एजेन्सी । रणबीर- कट्रिना सम्बन्धमा दोषी को हुन सक्छ ? यस बर्षको सुरूवातसँगै कट्रिना र रणबीरको ब्रेकअपको समचारले खुबै चर्चा पाउने गरेको छ । दुई बिचको ब्रेकअप वारे मिडियामा बिभिन्न खालका अडकल बाजी पनि काट्ने गरेको पाइन्छ । तर ब्रेकअपको बिषयमा कट्रिना र रणबीरले सार्वजनिक रुपमै कुनै अभिव्याक्ती भने दिएका छैनन् ।
टाइम्स अफ इन्डियाका अनुसार आरती शेट्टीकोको बर्थडे पार्टीमा रणबीर र कट्रिना दुबै उपस्थित थिए । पार्टीमा कट्रिनाले रणबीरसँग कुरा गर्ने धेरै प्रयास गरिन् । तर रणबीरले कट्रिनालाई कुनै रेस्पोन्स गरेनन् । कट्रिना कुराकानीको माध्यमवाट दुई विचको मतभेद सुलझाएर सम्बन्धलाई अगाडि बढाउने कोशिशमा रहेकी छिन् । तर साथिहरुको अगाडि रणबीरले रेस्पोन्स नगरेपछि कट्रिनाको आखा रसाएको थियो ।
आरती शेट्टीकोको बर्थडे पार्टी पछि पनि कट्रिना र रणबीर दुबै एक पार्टीमा देखिएका थिए । त्यो पार्टी कट्रिना कपूर ख़ान र सेफ अली ख़ानले आयोजना थिए । डीएनए डट कमका अनुसार कट्रिनालाई थाहा थियो कि यस पार्टीमा रणबीरलाई बोलाइएको छ भनेर । रिपोर्टका अनुसार कट्रिना यस पार्टीमा पनि रणबीरसँग कुरा गर्ने धेरै प्रयास गरिन् तर सफल भइनन् । रणबीरले कट्रिनासँग संवाद गर्ने माध्यम समाप्त पारेका छन् ।