arrow

सांसद दिव्यमणी राजभण्डारीद्धारा प्रधानमन्त्री ओलीसंग जवाफ माग

logo
प्रकाशित २०७६ फागुन ७ बुधबार
divyamani-rajbhandari2.JPG

काठमाडौं । नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भइरहेको बेथितिप्रति गम्भीर प्रश्नको जवाफ मागेका छन् । 

संसदको बैठकमा सहभागी भएका प्रधानमन्त्री ओलीसंग जवाफ माग्दै सांसद राजभण्डारीले चालु आर्थिक वर्षमा पर्यटन क्षेत्रमा आधारभूत लगानी किन कम गरियो ? भनी प्रश्न सोधेका छन् । 

उनले नेपाल वायुसेवा निगमको गिर्दो अवस्थाको व्यवस्थापनलाई सुदृढिकरण गरेर समितिले दिएको निर्देशन पनि किन पालना नगरिएको होला भनी प्रधानमन्त्री ओलीसंग जवाफ माग गरे । 
 
उनले भिजिट नेपाल २०२० को निजी क्षेत्र र सरकरी क्षेत्रको समन्वय र समझदारीको कमजोरीले भएका अवस्था र अहिलेसम्म उड्डयन प्राधिकरणको काममा रेगुलेशन र अपरेशनको काम छुट्टाछुट्टै हुन नसक्दा युरोपमा कालोसूचीमा भइराख्नुपरेको अवस्थाबारे पनि जवाफ मागेका छन् । 

राजभण्डारीले कालोसूचीबाट नेपाल कहिले मुक्त हुने हो ? भनी प्रधानमन्त्री ओलीलाई प्रश्न सोधेका छन् । 

राजभण्डारी संसदमा नियमित उपस्थित हुने सांसदमा पर्छन् । उनले समसामयीक विषयमा आफ्नो धारणा राखिरहने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ