arrow

नेपालमा तेस्रो कोभिड-१९ संक्रमित फेला

logo
प्रकाशित २०७६ चैत १२ बुधबार
corona-nepal-update.jpg

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड-१९) को थप एक नयाँ संक्रमित भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख गरिएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ। 

यसअघि चीनबाट फर्केका एक युवा र फ्रान्सबाट फर्केकी एक युवतीमा कोरोनाको संक्रमण देखिएको थियो। चीनबाट फर्केका यूवा उपचार पछि घर फर्केका छन्।

नेपालमा हलासम्म ६ सय ८७ जनाको नमूना जाँच गरिएकोमा ६ सय ८४ जनाको नेगेटिभ र ३ जनाको पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ