arrow

अनावश्यक खर्च घटाउन सांसद दिव्यमणि राजभण्डारीको माग

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
dibyamani-rajbhandari.jpg

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले सुरक्षा कोषको संसदको कोष म पाएँ भने डबलै खाइदिन्छु भन्ने मानसिकता सांसदहरुमा रहेको बताएका छन् । 

संसद बैठकमा बोल्दै उनले अन्यथा नलिन आग्रह गर्दैै कुनै कानुन र प्रावधानले डबल पाउने चलन नभएको भन्दै अर्काको पनि म खान्छु भनी धारणा नबनाउन उनले आग्रह गरे । 

उनले क्वारेन्टाइनको व्यवस्था स्वास्थ्यबाट पर्यटन, पर्यटनबाट शहरी विकास र अहिले शहरी विकासबाट गृह मन्त्रालयलाई जिम्मा दिन लागेको छ भन्ने आएको छ भन्दै उनले यसरी परिवर्तन गर्दैै जाँदा व्यवस्थापनमा कठिनाइ हुने बताए । 

स्किल्ड र ट्रेन्ड म्यानपावरतर्फ ध्यान दिन पनि उनले जोड दिएका छन् । सर्वोच्च अदालतले गास, बास र क्वारेन्टाइनमा बसेकालाई पीसीआर प्रविधिबाट मात्र कोरोना परीक्षण गर्न दिएको निर्देशनबारे सम्झाउँदै सांसद राजभण्डारीले अब गृहमन्त्रालय र सिडियोसंग त्यो क्षमता कति छ भनी प्रश्न गरे । 

उनले परराष्ट्र मन्त्रालयमा भ्रमणका लागि खर्च छुट्टाइएकोतर्फ ध्यानाकर्षण भएको बताउँदै कोभिडका बेलामा भ्रमण खर्च किन चाहियो भनी प्रश्न गरेका छन् । 

संसदको आइतबारको बैठकमा विनियोजन विधेयक माथिको छलफलमा बोल्दै सांसद राजभण्डारीले अनावश्यक खर्च कटाउन पनि माग गरेका छन् । 
सम्वोधनको पूर्ण भिडियो– 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ