैन, त्यो प्रकाश तिमीले देख्ने छौ अनि बार-बार त्यसमा आफ्नो मनलाई जोड्यौ भने के हुने छ? त्यसको बारेमा गीता अध्याय १५ को श्लोक ६ मा लेखेको छ कि जहाँ सूर्य, चन्द्रमा र अग्निको प्रकाश छैन अपितु स्वयं प्रकाश छ अनि जहाँ पुगेर जीव फेरि जन्म-मरणको चक्रमा फर्केर आउँदैन। त्यो नफर्कने मेरो विश्वासलाई अझ दृढ बनाउनका लागि भइरहेका गतिलाई तिमीले प्राप्त गर्ने छौ। यो गीताको मत हो ।

मन एक त रोकिन्छ साधनले अनि साधनले रोकिएन भने गुरुको वचनले रोकिन्छ । वेद-शास्त्रहरुले मनलाई रोक्न सक्तैन । कबीरले भनेका छन्-
काल को पकड़ चेला किया, भय के कतरे कान।
हम सत्य नाम सुमिरन करें, किसको करें सलाम ।।

जब हामी हिंडदा-डुल्दा, सुत्दा-जाग्दा, नुहाउँदा-धुदा हर समय नामको सुमिरण गर्दछौं, भने फेरि कसलाई सलाम गर्ने? अर्को को छ यस संसारमा?

नामको बारेमा छत्रपति शिवाजीका गुरु समर्थ रामदासजीले ग्रन्थ दासबोधमा भनेका छन्,' नामलाई तिमीले हृदयमा दह्रो गरेर पक्रियौ भने नामी आफै आउने छ। जसको नाम  पुकार्नेछौ, उसले आफैं-आफ हजूर भन्ने छ। एक-दुईपटक नाम लिंदा आउँदैन, तर जब रामसिंह-रामसिंह भनिरह्यौ भने उसले पनि ज्यू-हजुर अवश्य भन्ने छ । ऊ आफै आउने छ जब तिमीले नाम जप्ने छौ । जब नाम हृदयमा छ भने नामी पनि हृदयमा नै छ ।'

त्यो नामलाई नै छात्ती फाडेर हनुमानले बताएका थिए । हृदय फोडेर भन्नुको मतलब सबै कुरा हृदय खोलेर जनाइदिएँ यो हो साँचो नाम भनेर। क्रमश...



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ