- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। मानिसहरूले ईसा मसीहलाई क्रूसमा काँटीले ठोकिरहेका थिए, तर उनले यहि भने कि हे प्रभु! यिनीहरुलाई सद्बुद्धि दिनुहोस् । यो भनाइ महानपुरुषहरुको सधै हुन्छ -
मोहे लागी लगन गुरु चरणन की।।
चरण बिना मोहे कुछ नहीं भावे,
जग माया सब स्वपनन की।
भव सागर सब सूख गये हैं, फिर नहीं मोहे तरनन की।।
मीरा के प्रभु गिरधर नागर, आस श्री गुरु चरणन की।।
यो भनाइ छ कि काशीमा जो मर्छ ऊ सीधै बैकुण्ठ जान्छ । कबीर साहब सारा जीवन काशीमा बसे तर शरीर त्याग्न मगहर गए । कसैले उनलाई सोधे, महाराज! पहिले त मानिसहरू वैकुण्ठ जान काशीमा आराले आफ्नो शरीर कटाएर मर्थे, तर तपाई शरीर त्याग्न काशी छोडेर मगहरमा जादै हुनुहुन्छ? के विश्वास गरिन्थ्यो भने मगहरमा शरीर छोडनाले गधाको योनीमा जानु पर्दछ।
कबीरले भने, प्रभुको नाम यस्तो चीज हो जसले जहाँ गएर शरीर छोडे पनि मंगल गर्छ। तुलसीदासजीले पनि लेखेका छन-
मंगल भवन अमंगल हारी।
उमा सहित जेहि जपत परारी।।
कबीर दासजीले भने, यदि प्रभुको भक्तिमा शक्ति छ भने, मगहरमा मरे पनि उनै भगवानको ज्योतिमा मिल्छ । यदि काशीमा मात्र वैकुण्ठमा लैजाने शक्ति छ भने म त्यो चाहँदिन। म त चाहन्छु कि भजन-भक्तिको महिमा होस, काशीकै मात्र महिमा म चाहँदिन । म यो चाहन्छु कि भगवानको नामको सुमिरण-ध्यान गर्नेले जहाँ शरीर छोडे पनि भगवानको परमधाममा पुगोस् । म यो हेर्न चाहन्छु।
जब मगहरमा कबीरले शरीर त्यागे, तब उनको लाशको अन्तिम संस्कारको लागि हिन्दू र मुसलमान आपसमा लड्न थाले । मुसलमानले लाश लगेर गाड्न चाहन्थे अनि हिन्दूले जलाउन चाहन्थे । तर लाश ढाकेको कपडा हटाउँदा त्यहाँ केवल फूलहरू मात्रै थिए।
मानिसहरू यस्तो सम्झन्छन् कि कबीर साहब मरेर गए, तर होइन मर्न त हामी तपाई कोहि मर्दैनौं, केवल शरीर बदलिरहन्छौं। कबीर साहब अहिले पनि छन्, प्रश्न केवल पहिचानको छ। भनिएको छ-'सोई जानत जेहि देहु जनाई'। जसलाई उनी स्वयंले आफ्नो परिचय दिदैन, उसले उनलाई जान्न सक्तैन। नवधा भक्तिमा पनि भगवानले सम्झाउनु भएको छ-
मम दर्शन फल परम अनूपा।
जीव पाव निज सहज स्वरूपा।।
मानिसहरू सा-सानो कुराको लागि एक्काईस-एक्काईस दिनसम्म भोक हड्ताल गर्दछ । कोहि तीन दिनसम्म भगवानका लागि हडताल गरोस यदि भगवान मिलेन भने हामी पनि हडताल गर्नेछौं । तीन दिनको भोक हडताल नै गर्नुहोस, भगवान मिल्छ वा मिल्दैन । मिलेन भने पनि तीन दिनको कुरा त हो सारा जीवन त त्यसै खेर गयो ।
यहाँ कोहि बालक, नत कोहि वृद्धः किनभने सबैमा एउटै ईश्वर छ । न त कोहि हिन्दु छ । न त कोहि मुसलमान । यहाँ साधु होस् या गृहस्थ कोहि पनि होस्। जुन सत्य वस्तु छ, त्यो सबैको लागि एक छ । जब सूर्य सबैको लागि एउटै छ, पृथ्वी सबैको लागि एउटै छ, भने भगवान कसरी भिन्न-भिन्न भयो? सबैको आँखाले देख्छ, कानले सुन्छ, नाकले सुघ्छ। सबै मनुष्य हुन्, भोक-प्यास सबैलाई लाग्छ । जन्म-मरण सबैको एक समान हुन्छ, तर एक परमात्माको भक्ति अलग-अलग कसरी भयो?
भगवानको भक्ति के हो?
हाम्रो पाँच ज्ञानेन्द्रियहरू छन, पाँच कर्मेन्द्रियहरू छन् । पहिले एक शब्द भयो, शब्दबाट आकाश बन्यो। आकाशबाट वायु बन्यो, वायुबाट अग्नि बन्यो। अग्निबाट जल बन्यो अनि जलबाट पृथ्वी बन्यो । यी पाँच महाभूत भए जसलाई हामी पाँच तत्त्व पनि भन्दछौं। अनि जब संसारको अन्त्य हुनेछ विनाश हुनेछ, तब फेरि पृथ्वी जलमा, जल अग्निमा, अग्नि वायुमा, वायु आकाशमा अनि आकाश शब्दमा लीन हुने छ। क्रमश...