arrow

प्रधानमन्त्री ओलीलाई आराम गर्न दिव्यमणी राजभण्डारीको सुझाव (भिडियोसहित)

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
dibyamani-rajbhandari.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आराम गर्न सुझाव दिएका छन् । 

संसदको सोमबारको नीति तथा कार्यक्रमबारे छलफलमा सहभागीता जनाउँदै सांसद राजभण्डारीले २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा बहुमत हुँदा पनि सबै प्रकारले काम गर्न नसक्ने भएपछि सरकार छाडेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीलाई पनि कतैबाट साथ नएकाले आराम गर्न आग्रह गरेका हुन् । 

देशलाई अगाडि बढाउन र जनतालाई बचाउन बाटो खोलिदिन पनि आराम गर्नका लागि प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन् । 

सांंसद राजभण्डारीले कोरोना भाइरसको पटक पटक काँडाहरुको बारेमा कुरा गर्दागर्दै फूलै सकिएको चर्चा गर्दै भने, ‘हामीले काँडा देखेका थियौं यो काँडालाई जसरी पनि मारौं काँडाबाट सबै जनतलाई बचाऔं भन्दा पनि फूलै देखियो ।’

उनले साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्छ भनेझैं यो सरकारले हरियोमात्र देखेको आरोपसमेत लगाएका छन् । 

उनले नेपाली कांग्रेसले सधै राम्रो कुरामा साथ दिने र आपत परेको बेलामा साथ दिने भन्दै सत्ता पक्षको अहमता र कार्य गर्ने क्षमता नहुँदाखेरी देश निकै अप्ठेरो परिस्थितिमा पुगेको पनि बताएका छन् । 

नीति तथा कार्यक्रमबारे उनले प्राथमिकता ज्यान भए पनि सरकारले जनताको ज्यान बचाउने र गासको व्यवस्था गर्ने मामिलामा कुनै अग्रसरता नदेखाएको आरोप लगाए । 

सांसद राजभण्डारीले आफ्नो देशमा आउन पाउने नेपालीको अधिकारलाई समेत यो सरकारले बञ्चित गरेको आरोप लगाउँदै यो नीति तथा कार्यक्रमको समर्थन गर्न नसक्ने स्पष्ट पारे । 
भिडियोसहित–

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ