arrow

सरकारले पार्टीभित्रै कन्फ्युजन भएको प्रोजेक्टलाई देशको बजेटमा पेश गर्‍यो – दिव्यमणी राजभण्डारी 

logo
प्रकाशित २०७७ जेठ २० मंगलबार
divyamani-rajbhandari4.JPG

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले सरकारको आगामी आर्थिक वर्षको बजेटमा खर्चका मात्रै कुरा भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार २०७७–०७८ को विनियोजन विधेयकबारे बोल्दै उनले बजेटमा अर्थमन्त्रालयले तिर्नुपर्ने रकमहरुको तिर्नुपर्ने ऋण भनेर अहिले फिक्स गरेर राखेको तर ब्यवहारिक केही पनि नभएको उल्लेख गरेका छन् ।

उनले भने, ‘अहिलेको कन्सेप्टमा कोरोना भाइरसका कारण कतिपय ऋणहरुको टाइम अगाडि बढ्दै गइरहेको छ भने सरकारको पनि बाहिर तिर्नुपर्ने ऋणको समय बढ्न सक्छ होला । यति धेरै रकमको आवश्यकता छैन जस्तो मलाई लाग्छ ।’

उनले अव्यवहारिक तरिकाले सरकारले छुटको घोषणा गरेको उल्लेख गर्दै भनेका छन्, ‘नेपाल विद्युत प्राधिकरणको पनि मिटर त चढ्दै जान्छ होला नि । एकातिर आइपीपी वालाहरुलाई र अर्कातिर जहाँबाट ऋण लिएको छ ऋण तिर्दै जानुपर्ने र अर्कातिर नेपाल सरकारले रेगुलेटर र विद्युत प्राधिकरणसंग संगतै–छलफलै नगरीकन ठूलो राहतको घोषणा गरेको छ । यो प्राक्टिकल होइन ।’

सांसद राजभण्डारीले नेपाल वायु सेवा निगमको हालतबारे पनि प्रश्न उठाएका छन् । उनले भने, ‘नेपाल वायु सेवा निगमको हालत के छ ? निगमले गर्दाखेरी नागरिक लगानी कोष र संचय कोषको हालत के छ ? त्यसको लगानीको पुनसंरचना गर्नको निम्ति कुनै कार्यक्रम आएको मैले देखिन ।’ 

बिजुलीका बारेमा समेत पनि नेता राजभण्डारीले प्रश्न सरकार सामु तेस्र्याएका छन् । उनले भने, ‘आउँदो आर्थिक वर्षमा १३ सय मेघावाट इनर्जी मार्केटमा आउँदैछ । त्यसको कम्जुन्सन कसरी हुन सक्छ । ट्रान्समिसन कसरी हुन सक्छ भनेर क्लियरकट रुपमा आएको देखिँदैन ।’ 

उनले अगाडि थपे, ‘त्यसकारणले खाली खर्चको कुरा गरेर मात्र हुँदैन । अर्कोचिज जुन पार्टीभित्रै अहिलेनै कन्फ्युजन भइरहेको प्रोजेक्टलाई पनि यसरी बजेटमा समावेश गर्दा हाम्रो राष्ट्रको हाम्रो आफ्नै समस्याले गर्दा खेरी र हाम्रो आफ्नो तरिकाले गर्दा खेरी कहासम्म पुग्ने हो ?’

अहिलेको परिस्थितिमा मिलेर जानुको विकल्प नहुने भन्दै सरकारलाई एकलव्य नबन्न आग्रह गर्दै भने, ‘यी सब कुरामा होसियारी हुनको निम्ति सल्लाह दिन चाहन्छु । र मेन कुरा के हो भनेदेखिन् हामी सबै मिलेर अहिलेको समस्या हल गर्ने हो सबै मिलेर देश बनाउने हो । एकलव्य नबनिदिनुस् ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ