arrow

सुरक्षा सावधानी अपनाएर जनतालाई थातथलोमा पुर्याउन सांसद दिव्यमणीको माग

आवतजावत ठप्प नपार्न राजभण्डारीको आग्रह

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
dibyamani-rajbhandari.gif

काठमाडौं। सरकारले उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो फर्कने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाएको छ। 

दोलखा जन्मस्थान भइ काठमाडौं कर्मथलो बनाएका सांसद राजभण्डारीले दोलखाको उदाहरण दिदै विगत केहि दिनमा विभिन्न स्थानवाट दोलखामा पनि हजारौ मानिसहरु पुगेका बताए। उनले देशैभर थातथलो फर्कने क्रम जारी रहेको बेलामा सरकारले फेरि आवतजावत रोकेर घर जान चाहनेहरुलाई अवरोध गरेको बताए। 

आफ्नो थातथलो जान चाहनेहरुको पक्षमा वकालत गर्दै आएका उनले घर फर्किन अघी सबैलाई नेपाल सरकारको मापदण्ड पुरा गराउनु पर्ने बताए। उनले स्वास्थ्य परिक्षण गराएर मात्र गाडी चढाउनु पर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने, सम्वन्धित स्थानिय तहमा पुगेपछि अनिवार्य क्वारेन्टाइन राख्नुपर्ने र परिक्षण गर्नुपर्ने काम कतिपय स्थानिय तहले नगर्दा समस्या सिर्जना हुने बारेमा सचेत गराउँदै आएका छन्।   

सांसद राजभण्डारीले सुरक्षा सावधानीमा ध्यान नदिइ चुनावमा जस्तो स्थानियहरुलाई थातथलो फर्काउने कार्यले कोरोना संक्रमण विस्तार हुन सक्ने भन्दै चिन्ता गरे। 

हाम्राकुरासँग कुरा गर्दै सांसद राजभण्डारीले जथाभावी आवतजावत रोक्ने सरकारको निर्णय ठिक भए पनि विश्व स्वास्थ्य संगठन र सरकारको मापदण्ड अनुसार स्वास्थ्य परिक्षण गरी सवै सुरक्षा सावधानिहरु अपनाएर सरकारले व्यवस्थित रुपमा जनतालाइ आफ्नो स्थायी थातथलोमा जाने व्यवस्था भने गर्नुपर्ने आफ्नो धारणा राखे। 

सांसद राजभण्डारीले जनतालाई महामारीबाट बचाउन विश्वसनीय कोरोना परिक्षण कीट प्रयोगमा ल्याउनुपर्ने बताए। उनले आरडीटी कीटले सहि परिणाम नदिएका कारण त्यसलाई विस्थापित गरि पीसीआरबाट परिक्षण गर्नुपर्न माग गरे। 

राजभण्डारीले कोरोना परिक्षण गर्ने र जनतालाई भोकमरी हुनबाट वचाउन अत्यावश्यक खाद्यवस्तुको जोहो गर्ने काममा अर्जुनदृष्टि लगाएर क्रियाशिल हुन सरकारलाइ विशेष अनुरोध गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ